फाइल तस्बिर काठमाडौं- पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजसँग अन्तिमपटक मुस्ताङको कोवाङ सम्पर्क भएको जनाइएको छ।
आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।
स्रोतका अनुसार मुस्ताङको कोवाङमा अन्तिमपटक विमानसँग सम्पर्क भएको थियो।
जहाजमा २२ जना सवार रहेको पाइएको छ। जहाजमा दुई भारतीय नागरिक, दुई अन्य देशका विदेशी र १३ नेपाली यात्रु सवार थिए।
चालक दलका तीन सदस्य गरी विमान जम्मा २२ जना सवार रहेको खुलेको छ। अहिले हेलिपक्टरसहितको टोली र प्रहरी टोलीमार्फत् विमानको खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।