काठमाडौं– आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान अहिलेसम्म पत्ता लाग्न नसकेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालले दुर्घटना भएको जानकारी आएदेखि नै खोजी कार्य निरन्तर जारी राख्दा पनि विमान फेला पर्न नसकेको बताए।
विमान अहिलेसम्म पत्ता लागेको छैन। ‘स्थानीयले केही आगो लागेको देखेको भनेर जानकारी गराएको स्थानमा पुग्ने प्रयास गरिरहेका छौं । आधिकारिक पुष्टि भने भएको छैन । हवाई र स्थलमार्ग दुबैबाट खोजी कार्य जारी छ’, सहायक रथी सिलवालले भने।
आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भइरहेको छ। विमानमा २ जर्मन नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।