काठमाडौं– पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान खोजीका लागि पोखराबाट सेना र प्रहरीको टोली मुस्ताङतर्फ जान लागेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार काठमाडौंबाट सेनाको टोली हेलिकोप्टर लिएर पोखरा विमानस्थलमा अवतरण भएको छ।
पोखराबाट प्रहरीको टोलीसहित लिएर सेनाको उक्त हेलिकप्टर मुस्ताङतर्फ जान लागेको डीएसपी तिवारीले बताए। सेनाको टोली रेस्क्युका लागि र दुर्घटनास्थल भेटिएको अवस्थामा डकुमेन्टेसनका लागि प्रहरीको टोली जान लागेको हो।
यद्यपी अहिलेसम्म दुर्घटनास्थल पत्ता लाग्न सकेको छैन। खराब मौसमका कारण हेलिकप्टरसमेतलाई रेस्क्यु तथा खोजीका लागि समस्या भइरहेको छ ।
आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भइरहेको छ। विमानमा २ जर्मन नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।