काठमाडौं– आइतबार बिहानबाट हराइरहेको तारा एअरको विमानको अवस्था अझै अज्ञात रहेको बताउँदै असान्दर्भिक तस्बिर र भिडियो प्रयोग नगर्न तारा एअरले अनुरोध गरेको छ।
आइतबार बेलुकी एक विज्ञप्ति जारी गर्दै तारा एअरले परिवार तथा आफन्तजनहरूको भावनामा थप आघात पुग्ने भएकोले आधिकारिक रूपमा सूचना/फोटो/भिडियोहरु नआएसम्म जथाभावी प्रयोग नगरिदिनु हुन अनुरोध गरेको हो।
‘विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा आजको घटनासँग असान्दर्भिक फोटो भिडियोहरू प्रयोग भइरहेको र यस्ता क्रियाकलापबाट चालकदल एवं यात्रुहरूको परिवार तथा आफन्तजनहरूको भावनामा थप आघात पुग्ने भएकोले आधिकारिक रूपमा सूचना/फोटो/भिडियोहरू नआएसम्म जथाभावी प्रयोग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
खोजबिन कार्यलाई सम्भावित स्थानहरूमा केन्द्रित गरिएकोमा खराब मौसम तथा जटिल भूगोलको कारण उक्त वायुयानको स्थिति हालसम्म अज्ञात रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।