काठमाडौं- पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एअरको सम्पर्कविहीन विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ।
आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको थियो।
विमान अवतरण गर्ने समय भैसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेम नाथ ठाकुरले जानकारी दिए।
हराएको विमानको अहिले खोजी कार्य भइरहेको छ। विमानको खोजिका लागि पोखरा जोमसोम रुटमा हेलिकोप्टर पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।