काठमाडौं– मौसम खराब भएपछि विमान दुर्घटना भएको शंकास्पदस्थलमा खोजीका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङ फर्केको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शंकास्पदस्थलमा मौसम निकै खराब रहेको, पानी परेको र बादल ढाकेका कारण हेलिकोप्टर फर्किएको हो।
अहिले नेपाली सेनाको हेलिकोप्टर जाने प्रयासमा रहेको छ। मुस्ताङको लेते भन्ने ठाउँमा दुर्घटनाको आशंका गरिएकाले उक्त क्षेत्रमा गएको तर सम्भव नभएपछि फर्केको हो।
पोखराबाट मुस्ताङका लागि उडेको विमान सम्पर्कविहीन भएको छ। मुस्ताङको लेते थासाङ गाउँपालिकामा पर्दछ।
उक्त क्षेत्रसम्म विमान टावरसँग सम्पर्कमा रहेको थियो। तर, सम्पर्कविहीन भएपछि उक्त क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ। प्रमुख जिल्ला अधिकारी शर्माले उक्त क्षेत्र विकटसमेत भएकाले सुरक्षाकर्मी पठाउने वा अन्य उपायका बारेमा छलफल भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।