काठमाडौं– आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको तारा एअरलाइन्सको जहाज अहिलेसम्म फेला परेको छैन। खोजीका लागि नेपाल सेना र प्रहरी लागि परेका छन्।
तर, केही सञ्चारमाध्यममा दुर्घटना नै भनेर समाचार आइरहँदा तारा एअरलाइन्सले भने विमानको खोजी भइरहेको बताएको छ। जहाज खोजीका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको एअरलाइन्सले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
साथै हराइरहेको विमान खोजीका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको छ। यता नेपाली सेनाको टोली भने पोखराबाट मुस्ताङतर्फ एमआई–१७ हेलिकोप्टरमा सम्भावित दुर्घटनास्थलतर्फ गइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।