काठमाडौं– आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानदेखि नै खोजी सुरु भएको छ।
जसका लागि नेपाली सेनाको हेलिकोप्टमार्फत् सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएकोमा आज सोमबार बिहानैदेखि त्यसलाई निरन्तरता दिइएको हो।
सोमबार स्थल र हवाइमार्गबाट खोजी हुने सेनाले जनाएको छ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।
यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना रहेको पाइएको छ। यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।