काठमाडौं– पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको खोजी जारी भए पनि अहिलेसम्म फेला पर्न सकेको छैन।
पोखराबाट एमआई १७ हेलिकोप्टरमार्फत् नेपाली सेनाको टोली खोजी कार्यमा जुटेको छ। नेपाली सेनाले विमान मुस्ताङको लेते क्षेत्रमा दुर्घटना भएको हुनसक्ने आशंका गरेर खोजी कार्य गरिरहेको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार लेते क्षेत्रलाई आधार मानेर सेनाको पैदल टोलीले खोजी गरिरहे पनि अहिलेसम्म 'लोकेट' हुन सकेको छैन। खराब मौसमका कारण खोजी कार्यमा पनि समस्या भइरहेको सेनाले जनाएको छ।
आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भइरहेको छ। विमानमा २ जर्मन नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।