• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

अल्मुताइरी २.०!

64x64
दीप सुवेदी बुधबार, कात्तिक २४, २०७८  ०७:०२
1140x725

नेपाली फुटबलमा शीतयुद्ध अनौठो कुरा होइन। अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र आफ्नो हुकुम चलाउन खोज्ने र विदेशीलाई कमजोर भौतिक संरचना देखाएर बजेट ल्याउने अनि आफू मोटाउने प्रवृत्ति पुरानै हो।

अहिले पनि नेपालको फूटबललाई कतारले सहयोग गरिरहेको छ। कुवेती प्रशिक्षक अब्दुलाह अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन्। उनी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएदेखि सुरु भएको शीतयुद्ध नेपाल साफ च्याम्पियनसीपको फाइनल पुगेपछि सकिएको थियो। तर, एन्फामा एक पक्षले अर्कोलाई गालीगलौज गर्नु  फेसन जस्तै बनिसकेको छ। नेतृत्व तहका पदाधिकारीहरू फुटबलको समग्र विकासभन्दा पनि व्यक्तिगत ‘लाभ र हानी’ मा केन्द्रित हुँदा नेपाली फुटबलले जति गति लिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन।

प्रशिक्षक अल्मुताइरीको नियुक्तिसँगै एन्फाका एकथरी पदाधिकारीले उनीप्रति देखाएको व्यवहार आपत्तिजनक मात्र थिएन, नेपाली फुटबललाई असफल बनाउने योजनाअन्तर्गत गरिएको खेल थियो भन्ने कुरा प्रमाणित जस्तै भइसकेको छ। अझ उनको बर्हिगमनका लागि एन्फाका कतिपय पदाधिकारीले पदबाट राजीनामा गरेर चर्को दबाब दिन खोजेका थिए। त्यसका बाबजुद आफ्नो लक्ष्यमा अविचलित भई अल्मुताइरीले २८ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नेपाललाई फाइनलसम्म पुर्‍याएर आफूलाई प्रमाणित गरिसकेका छन्। 

यो पनि पढ्नुहोस्

एन्फा ‘राजनीति’को रोटी सेक्न अल्मुताइरीलाई कहिलेसम्म ‘मोहरा’ बनाइरहने?

उनले आफूलाई प्रमाणित गर्नुअघि प्रशिक्षक पदबाट तीन पटक राजीनामा गरेका थिए। काम गरेर देखाउने लक्ष्यसहित नेपाल आएका अल्मुताइरीलाई एन्फा भित्रैबाट खुट्टा तान्ने प्रयास भएपछि उनले राजीनामा गरेका थिए। यसले उनलाई मानसिक रूपमा कति असर पार्‍यो, त्यो विगतको घटनाले प्रष्टाइसकेको छ। 

साफ च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशविरूद्ध १–१ गोलको बराबरी खेलेपछि उनले नेपाल नफर्किने बताएका थिए। तर, यतिबेला कतार फुटबल संघको पहलमा उनी पुनः नेपाल मात्र फर्किएका छैनन्, तीन वर्षका लागि राष्ट्रिय टोलीसँग सम्झौता पनि गरिसकेका छन्।  

दुई साताअघि नेपाल फर्किएका अल्मुताइरीले अबको तीन वर्षमा नेपाली फुटबललाई माथिल्लो स्तरमा पुर्‍याउने वाचा गरेका छन्। कुवेत र कतारजस्ता खाडी मुलुकको जस्तो भौतिक संरचना र सेवा सुविधा नखोजेका अल्मुताइरी यस पटक पहिलाभन्दा झन् महत्वकांक्षी देखिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

एन्फा नेतृत्वको अक्षमताले ‘रमिता’ बनेको अल्मुताइरी–नेम्वाङ विवाद

प्रशिक्षक नियुक्त भएको करिब सात महिनाभित्र नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्‍याएका अल्मुताइरी दोस्रो कार्यकालमा नेपाली फुटबलको दिशा परिवर्तन गर्न चाहन्छन्। उनीलाई अहिले खेलाडी र समर्थकको उत्तिकै समर्थन छ। एन्फाका केही पदाधिकारीलाई छोडेर कुरा गर्ने हो भने, पूरै राष्ट्र उनको पक्षमा देखिन्छ। 

उनको अगाडि अबको चुनौती भनेको नेपाली फुटबल समर्थकले गरेको अपार विश्वासलाई प्रमाणित गर्नु हुनेछ। पहिलो पटक नेपाल आउँदा उनले आफ्नो तीन वटा लक्ष्य रहेको बताउँदै पत्रकार सम्मेलनमा भनेका थिए– नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउने, एसिया कप छनोटको तेस्रो चरण प्रवेश गर्ने र राष्ट्रिय टिमलाई थप सशक्त बनाउने। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

फुटबलमा प्रशिक्षक नयाँ, ‘भिजन’ पुरानै

उनले सात महिनाको अवधिमा यी सबै वाचा पूरा गरिसकेका छन्। तर, नेपाल आउनेबित्तिकै उनले आफ्नो लक्ष्य बताउँदै प्रायः सबै हास्ने गर्थे। अहिले यी सबै वास्तविकतामा परिणत भइसकेका छन्।  

उनीभन्दा अगाडि १२ जना प्रशिक्षकले नेपाललाई साफको फाइनल पुर्‍याउन जोडतोडका साथ मिहिनेत गरेका थिए। तर, कोही पनि यो उपलब्धी चुम्न सफल भएका थिएनन्।

उनी प्रशिक्षक नियुक्त हुनुअघि राष्ट्रिय टोलीका केही खेलाडी खेलले नभएर नामले छनोट हुने गर्थे। उनले त्यो परिपाटीलाई भत्काउँदै युवा प्रतिभालाई प्रोत्साहित गरे। जसको नतिजा अहिले आयुष घलान, अन्जन बिष्ट, मनिष डाँगी, तेज तामाङ, पुजन उपरकोटी र सुमन अर्याल जस्ता प्रतिभाको जन्म भएको छ। उनले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षणको दोस्रो इनिङ्सका लागि पनि आफ्नो कार्यक्रम प्रस्तुत गरिसकेका छन्। 

यो पनि पढ्नुहोस्

नेपाली फुटबलमा ‘इमोशनल ब्ल्याकमेल’

जसमा उनले साफ च्याम्पियनसिपको उपाधि जित्ने चाहनालाई शीर्षस्थानमा राखेका छन्। यस्तै केही वर्षमा नेपाललाई एसिया कपमा छनोट गराउने लक्ष्य पनि राखेका छन्। यसका लागि उनले ६ पानाको योजना सार्वजनिक गरेका छन्। 

नेपालले यसपटक एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ। त्यसको निश्चित कार्यक्रम आउन बाँकी छ। छनोटको ‘ड्र’ सार्वजनिक भएको छैन। फिफा वरीयताको १६९ औं स्थानमा रहेको नेपाल चौँथो ‘पट’ मा परेको छ। 

अब जुनमा हुने भनिएको छनोटका खेल सम्भवतः सेप्टेम्बरतिर हुन सक्नेछ। प्रशिक्षक अल्मुताइरीले त्यसैअनुसार राष्ट्रिय टिमको प्रशिक्षणको वृहत् कार्यक्रम बनाएका छन्। 

उनले यसअघि बनाएको टोली राम्रो हुँदाहुँदै पनि फिटनेस र फिनिसिङमा कमी देखिएको छ। डिफेन्समा पनि केही अभाव महसुस भएको थियो। यसैले अबको उनको योजना नयाँ खेलाडीको खोजी गर्नु हुनेछ। यसका लागि उनले नेपालमा जन्मिएका, तर अवसर नपाएर विदेशी भूमिमा खेलिरहेका केही खेलाडीको सूची पनि बनाएका छन्। उनकै आग्रहमा इटालीबाट व्यवसायिक फुटबल खेलिरहेका नेपाली मूलका विकास मेराग्लिया यसपालि लिग खेल्न नेपाल आइसकेका छन्।

यो पनि पढ्नुहोस्

के देशका लागि खेल्ने नेपाली खेलाडीको तलब अति कम हो?

सेप्टेम्बर अगाडि उनले सात चरणमा राष्ट्रिय टिमको अभ्यास र प्रशिक्षणको कार्यक्रम बनाएका छन्। उनले कम्तीमा २६ र बढीमा ३६ खेलाडीलाई बोलाउने पक्का छ। उनी अहिले गोलरक्षक किरण चेम्जोङको विकल्पका साथै थप डिफेन्डरको खोजीमा छन्। नेपालका नम्बर १ गोलकिपर किरण घाइते हुँदा उनीजस्तै क्षमतावान गोलरक्षकको कमी देखिएको छ। 

साथै, साफ च्याम्पियनसिपमा नेपाली डिफेन्स लाइनअप उनले तयारी गरेजस्तो देखिएन। अट्याकिङ फुटबलमा विश्वास राख्ने अल्मुताइरी रोहित चन्द जस्तै मिड र डिफेन्स दुवै स्थानबाट खेल्न सक्ने प्रतिभावान खेलाडीको खोजीमा छन्। 

यो पनि पढ्नुहोस्

प्रशिक्षक अलमुताइरीबाट नेपाली फुटबलले के लाभ लिन सक्छ?

नेपाली खेलाडीले पर्याप्त लिग खेल्न नपाएर खेलाडीको लय बिग्रेको अल्मुताइरीले राम्रोसँग बुझेका छन्। मुस्किलले तीन महिना लिग हुँदा राम्रो खेलाडी उत्पादन नहुने उनको तर्क छ। हाल जति खेलाडी उत्पादन भएका छन्, उनी ती खेलाडीलाई राम्रो सुविधा दिएर प्रशिक्षण गराउन चाहन्छन्। उनी आयुष, अन्जन, पुजन र मनिष जस्ता भरपर्दा खेलाडीलाई विदेशी क्लबमा अनुबन्धन गराएर प्रशिक्षण गराउन चाहन्छन्। 

राष्ट्रिय टोलीसँग थप तीन वर्षका लागि अनुबन्ध गर्ने क्रममा उनले खेलाडी मात्र नभएर, फिजियो र नेपाली प्रशिक्षकलाई पनि विदेशमा प्रशिक्षणको अवसर सिर्जना गर्ने धारणा राखेका छन्। यसका साथै सन् २०२२ को ‘फिफा डे’ को अवसर पारेर उनले चार वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना पनि बनाएका छन्। अब नेपालले खेल्ने टिम अझ बलियो र फिफा वरीयताको माथिल्लो स्थानको हुने उनले दाबी गरेका छन्।

यसअघि उनले कुवेतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउने वाचा गरेका थिए। यसपालि उनी सार्क टिमबाहेक अन्य टोलीसँग मैत्रीपूर्ण खेल खेलाउने तयारीमा छन्। सार्क टोलीको स्तर समान भएका कारण अल्मुताइरी आफूभन्दा अब्बल टोलीसँग मैत्रीपूर्ण खेल खेलाउन चाहन्छन्। 

त्यसाे त उनले इराक र ओमान जस्ता बलिया टोलीसँग राष्ट्रिय टोलीको खेल खेलाइसकेका छन्। उनकै क्षमताका कारण कजाकिस्तान र प्यालेस्टाइनजस्ता देश नेपालसँग खेल्न इच्छुक देखिएका थिए।  

समग्रमा भन्नुपर्दा, उनी दोस्रो इनिङ्समा झन् बढी महत्वकांक्षा बोकेर नेपाल आएका छन्। उनको महत्वकांक्षा कति सफल हुने हो, त्यो समयले बताउला। अहिलेका लागि ‘अल द बेस्ट’ अल्मुताइरी!

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्