काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दै छन्।
नेकपा एससहित साना दलसँग एकता गर्ने निर्णयमा असहमति राख्दै आएका शर्माले आज पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न लागेका हुन्।
उनका पत्रकार सम्मेलन सत्कार क्याफे बखुण्डोल ललितपुरमा दिउँसो २ः३० बजे हुनेछ। शर्माले आइतबार नेकपा माओवादीका नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका भनिसकेका छन्।
माओवादीले आज दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्दै छ। तर शर्माले भने यो एकता प्रक्रिया तत्काल रोक्ने भनेका छन्।
यो एकता प्रक्रियाबाट रुष्ट बनेका एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत मिलेर अर्को मोर्चा बनाउने तयारी छ। शर्मालाई माओवादीका सचिव राम कार्की, पूर्वमन्त्री समेत रहेका सुदन किराँतीलगायतको साथ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।