काठमाडौं– नेकपा एसका सम्मानित नेता अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन्।
यसअघि एकता प्रक्रिया असहमत देखिएका उनी अन्तिम समयमा भने एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन्। एकता घोषणा सभा राजधानीको भृकुटीमण्डपमा जारी छ।
एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए। महासचिव घनश्याम भुसाल पनि बिहानको वार्ता सहभागी भएपनि एकता प्रक्रियामा आउन राजी भएनन्।
खनालले हिजो साँझ गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।