• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
नेपाली फुटबलमा ‘इमोशनल ब्ल्याकमेल’
64x64
दीप सुवेदी मंगलबार, जेठ ११, २०७८  १८:५१
1140x725

काठमाडौं– फुटबल भावना र बोलीले खेलिँदैन। फुटबल खेल्न टिम र टिमवर्क चाहिन्छ। नेपालसँग फुटबल टिम र टिमवर्क दुबै छ। तर, सोचेजस्तो नतिजा भने निस्किइरहेको छैन। पछिल्लो समय नेपालको राष्ट्रिय टिमले गत चैतमा सम्पन्न थ्री नेसन्स कप जितेको थियो। दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराएर उपाधि चुमेको थियो। 

सन् १९८४ मा नेपालमा भएको पहिलो दक्षिण एशियाली खेलकुदको फुटबलमा नेपालले स्वर्णपदक जितेयता ३७ वर्षपछि घरेलु मैदानमा यो सफलता प्राप्त भएको हो। तर, नेपालको उपाधि यात्रा भने सुखद रहेन। समूह चरणमा नेपालले बंगलादेश र किर्गिस्तानको यु–२३ टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। 

यसले पनि प्रतियोगिताको आकार सानै भए पनि यसलाई जित्न सजिलो हुँदैन भन्ने देखाउँछ। सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो। यद्यपि, नेपालले १८ महिनापछि गरेको पहिलो गोल यही प्रतियोगितामा थियो। त्यसैले भनिएको हो, फुटबल भावना र बोलीले खेलिँदैन।

न लिगको ठेगान न प्रशिक्षकको
नेपाल उपाधि चुम्न बारम्बार चुक्दै आएको छ। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्ष अगाडि, सन् २०१६ मा एएफसी सोलिडारिटी कपका रुपमा जितेको थियो। त्यसपछि कुनै उपाधि जित्न सकेको छैन। यसको मुख्य कारण नेपालमा भएको भौतिक संरचना र खेलाडीको स्तरलाई दाँजेर हेर्ने गरिन्छ। यसका अलावा छोटो समयमै परिवर्तन गरिने प्रशिक्षकलाई पनि कारण मानिन्छ। 

लिगको कुरा गर्ने नै हो भने विश्वमा कहलिएका लिग कम्तीमा १० महिना चल्ने गर्छन्। लिग जति लामो समय सञ्चालन हुन्छ, त्यो देशको फुटबल स्तर त्यति राम्रो मानिन्छ। यद्यपि, नेपालको लिग भने छोटिँदै गएको छ। यो वर्ष नेपाली खेलाडीले एक महिना पनि लिग खेल्न पाएनन्। त्यही पनि फ्रेन्चाइज फुटबलका रूपमा नेपाल सुपर लिग (एनएसएल)। विगतमा नेपाली राष्ट्रिय लिग ३ महिनासम्म चल्थ्यो, शहिद स्मारक ए डिभिजन लिग। नेपालको लिग दक्षिण एशियामै दोस्रो छोटो मानिन्छ।

अफगानिस्तानमा दुई र भुटानमा तीन महिनाको ए डिभिजन लिगपछि थप एक महिना राष्ट्रिय लिग चल्छ। श्रीलंकामा लिग तीन महिनामै सकिन्छ। भारतको आई लिग नौ महिना, बंगलादेश र माल्दिभ्सको लिग ६–६ महिना हुन्छ। साप्ताहिक रूपमा हुने खेल नै व्यवस्थित लिग मानिन्छ। तर, नेपालमा एकै टिमले सातामै ३ पटकसम्म खेल्छन्।

यो समस्या एनएसएलमा देखिएको थियो। उपाधि बिजेता काठमाडौं रेजर्सले ५ दिनमै फाइनल खेलेको थियो, त्यो पनि एक दुई दिनमात्र विश्राम लिएर। जसको कारण खेलाडीले राम्रोसँग मैदानमा कला कौशल देखाउन पाएनन्। 

Ncell 2
Ncell 2

लिग मात्रै होइन। राष्ट्रिय टोलीको हालत पनि उस्तै छ। नेपाली टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल खेल्न लागेको छ। नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। अर्थात् नेपालले ८ दिनमा ३ खेल खेल्ने छ।

नेपालको अर्को कमजोरी हो, फुटबलको ‘सर्वोच्च संस्था’ अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको किचलो। यही कारण नेपालमा कुनै प्रशिक्षक लामो समय टिकेर प्रशिक्षण दिन पाएका छैनन्। 

सन् २०१९ मार्च १ मा योहान कालिन नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले मात्र आठ खेल खेल्यो। कालिनको प्रशिक्षणमा नेपालले चार मैत्रीपूर्ण खेल खेलेको छ। राष्ट्रिय टिममा चार महिनामा चार मैत्रीपूर्ण खेल खेलाएका कालिनको नेतृत्वमा नेपालले जित निकाल्न सकेन। त्यसमध्ये नेपालले कुवेतविरुद्ध २ मैत्रीपूर्ण खेल खेलेको थियो। 

पहिलो खेलमा गोलरहित बराबरी र दोस्रोमा १–० को हार ब्यहोरेको थियो। यस्तै मलेसियासँग ४–० ले हारेको नेपालले ताइवानलाई १–१ को बराबरीमा रोकेको थियो। कोरोना महामारी शुरु भएसँगै कालिन २०७६ चैत १४ गते स्वीडेन फर्किए। त्यसपछि उनी फर्केर आएनन्। दुई वर्षका निम्ति प्रशिक्षकको जिम्मेवारी पाएका उनले स्वीडेनबाटै राजीनामा दिए। 

shivam cement

shivam cement

उनको राजीनामाको कारण एन्फामा सल्बलाएको राजनीति र खराब खेल नै मुख्य कारण मानिन्छ। एन्फा फुटबलको संरक्षक निकाय भएपनि राजनीतिक नेता र कार्यकर्ता उत्पादन गर्ने थलो बनेको छ। यसैकारण उनी नेपाल नफर्किएको बताइन्छ। कालिन चार खेलको नतिजाबाट खुसी नै थिए। चारवटै खेल बलिया टिमसँग खेलेका कारण उनले यसलाई राम्रो सुरूआत मानेका थिए। 

नेपाली खेलाडीमा खेलप्रतिको लगाव बलियो छ। खेल्ने तरिका पनि राम्रो हुँदै गएको छ। ‘विपक्षीविरुद्ध हामीले बलियो आक्रमण गर्न नसकेको सत्य हो। हामीबाट धेरै आशा गरिएको छ। तर, आशाअनुरुप पर्याप्त अभ्यास गर्न पाएका छैनौं। उत्कृष्ट नजिताका लागि समय लाग्छ, हामीले टिमलाई निरन्तर राम्रो बनाइरहनु पर्छ’, कालिनले भनेका थिए। 

सन् २०१६ मा तत्कालीन प्रशिक्षक प्याट्रिक अजेम्स एन्फासँग असमझदारीका कारण नेपाल फर्किएका थिएनन्। अजेम्सले एन्फासँग ६ महिनाको सम्झौता गरेका थिए। उनले टोलीलाई साफ च्याम्पियनसिप र १२ औं सागसम्म हेर्ने प्रारम्भिक योजना थियो। तर, भारतमा साफ च्याम्पियनसिप चलिरहँदा फ्रान्समा श्रीमती गम्भिर बिरामी परिन्। 

उनले प्रतियोगिता सकेर मात्र त्यसतर्फ जाने योजना बनाए। व्यक्तिगत रुपमा समस्या हुँदा पनि उनी टोलीको हारपछि नेपाल फर्केर मात्र फ्रान्स गएका थिए। त्यसैअनुसार एन्फा नेतृत्वसँग पनि उनको छलफल भएको थियो। आफू नहुँदा पनि प्रशिक्षण टोलीलाई कार्यतालिका बनाएर गएका उनलाई एन्फाले सम्झौता बाँकी रहँदै हटायो। सल्लाह नगरी बालगोपाल महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिइएपछि उनी नेपाल फर्किएनन्।

बालगोपाल महर्जन

अजेम्सले आफू पारिवारिक समस्या भएका कारण सिधै बंगबन्धु कपमा बंगलादेश आउने बताइरहँदा एन्फाले भने उनको आग्रह स्वीकार गरेन। अजेम्सले एन्फाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत नै आफू नफर्कने बताए। यद्यपि, बंगबन्धु गोल्डकपमा बालगोपालले नेपाललाई उपधि दिलाए। सोही वर्ष नेपालले सागमा स्वर्ण जित्दा पनि टोलीको प्रशिक्षकमा नेपाली प्रशिक्षक राजुकाजी शाक्य थिए।

२०१६ मै साग जिताएका प्रशिक्षक शाक्यको स्थानमा एन्फाको नयाँ कार्यसमितीले बालगोपाललाई नियुक्त गरेको भन्दै विवाद निम्तियो। अहिले पनि एन्फामा विवादको सिलसिला कायमै छ। राष्ट्रिय टोलीको सहायक प्रशिक्षक हुँदाहुँदै बालगोपालले एनएसएलमा काठमाडौं रेजर्सको टिम सम्हालेका थिए। उनको यो कार्य फुटबलको मर्यदाभित्र नपर्ने एन्फाकै पदाधिकारीहरुले बताउँदै आएका छन्। यद्यपि, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वलाई सघाउ पुर्‍याएकाले उनीमाथि कुनै ‘एक्सन’ नलिइएको बताइन्छ।

‘बालगोपाल उच्च क्षमता भएका प्रशिक्षक हुन्। उनलाई नराम्रो भन्न मिल्दैन। उनले नेपालका लागि धेरै योगदान दिएका छन्। तर, उनी एन्फा अनकुल छन्। साग पनि अजेम्सले बनाएकै योजना र छनोट गरेको टोलीलाई निरन्तरता दिँदै उपाधि दिलाए। खासमा यो उनको योजना थिएन। त्यही भएर त्यो बेला उनको आलोचना गरिएको थियो,’ एन्फा निकट एक प्रशिक्षक भन्छन्।

राष्ट्रिय टोलीका प्रशिक्षक र सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका व्यक्ति निजी क्लबमा आवद्द हुँदा खेलाडी छनोटमा असर पर्ने ती प्रशिक्षक बताउँछन्।

‘बिगतमा एम्फा अध्यक्ष भएको हिमालयन शेर्पा क्लबका धेरै खेलाडी राष्ट्रिय टोलीमा पर्ने गरेका थिए। तर, पछि स्तर खस्किएपछि हिमालनका खेलाडीलाई राष्ट्रिय टोलीमा राख्न नैतिकताले दिएन। यसरी प्रवाभ पर्ने मान्छेले क्लब सम्हाल्दा नैतिकतामा प्रश्न आउँछ। त्यसैले क्लब सम्हाल्नेलाई सचेत गराउन पर्ने हो,’ उनले भने।

‘इमोशनल ब्ल्याकमेल’मा नेपाली टोली
एन्फाको राजनीतिले गर्दा फुटबल प्रशिक्षकहरु ‘इमोशनल ब्ल्याकमेल’मा पर्ने गरेको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसै साता विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरे। उनले प्रारम्भिक छनोटमा नै केही चर्चित नामलाई विश्राम दिए। उनले समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए।

बन्द प्रशिक्षणमा समावेश गरिएका ३२ खेलाडीमध्ये एनएसएल सकिएपछि ८ खेलाडी परिवर्तन गरिएको छ। क्याम्पका लागि बोलाइएका नयाँ खेलाडीमा आयुष घलान, सुरज ठकुरी, कमल थापा, आशिष लामा, सुमन अर्याल, अमित तामाङ, पुजन उपरकोटी र नितिन थापा छन्।

यद्यपि, नवनियुक्त प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा रहने गरी ३२ खेलाडीको नाम सार्वजनिक गर्दा काठमाडौं रेजर्सका कुनै पनि खेलाडी उक्त सूचीमा परेनन्। एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसम्म यसपटक टोलीमा परेनन्।

यसबाहेक थ्री नेसन्स खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि टोलीमा परेका छैनन्। यस्तै, टोलीका नियमित सदस्य भरत खवास, रन्जित धिमाल, रवि पासवान, अमित तामाङ, सेसेहाङ आङदेम्बे जस्ता खेलाडी अटाउन सकेनन्। यसले सामाजिक सञ्जाल पनि तात्यो। 

यद्यपि, उनले टोली घोषणापछि आफ्नो छनोटबारे सामाजिक सञ्जालमा उठेको प्रश्नको जवाफ दिएनन्। धैरेले यो एन्फाको राजनीति भएको भन्दै आलोचना गरिरहे। तर, गत बिहीबार उनको धैर्यताको बाँध फुट्यो। उनले पत्रकार सम्मेलन गर्दै जवाफ दिन थाले। एनएसएलपछि खेलाडी धेरै नै थाकेकाले टोलीमा व्यापक परिवर्तन गरेको तर्क उनले दिए। 

‘खेलाडी ‘रिकभर’ हुन समय लाग्नेछ। आशा छ कि विश्वकप छनोटअघि खेलाडीहरू फिट भइसक्नेछन्। मलाई धेरैले यो खेलाडी किन छैन, त्यो खेलाडी किन परेन भनेर सोधिरहेका छन्। त्यसमध्ये रवि पासवानको बारेमा धेरैले सोधेका छन्। तर, उनलाई क्रस कसरी गर्ने भनेर कसैले सिकाएको छ ? छैन। उनलाई बल लिएर अघि बढ्ने भन्ने मात्रै सिकाइएको छ। ऊ बल लिएर अघि बढ्छ, तर त्यसपछि उसले के गर्छ? उसैलाई थाहा छैन। अहिले उसले धेरै कुरा सिक्दै छ,’, उनले भनेका थिए।

उनले यसअगाडिका प्रशिक्षकले खेलाउनै नजानेको जस्तै आशयसमेत व्यक्त गरे। ‘हामीसँग धेरै राम्रा खेलाडी छन्। तर, उनीहरूलाई अहिले आफू कहाँ छु, कसरी खेल्नुपर्छ भनेर थाहा छैन’ , उनले भने। यद्यपि, उनले व्यापक आलोचना खेपेपछि टिममा नपरेका खेलाडीहरुलाई पनि प्रशिक्षण दिइरहेका छन्।

एनएसएलमा थाकेका भनिएका विकेश कुथु अहिले उनको प्रशिक्षणमा छन्। त्यस्तै, हातको औँला भाँचिएको भनिएका तेज तामाङ पनि उनको करिब छन्। यसका साथै रन्जितदेखि भरतसम्म उनको प्रशिक्षणमा छन्। यसैबाट थाहा हुन्छ उनले आलोचना थेग्न सकेनन्। उनी मात्रै होइन, पूर्वप्रतिक्षक अजेम्स पनि ‘इमोशनल ब्ल्याकमेल’को सिकार भएका थिए। 

उनकै समयमा नवयुग श्रेष्ठले राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए। अन्जन विष्ट, विमल घर्तीमगर र अनन्त तामाङलाई विदेशी प्रशिक्षणका दौरान फ्रान्सको ट्रोएसमा केही समय प्रशिक्षण गर्ने अवसर उनलै जुराएका थिए। उनले टिमको कप्तान छनोट गर्दासमेत सुख भने पाएनन्। सन् २०१५ को साफ च्याम्पियनसिप खेल्नु अघि खेल मिलेमतोको अभियोगमा तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दिप राईलगायत ५ खेलाडी प्रतिबन्धमा परेपछि कप्तान पद खाली रह्यो। 

अजेम्सले कप्तानको जिम्मा सिनियर भएको आधारमा अनिल गुरुङलाई दिए। उनले त्यसबेला पत्रकार सम्मेलनमा अनिल पुरै टोलीको कप्तान रहेको बताएका थिए।  यद्यपि, अनिल अजेम्सको पहिलो रोजाइमा भने थिएनन्। उनले त्यसबेला विराज र रोहित चन्द दुवैलाई उपकप्तानको भूमिका दिए। अजेम्स खासमा रोहितलाई कप्तान बनाउन चाहन्थे। तर, नेपालको परम्परा नतोड्न सुझाव पाएपछि उनले अनिललाई कप्तान घोषणा गरेका थिए।

साफ च्याम्पियनसिपअघि बंगलादेशसँग ढाकामा भएको मैत्रीपूर्ण खेलमा अजेम्सले अनिललाई पहिलो रोजाईमा राखे र कप्तानी उनैले गरे। त्यही मैत्रीपूर्ण खेलको दोश्रो हाफमा प्रशिक्षक अजेम्सले अनिलको ठाँउमा नवयुग श्रेष्ठलाई पठाए। रोहित पहिलो रोजाईमा नरहेका कारण आर्मब्यान्ड विराजले पाए। रोहित दोश्रो हाफमा विशाल राईको ठाउँमा मैदान छिरे। बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछि साफ च्याम्पियनसिप खेल्न नेपाली टोली भारतको केरला पुग्यो। श्रीलंकाविरुद्धको पहिलो खेलमा अनिलले कप्तानी गरे। भारतविरुद्धको दोश्रो खेलमा अनिल बेन्चमा सिमित भएपछि विराजले कप्तानी गरे।

‘नेपालमा विभागीय टोलीबाहेक सबैमा खेलाडी राख्नको लागि प्रेसर दिइन्छ। हामीलाई खेलाडीको क्षमता राम्रोसँग थाहा हुन्छ। तर, उनीहरुलाई राख्न र राम्रो स्थानबाट खेलाउन हरसम्भव कोशिस गर्छन्। पूरा भएन भने त्यो गर्छौं, यो गर्दिन्छौं भनेर इमोशनल ब्ल्याकमेलिङ हुन्छ। यो किशोर समूहको छनोटदेखि देखिएको कुरा हो,’ एन्फा नजिक एक प्रशिक्षक भन्छन्।

एन्फाका बहालवाला बाहेक पूर्वपदाधिकारीहरुले समेत यस्तो व्यहार देखाउने गरेको ती प्रशिक्षक बताउँछन्।

‘कतिपय पूर्वपदाधिकारी एन्फासँगै नजिक छन्। उनीहरु राजनीतिक दलमा पनि आवद्ध छन्। क्लब सम्हालिरहेका प्रशिक्षक पनि राष्ट्रिय टोली सम्हाल्ने ठाउँमा समेत पुग्छन्। उनीहरुको कुरा नमानौं, भविष्यमा अगाडि नबिढिएला भन्ने डर। मानौं सागर थापालगायत खेलाडीमाथि लागेको अभियोग लाग्ला भन्ने डर,’ उनी भन्छन्।

मंगलबार (आज) टोलीसँगै इरान जान लागेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालको भूमिका पनि शंकास्पद रहेको उनी बताउँछन्। 

नेपाली टोली मंगलबार राति कतार एयरवेजमार्फत दोहा हुँदै इराक पुग्ने छ। एन्फाको आग्रहमा आफू राष्ट्रिय टोलीका साथ जान लागेको सिलवालले जान लागेको बताएको ती प्रशिक्षकले जानकारी दिए।

‘एन्फा अध्यक्ष लगायत पदाधिकारीको आग्रहमा म टोलीसँग जान लागेको हुँ भनेर भन्नु भएको कुरा सुनेको छु। तपाईं जाँदा टोलीको मनोबल बढ्छ भने अनि जान लागेको हुँ  भन्ने उहाँ ९सिलवाल०को भनाइ रहेछ। तर, फुटबल टिमलाई छुट्याइएको खर्चमा यसरी अन्य व्यक्ति जानु शंकास्पद हो,’ उनले भने।

भ्रमणमा सिलवालले इराक र कुवेतका सरकारी खेलकुद निकायका पदाधिकारीसँग भेटघाट गर्ने बताइएको छ। उनको यो यात्रा आकस्मिक हो। यसअगाडि टोलीँगै उनी जाने कार्यक्रम थिएन।

गत वर्ष दोस्रो पटक सदस्य सचिव बनेका उनको फुटबल टोलीसँगको यो नै पहिलो यात्रा हो।

विमलबाट नसिकेको पाठ
१४ वर्षको उमेरमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत् विमल घर्तीमगरले  राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। उनलाई टोलीमा ल्याउन एन्फाका पूर्वअध्यक्ष गणेश थापा र त्यतिखेर एन्फा सम्हालिरहेका बालगोपालको हात थियो। थापाले नै खेल्ने उमेर नपुग्दै राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापालाई दबाब दिएर विमललाई टोलीमा प्रवेश गराएका थिए। अपरिपक्क् भएपनि थापाले उनलाई निरन्तर टोलीमा राख्न दबाब दिइरहे।

उनले थापाकै युगमा भारतको चर्चित फुटबल क्लब मोहन बगानमा खेल्ने मौका समेत पाए। राष्ट्रिय टोलीका लागि ९ गोल गरिसेका विमल पछिल्लो समय एन्फामा कर्माछिरिङको ‘इन्ट्री’ भएसँगै राष्ट्रिय टोली र घरेलु प्रतियोगितमा अटाउन सकेका छैनन्। 

उनी टोलीमा नपर्नुको कारण एन्फा आफू अनकुल नहुन नै रहेको बुझ्न सकिन्छ। अर्को कारण उनी बारम्बार टोलीले बनाएको नियम पनि कुल्चँदै आएका छन्।

दुई वर्ष अगाडि कुवेतविरुद्धको खेलका लागि भुटान जानुभन्दा ठिक अघिल्लो दिन रातभर क्लबमा बिताएको भन्दै उनलाई दक्षिण एशियाली खेलकुद (साग)को टिमबाटै हटाइयो। उनको यो पहिलो घटना भने थिएन। उनी यसरी नै क्लब जाने र रक्सी रमाउने गरेको आरोप लाग्दै आएको थियो। उनलाई थापाकै समर्थनमा कारबाहीमा छुट दिइँदै आएको थियो। विमलमाथि ‘म्याच फिक्सिङ’का विषयमा पनि अनुसन्धान सुरु गरिएको थियो। फिफाले नै कुवेतविरुद्धको खेलको १५ दिन अगाडि एन्फाका इन्टिग्रेटेड अफिसरलाई पत्र पठाएको थियो।

तर, त्यतिबेला सामान्य रुपमा लिइए पनि पछिल्लो पटकको व्यवहारले उनी शंकाको घेरामा परेका थिए। भुटानमा भएको विश्वकप छनोटको दोस्रो चरणको खेलमा पनि कुवेतले थिम्पु रंगशालामा सबै टिकट किनेर भुटानीलाई दिने प्रयास गरेको थियो। तर, अन्तर्राष्ट्रिय मान्यताअनुसार पाहुना टोलीले केही प्रतिशत मात्र टिकट खरिद गर्न पाउने नियम भएकाले उनीहरु पछि परेका थिए।

नेपाल र भुटानमा खेल्न नचाहने कुवेतले खेललाई आफ्नो पक्षमा पार्न जे पनि गर्न सक्ने आंशकका कारण कतै त्यो जालमा उनीहरु पनि परेका छन् वा छैनन् भन्ने अनुसन्धान गरिएको थियो। जसका लागि उनको बयान लिइएको थियो। तर, एन्फा अध्यक्ष कर्माछिरिङले घटनामा उनी संलग्न भए÷नभएको मिडियासामू खुलाएनन्। कतिसम्म भने उनी कसरी टिममा पर्थे र अहिले किन परेनन् भनेर बालगोपालले प्रष्ट गरिदिएका छन्। उनले केही वर्ष अगाडि विमलको स्तर थाहा भएको भन्दै जानजान टोलीमा समावेश नगरेको प्रतिक्रिया दिएका थिए।

‘उनको खेलबारे मलाई पहिल्यैदेखि राम्रोसँग थाहा छ। उनी मेरै प्रशिक्षणमा हुर्किएका हुन्। कस्तो खेल्छन् र कति परिपक्व छन् भनेर मलाई राम्रोसँग थाहा छ। तर, अहिले उनी राष्ट्रिय टोलीबाट खेल्न सक्ने अवस्थामा छैनन्,’ बालगोपालले भनेका थिए।

कर्माछिरिङको भूमिका नै शंकास्पद 
२०७५ मा एन्फा काठमाडौंका अध्यक्ष विराजजंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौताम सुजखु र धादिङका अध्यक्ष दिपक खतिवडाले एन्फा निर्वाचनमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी दिएका थिए। 

चार जिल्ला फुटबल संघले एन्फामा ब्यापक भ्रष्टाचार भएको भन्दै अडियो टेप नै सार्वजनिक गरेका थिए। अडियो टेपमा भएको कुराकानीका आधारमा निर्वाचन समितिलाई आर्थिक प्रभावमा पारेको, मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचनभन्दा अघि मताधिकारप्राप्त व्यक्तिहरूलाई भारतका विभिन्न ठाँउमा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकट तथा अन्य अनियमितामा ठूलो धनराशी खर्च गरेको र निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको थियो।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा

वैशाख २२ गते भएको निर्वाचनमा व्यापक अनियमिता भएको आरोप यसअघि एन्फा अध्यक्षका उम्मेदवार मणी कुँवरले लगाएका थिए। त्यही अनियमितता भएको निर्वाचनमा आपूm भाग नलिने भन्दै कुँवरले निर्वाचन बहिष्कारसमेत गरेका थिए। एन्फाका अध्यक्ष कर्माछिरिङ, उपाध्यक्ष पंकज विक्रम नेम्बाङ लगायतको प्रत्यक्ष संलग्नतामा एन्फा निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै जिल्ला अध्यक्षहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा छानविनका लागि माग गरेका थिए। 

सार्वजनिक गरिएको अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले, महासचिव इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, अडिट एन्ड कम्प्लाईन्स समितिका संयोजक दीपक खाती, एन्फा केन्द्रिय सदस्य मधुसुदन उपाध्यक्ष र अर्का सदस्य दावा लामाको आवाज रहेको थियो। त्यो अडियो टेपमा निर्वाचनलाई प्रभाव पार्ने कुराकानी भएको उनीहरूको दाबी थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोबारे छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचारसमेत गरेको थियो। 

मन्त्रालयले माघ ८ गते मन्त्रालयकै सहसचिव अणप्रसाद न्यौपानेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। सदस्यमा मन्त्रालयका उपसचिव समन्तमणि आचार्य र राष्ट्रिय खेलकुद पपिरषद्को संघसंस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहेका थिए। प्रदेश १ बाट एन्फा केन्द्रीय समितिको विवाद मिलाउन एक टोली राजधानी आएको थियो। त्यसपछि विवाद सम्य भएको थियो। अहिलेका प्रशिक्षक अब्दुल्लाहको नियुक्तिलाई लिएर समेत कर्माछिरिङमाथि प्रश्न उठ्ने गर्छ।

पछिल्लो समय विश्व फुटबल महासंघ (फिफा)ले आफ्ना सदस्य राष्ट्रको मुख्य प्रशिक्षकले प्रो–लाइसेन्स लिएको हुनुपर्ने मापदण्ड राखेको छ। यसअगाडि नेपालमा कुनै पनि प्रशिक्षकहरु प्रो–लाइसेन्स प्राप्त छैनन्। कालिनले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपालले सम्हाल्दै आएका थिए।

तर, उनी प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक होइनन्। प्रो–लाइसेन्स भनेको फुटबल प्रशिक्षक हुनका लागि आवश्यक पर्ने अनुमतिपत्र हो। जसलाई प्रफेसनल फुटबल प्रशिक्षकको योग्यता पनि भनिन्छ। फिफादेखि युइएफएसम्मले यसलाई म्यान्डेटरी बनाएका छन्।

अब्दुल्लाहसँग प्रो–लाइसेन्स छ। तर, अनुभव छैन। उनको राष्ट्रिय टिमको प्रशिक्षण नेपाल नै पहिलो हुनेछ। यसअघि उनले कीर्गिस्तानको यू–१६ टिमको प्रशिक्षक भएर काम गरेका थिए। प्रशिक्षकको रूपमा उनको अनुभव यो नै हो। त्यसो त, कुवेत र साउदी अरबको क्लबमा रहेर पनि उनले काम गरेका छन्। चैत ६ गते कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो–लाइसेन्स प्रशिक्षक तथा एएफसी ‘कोचिङ इन्स्ट्रक्टर’का रूपमा अब्दुल्लाहलाई नेपाल पठाएको थियो। उनको लागि नेपाल बसाई सिकाई मात्रै हो। विगतमा पनि यस्तै भइरहेको थियो। छोटो समयका लागि आउने प्रशिक्षक नेपाली खेलाडीको बारेमा बुझ्दाबुझ्दै फर्केर जाने गरेका छन्।

उनी पनि नेपालबाट अनुभव लिएर जाने छन्। उनीसँग अनुभव नहुँदा नहुँदै एन्फाले किन सम्झौता गर्‍यो त भन्ने प्रश्न पनि यथास्थितिमै छ। यद्यपि, नेपाली खेलाडी प्रतिभावान छन्। उनीहरूमा सिक्ने भोक छ। अभ्यास र मैदानमा पनि उनीहरूको लगाव र परिश्रम देखिएको पूर्वप्रशिक्षक कालिनले बताउँदै आएका थिए। नेपाली टिम बलियो बनाउन बढीभन्दा बढी अभ्यास हुनुपर्छ। खेलाडीले मैदानमा जति धेरै समय बितायो, टिम उति नै बलियो हुँदै जान्छ।

अन्य देशका खेलाडीको तुलनामा नेपाली खेलाडी कम अभ्यास गर्छन्। यहाँ विभागीय टोलीमा रहेका भन्दा अरुले राम्रोसँग प्रशिक्षण पनि गर्न पाउँदैनन्। अभ्यासको मामिलामा नेपाल कमजोर छ। अभ्यास सत्रमा बढी समय बिताउने हो भने कमजोरीहरू सुधार्न सकिन्छ भने प्रशिक्षकले पनि आफ्ना रणनीति लागू गर्ने र सुधार्ने मौका पाउँछ। तर, अनुभव नै नभएको प्रशिक्षकको हातमा खेलाडीको भविष्य सुम्पिँदा भोली दुर्घटना भयो भने यसको जवाफ कसले दिन्छ? यही कुरामा एन्फाको ध्यान पुगेको देखिँदैन।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्