• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन

64x64
दीप सुवेदी आइतबार, भदौ ५, २०७९  २०:४६
1140x725

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले बहुप्रतिक्षितफ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको आयोजनाका लागि आन्तरिक तयारी गरिरहेको छ। आयोजनाका लागि मिति सार्वजनिक भएसँगै क्यानलाई नेपाल टी–२० लिग छोटो समयमा भव्य रूपमा सम्पन्न गर्न निकै ठूलो चुनौती थपिएको छ। 

क्यानले नेपाल टी–२० लिगको लागि असोज ८ देखि कात्तिक ५ सम्मको मिति घोषणा गरेको छ। त्यसअघि नेपाली क्रिकेट टोली भदौ ७ गते ५ टी–२० आई र ३ एकदिवसिय अभ्यास खेल खेल्न केन्या प्रस्थान गर्ने तालिका छ। नेपालले केन्यासँग भदौ ९ देखि १४ सम्म टी–२० सिरिज खेल्ने तय छ। 

यस्तै, भदौ १७ देखि २० सम्म नेपालले एकदिवसिय अभ्यास खेल्ने छ। त्यसलगत्तै खेलाडी स्वदेश फर्किएर नवौं राष्ट्रिय खेलकुद खेल्नेछन्। नवौं राष्ट्रिय हुने समयमा नेपाल टी–२० लिग आयोजना हुने छ। 

प्रतियोगिता जुधेसँगै क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई भदौ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुरुषतर्फको क्रिकेट प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको छ। यसका लागि राखेपले प्रदेशसँग अनुमति मागेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए। 

‘हामीले नवौं खेलकुदअन्तर्गत पुरूषतर्फको क्रिकेट भदौ २२ देखि २९ सम्म प्रस्ताव गरेका छौं। राखेपले यसका लागि प्रदेशसँग सहमति लिनुपर्छ। त्यसको लागि पत्राचार भइसकेको छ। उताबाट सहमति आउनेबितिक्कै अघि बढ्छ,’ मल्लले नेपाल लाइभसँग भने।

क्यानले नेपाल टी–२० लिगका लागि टोली छनोटलगायतका आन्तरिक कामहरू पूरा गरिसकेको छ। यस्तै, कुन ठाँउबाट कुन टोलीलाई सहभागी गराउने भनेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई समेत पत्रचार गरिसकेको छ।

तर, क्यानले हालसम्म प्रतियोगितामा सहभागी हुने भनिएका ६ मध्ये ४ फ्रेन्चाइज टोलीको मात्र नाम सार्वजनिक गरेको छ।

साउन २ गते क्यानले कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो। सहभागी हुने भनिएका दुई टोली पोखरा र फार वेस्टर्नको स्वामित्व भने अझैसम्म सार्वजनिक गरिएको छैन। क्यानको तयारी हेर्दा भने समयमै यो प्रतियोगिता हुन कठिन देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, नेपाल टी–२० लिगको गभर्निङ काउन्सिल (सञ्चालक परिषद्)का निर्देशकसमेत रहेका मल्ल समयमै प्रतियोगिता हुनेमा ढुक्क छन्। ‘टोली सबै फाइनल भइसकेको छ। हामीले सहभागी हुने ६ टोलीको सबै डकुमेन्ट बुझाएर नै आईसीसीबाट स्वीकृत लिएको हो। अहिले दुई टोलीको स्वामित्वमा अल्झिरहेका छौं। प्रतियोगिता शतप्रतिशत समयमै हुन्छ,’ उनले भने।

दुई टोलीको स्वामित्व टुंग्याउनै सकस
क्यान स्रोतका अनुसार पोखरा र फार वेस्टर्न टोलीको स्वामित्वबारे अझै टुंगिन सकेको छैन। साउन २ गते पनि क्यानले टोलीकै आग्रहमा नाम सार्वजनिक नगरेको तर्क गरेको थियो। यसको सबै प्रक्रिया मिलाएर सहभागी हुने भनिएका दुई टोलीको नाम एक सातापछि घोषणा गर्ने बताइएको थियो।

क्यानका कार्यवाहक सचिव मल्ल अहिले पनि दुई टोलीको नाम एक सातापछि घोषणा गर्ने बताउँछन्। ‘दुई टोलीको स्वामित्वबारे टुंगो लागिसकेको छ। ६ वटा टोली नपुगेको भए आईसीसीमा हामीले कसरी पत्रचार गर्थ्यौं र? सबै टुंगो लगाएर नै हामीले स्वीकृति लिएका हौं। दुई टोली खरिद गर्ने मालिकहरूको व्यस्तताको कारण नाम सार्वजनिकमा ढिलाइ भएको हो। हामीले उहाँहरूसँग टाइम लिइसकेका छौं। अर्को हप्ता नाम सार्वजनिक गर्दैछौं,’ उनले भने।

क्यान स्रोतका अनुसार टेन्डर आह्वान गरे पनि प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने या नहुनेमा आशंका पैदा भएपछि टोली खरिदमा धेरैले रूची देखाएका थिएनन्। यसअघि क्यानले विराटनगर सुपरकिंग्सलाई ७ करोडमा बिक्री गर्ने तयारी गरेको थियो। तर, खरिददार तयार नभएपछि डेढ करोडमा बिक्री गरिएको एक पदाधिकारी बताउँछन्। यस्तै, कान्तिपुर पनि डेढ करोडमा बिक्री गरिएको ती पदाधिकारीले बताए। 

Xtrem

Xtrem

यता, टोली बनाउन लगानी धेरै लाग्ने र आयोजक भारतीय कम्पन सेभेन थ्रीमाथि अविश्वासका कारण पोखरा र फार वेस्टर्नको टोलीको स्वामित्व लिन कोही तयार भएका थिएनन्। ‘सबै दोस्रो संस्करण पनि आयोजना हुने ढुक्क भइदिएको भए ६ वटै टोली एकसाथ सार्वजनिक गर्थ्यौं। तर, भारतीय कम्पनीमाथि अविश्वास छ। यता, सर्वोच्चमा पनि मुद्दा–मामिला छ। त्यसैले पोखरा र फार वेस्टर्नको टोली लिने भेटिएनन्। अन्य टोली पनि हामीले हात जोडेर बिकाएका हौं,’ क्यानका ती पदाधिकारीले नेपाल लाइभसँग भने।

यो पनि पढ्नुहोस

क्यान अध्यक्ष चन्दको ‘अख्तर कार्ड’पछि अब के?

क्यानले पहिलो संस्करणको नेपाल टी–२० लिगका लागि यसअघि नै भारतीय कम्पन सेभेन थ्री स्पोर्टससँग १० वर्षका लागि सम्झौता गरिसकेको छ। यो सम्झौता भएको पनि दुई वर्ष बितिसकेको छ। क्यानले लिग घोषणा गर्दा एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजक र त्यसमा सहभागी ६ वटा टोलीले त्यसको खुलेरै विरोध मात्रै जनाएनन्, सर्वोच्च अदालत र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ढोकासम्म ढकढक्याउन पुगे। यो मुद्दाको छिनोफानो अहिलेसम्म भइसकेको छैन। 

जेठ ११ गते क्यानको बोर्ड बैठकले आफूले आयोजना गर्नेबाहेक अन्य कुनै पनि लिगलाई मान्यता नदिने निर्णय नै गरेको थियो। त्यसको भोलिपल्ट ईपीएलका संस्थापक आमिर अख्तरले सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। तर, सर्वोच्चले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। 

जेठ १८ गते क्यानलाई १५ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चले आदेश दिएको थियो। त्यसपछि पनि पटक–पटक यो मुद्दाको पेसी सरेको छ।  

यता, अदालतमा मुद्दा विचाराधीन रहँदा क्यानले नेपाल टी–२० लिगको आन्तरिक तयारी गरिरहेको छ। यस्तो अवस्थामा यो प्रतियोगिता तोकिएको मितिमा हुन्छ? भन्ने प्रश्न खडा भएको छ। तर, कार्यवाहक सचिव मल्ल भने यो या त्यो बाहनामा लिग नसर्ने बताउँछन्।

‘हामीले तय गरेको मिति एकदमै मिल्दो छ। त्यसपछि विश्वकप छ। त्यसपछि बिग बास, श्रीलंकन प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगजस्ता ३/४ लिग छन्। त्यसैले तय भएको मितिमै प्रतियोगिता आयोजना गर्नुपर्ने छ। यो प्रतियोगिता राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय प्रतिष्ठाको रूपमा पनि जोडिएको छ। समयमै आयोजना गर्न सकेनौं भने लज्जाको विषय बन्ने छ। त्यसैले ठूलो घटना नभए समयमै हुन्छ,’ उनले भने।

खेलाडी ड्राफ्ट कहिले?
कार्यवाहक सचिव मल्लका अनुसार लिगको खेलाडी ड्राफ्ट, लिगमा सहभागी रहने बाँकी दुई टोलीको घोषणा र लिगको लोगो सार्वजनिक भदौको दोस्रो साता गरिने भएको छ। 

‘६ वटै टोलीलाई एकैदिन सार्वजनिक गर्ने हाम्रो तयारी रहेको थियो। तर, दुई टोलीका मालिकको समय मिलेन। अब खेलाडी ड्राफ्ट र टोली सार्वजनिक कार्यक्रम र प्रतियोगिताको लोगो एकैपटक सार्वजनिक गर्नेछौं,’ उनले भने।

ड्राफ्टका लागि खेलाडी वर्गीकरणको कामसमेत अन्तिम चरणमा पुगेको उनको भनाइ छ। उनका अनुसार ड्राफ्टमा कूल ६६ नेपाली खेलाडी सहभागी हुनेछन्। हरेक टोलीले ११/११ नेपाली र ५/५ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।

ड्राफ्टअन्तर्गत ‘ए’ ग्रेडमा ६, ‘बी’ मा २४ र ‘सी’ मा ३६ नेपाली खेलाडी हुनेछन्। उनका अनुसार ‘ए’ ग्रेडका नेपाली खेलाडीले १५ लाख, ‘बी’का १० लाख र ‘सी’काले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्। 

हरेक फ्रेन्चाइजले ‘ए’ ग्रेडबाट १, ‘बी’बाट ४ र ‘सी’बाट ६ नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछन्। विदेशी खेलाडीको हकमा पनि नेपाली खेलाडीको जस्तै ग्रेड लागू हुने उनले जानकारी दिए। 

 उनका अनुसार एउटा टोलीले नेपाली खेलाडीका लागि ८५ लाखसम्म खर्च गर्न पाउने छन्।

यो पनि पढ्नुहोस

आईसीसीले १० वर्षअघि निजीलाई दिन रोकेको राष्ट्रिय लिगको जिम्मा भारतीय कम्पनीलाई, संसद्‍मा पनि उठ्यो प्रश्न

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्