• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!

64x64
दीप सुवेदी मंगलबार, भदौ १४, २०७९  १४:४७
1140x725
केन्याविरुद्धको खेलमा आउट भएपछि निराश भएर पेभिलियन फर्किँदै ज्ञानेन्द्र मल्ल।

काठमाडौं– नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै मनोज प्रभावकरले भनेका थिए, ‘मैले सबै ब्याटरको ब्याटिङ हेरें। उनीहरू आईपीएल र अरू टी–२० खेल धेरै हेर्दा रहेछन्। उनीहरू हार्डहिटको प्रयास गरिरहेका थिए। त्यसो हुँदा उनीहरूले टेक्निक गुमाइरहेका थिए। अबको २/३ महिनामा नेपाली टोलीमा पनि परिर्वतनको अनुभूति दिलाउने छु।’

मनोजले जे भनेका थिए, त्यो नेपालको परम्परागत समस्या नै थियो र हो पनि। जारी केन्याविरूद्धको टी–२० आई सिरिजमा पनि नेपाली ब्याट्सम्यानले यही समस्या दोहर्‍याइरहेका छन्। जारी प्रतियोगितामा नेपालका ओपनरदेखि मध्यक्रमका ब्याट्सम्यानसमेत लामो समय क्रिजमा टिक्न सकेनन्। न त उनीहरूले बलियो साझेदारी नै गर्न सके। पाएको १०२ रनको लक्ष्य पनि पूरा गर्न सकेनन्।

नेपाली टोलीको ब्याटिङ लाइन नै कमजोर भएर होला ४ टी–२० आईमध्ये २ खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोज्ने हिम्मतसमेत गरेनन्। उनी बलिङ नै रोजेर केन्यालाई सस्तोमै समेट्ने ध्याउनमा देखिन्थे। 

उनको रणनीति मैदानमा सफल पनि नभएको होइन। चार खेलमध्ये ३ खेलमा नेपालले बलिङकै बलबुताले १३५ मुनि नै केन्यालाई रोकेको थियो। यस्तै, तेस्रो खेलमा भने केन्याले १५६ रन बनायो। त्यसमध्ये नेपालले दोस्रो खेलमा १३२ रन पछ्याउने क्रममा १८  र चौंथो खेलमा १०२ रन पछ्याउँदा ७ रनको पराजय भोग्यो। यसअघि नेपालले केन्यासँग कुनै हार बेहोर्न परेको थिएन।

सन् २०१३ मा भएको आईसीसी टी–२० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो। उक्त खेलमा शरद भेषावकरले अन्तिम ओभरमा ३ छक्कासहित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए। त्यसअघि २०१२ मा भएको टी–२० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल र केन्याबीच खेल भएको थियो। उक्त खेल नेपालले ३ विकेटले जितेको थियो।

खराब ब्याटिङ र सर्टकै कारण हार्‍यौं : मुख्य प्रशिक्षक मनोज
मुख्य प्रशिक्षक मनोज पहिलोपटक नेपाली पत्रकारहरूमाझ प्रस्तुत हुँदा नै भनेका थिए, ‘इन्डियन प्रिमियर लिग (आईपीएल) र अरू टी–२० मा पावर गेम हुँदा टेक्निक कमजोर हुन्छ। यदि टेक्निक सही भयो भने विराट कोहली र केएल राहुलले झैं सबै फर्म्याटका खेलमा राम्रो प्रदर्शन गर्न सकिन्छ।’

कोहलीलाई हेर्ने हो भनेपनि पछिल्लो समय उनको लय अस्वाभाविक रूपमा खस्किएको छ। कुनै बेला उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार उच्च रन बनाएको पनि थियो। तर, उनले २२ नोभेम्बर २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि शतक बनाउन सकेका छैनन्।

Manoj-Prabhakar1660527203.jpg
फाइल तस्बिर। 

कोहली पूर्ण रूपमा फर्ममा नरहेका भने होइनन्। उनी अहिले पनि राम्रो सर्ट खेल्छन्, राम्रो सुरूआत गर्छन्, तर आफ्नो इनिङ्सलाई ‘ठूलो इनिङ्स’मा परिणत गर्न भने असफल भइरहेका छन्। मुख्य प्रशिक्षक मनोजका अनुसार उनमा अहिले सही टेक्निकको अभाव रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यता, केएल राहुलले आईपीएल २०२२ मा १३५.३८ को स्ट्राइक रेटमा १४ इनिङ्समा ६३५ रन बनाएका थिए। जोस बटलरलाई पछि पार्दै उनी सबैभन्दा धेरै रन प्रहार गर्ने सूचीमा दोस्रो स्थानमा रहे। तर, पावरप्लेमा उनको स्ट्राइक रेट कहिल्यै १०० भन्दा माथि गएन। डेथ ओभरमा सोही स्ट्राइक रेट १९८.३६ पुग्ने गर्थ्यो। चोटका कारण लामो समय मैदानबाहिर रहेपनि अहिले उनलाई ठूलो इनिङ्स खेल्न सक्ने ब्याट्सम्यानको रूपमा लिइन्छ। तर, मुख्य प्रशिक्षक मनोज नेपाली टोलीमा जिम्मेवारीपूर्ण तरिका र ठूलो इनिङ्स खेल्न सक्ने ब्याट्सम्यानको अभाव भएको बताउँछन्।

‘निकै खराब ब्याटिङ र सर्टकै कारण म्याच हार्न पुग्यौं। खेलाडीहरूले ठूलो सर्ट हान्ने चक्करमा फेरि विकेट गुमाउन थाले। लोस्कोरिङ खेलमा खेलाडीहरूले हतारिएर ब्याटिङ गरिरहेका छन्। टेक्निकभन्दा बढी खेलाडीहरूले बल प्रयोग गर्न खोज्दा आउट भए,’ केन्यासँगको दोस्रो हारपछि उनले भने।  केन्याले प्रस्तुत गरेको १०२ र १३२ रनको लक्ष्य टी–२० फर्म्याटमा कुनै ठूलो स्कोर होइन। तर, नेपाली ब्याट्सम्यान यति सानो लक्ष्य पनि पूरा गर्न सकिरहेका छैनन्।

पहिलो खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा पनि ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबाहेक नेपालका कुनै ब्याट्सम्यानले गतिलो खेल प्रदर्शन गर्न सकेनन्। उनीहरूले क्रमश: २३, ३३ र २४ रन बनाएका थिए। यद्यपि, उक्त खेलमा नेपाल ५ विकेटको जित निकाल्न सफल भयो।

दोस्रो खेलमा १३३ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ११४ रनमै अलआउट भयो। यस खेलमा ओपनर पवन शर्राफले १९, रोहितकुमार पौडेलले २०, आरिफ शेखले २५ र आदिल अन्सारीले २० रन बनाउनुबाहेक नेपालका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तेस्रो खेलमा १५७ रनको विजयी लक्ष्य पछ्याउँदा पनि नेपाल ब्याटिङमै लड्खडाएको थियो। उक्त खेलमा ज्ञानेन्द्रले ४७ र डेब्यू खेल खेलेका अर्जुन साउदले ३५ रनको इनिङ्स नखेल्दिएको भए नेपालले केन्यालाई ४ विकेटले हराउन मुस्किल नै पर्थ्यो। उक्त खेलमा मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्र चल्नै सकेनन् भने रोहितले २९ रनको इनिङ्स खेलेर नेपालको इज्जत् जोगाइदिए।

चौंथौ खेलमा पनि नेपालको ब्याटिङ सुरूआतदेखि नै धर्मरायो। १० ओभर ३ बलमा नेपालले ६ विकेट गुमाउँदा मात्रै ४५ रन बनाएको थियो। यसअघि राम्रो खेल प्रदर्शन गरेर वाहवाही बटुलेका ज्ञानेन्द्र मात्रै होइन अर्जुनसमेत क्रिजमा टिक्न सकेनन्। उनीहरू सर्ट खेल्ने चक्करमा क्याच आउट हुन पुगे। 

Nepali-cricket-team1661850052.jpg

१०२ रनको सामान्य लक्ष्य पछ्याउँदा रोहितले ४७ रनको इनिङ्स खेल्दा ९ ब्याट्सम्यानले त १० रन पनि कटाउन सकेनन्। ‘स्कोर निकै कम थियो। तर, पनि हाम्रा खेलाडीहरू क्रिजमा टिक्न सकेनन्। यदि एक पनि ठूलो साझेदारी भएको भए खेल हामी सजिलै जित्ने थियौं। तर, त्यसो हुन सकेन,’ मुख्य प्रशिक्षक मनोजले भने।

बलिङकै भर
सन् २०१४ को विश्वकपका खेल होस् या २०२२ को केन्याविरूद्धको टी–२० आई सिरिज, यी दुवैमा नेपाल बलिङकै भरमा देखिन्छ। नेपालको बलियो पक्ष भनेकै अहिलेसम्म बलिङ नै हो। बलिङकै भरमा नेपालले विपक्षी टोलीलाई धरासायी बनाउँदै आइरहेको छ। जारी सिरिजका खेलमा पनि नेपालको बलिङ उत्तिकै बलियो देखिरहेका छ।

चौंथो खेलमा नेपालका कप्तान सन्दीपले ४ ओभरमा ९ रन दिँदै ५ विकेट लिएका थिए। यो सन्दीपको टी–२० आई करिअरकै उत्कृष्ट बलिङ हो। यसका साथै नेपालबाट टी–२० आईमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो। योसँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन्। सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा १५२ विकेट लिइसकेका छन्।  

तर, खराब ब्याटिङकै कारण नेपालले सोमबार सन्दीपको उक्त कीर्तिमानको उत्सव भने मनाउन पाएन। उक्त खेलमा मात्रै होइन सन्दीपले ३ खेलमा १० विकेट लिइसकेका छन्। उनी तेस्रो खेलमा मात्रै विकेटविहीन भएका थिए। उनीमात्रै होइन, करण केसी, सोमपाल कामी र दीपेन्द्रले समेत केन्यालाई बलिङकै भरमा सस्तैमा समेटेका छन्। तर, नेपालको खराब ब्याटिङकै कारण उनीहरूको उत्कृष्ट बलिङसमेत छायामा पर्दै आइरहेको छ। 

कप्तान सन्दीप पनि यो कुरालाई अस्वीकार गरिहाल्न सक्दैनन्। चौंथो खेलमा आफूले ५ विकेट लिएपनि ब्याटिङकै कारण खेल हार्दा निक्कै नराम्रो लागेको उनको भनाइ छ।

‘पाँच विकेट लिँदा खुशी भएपनि अन्त्यमा टिमले हार्दा निकै नराम्रो लाग्यो। टिमको बलिङ राम्रो भएपनि ब्याटिङ निकै खराब रह्यो। अन्तर्राष्ट्रिय म्याचमा यतिको रन चेज गर्न सक्नुपर्ने हो, तर हामीले गर्न सकेनौं। यसबारे सोच्नैपर्ने बेला आएको छ,’ उनले भने।

के सुधार भयो?
मनोज नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त हुँदैगर्दा नै उनीबाट नेपाल क्रिकेट संघ (क्यान)ले ब्याटिङमा सुधार हुने अपेक्षा राखेको थियो। उनी आउँदा टोली अहिलेको जस्तै ब्याटिङमा निक्कै संघर्ष गरिरहेको थियो। मनोजले पनि आफूले नेपाली टोलीको अध्ययन गरेको जानकारी दिँदै देखिएको समस्या ३ महिनाभित्र सुधार गर्ने वाचा गरेका थिए।

अहिले उनको नेपाली टोलीमा पहिलो महिना चलिरहेको छ। तर, उनले राष्ट्रिय टोलीमा परेका १६ खेलाडीलाई नजिकैबाट चिन्ने अवसरसमेत प्राप्त गर्न सकेका छैनन्। साउन २८ गते काठमाडौं ओर्लिएका उनले नेपाली टोलीलाई दुई दिनमात्र विशेष प्रशिक्षण दिन पाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नियमित पानी परिरहँदा त्यसको असर भने मुख्य प्रशिक्षक मनोजमा पर्न गर्‍यो। उनले प्रशिक्षण गराउँदा खेलाडीसँग पोजिसनबारे जानकारी लिने मौका मात्रै पाए। उनले जो खेलाडीले आफ्नो जुन पोजिसन बताए त्यही पोजिसनमा खेलाडीलाई मैदान उतारिरहेका छन्। जुन केन्यासँगको ४ खेल हेरेर पनि थाहा पाउन सकिन्छ।

Nepal-vs-kenya1661850052.jpg

उनले प्रयोग गरिरहेका खेलाडीले राम्रो खेल प्रदर्शन गर्न सकिरहेका छैनन्। सुरूआती दुई खेलमा २४ रन जोडेका ओपनर आसिफ शेखलाई बेञ्चमा राखेर नयाँ खेलाडी अर्जुनलाई प्रयोग गर्दै आएका छन्। 

यता, नियमित ओपनर कुशल भुर्तेलको अनुपस्थितिमा मुख्य प्रशिक्षक मनोजले पवनलाई बारम्बार मौका दिइरहेका छन्। पवन सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)यता नेपाली टोलीमा सुरूआती ११ मा स्थान बनाउनसमेत संघर्षरत थिए। लामो समयपछि टोलीमा सुरूआती ११ मा स्थान बनाउँदा उनले केन्याविरूद्धको चारवटै खेलमा ओपनिङ गरेका छन्। तर, उनले ओपनिङमा आफूलाई प्रमाणित भने गर्न सकेका छैनन्।

उनले सुरूआती दुई खेलमा आसिफसँग ओपनिङ गरेका थिए। तर, ती दुई खेलमा २० रन मात्रै बनाउन सके। त्यसपछि मुख्य प्रशिक्षक मनोजले आसिफलाई बेञ्चमा राख्दै पवन र अर्जुनको जोडी बाध्ने प्रयास गरे। त्यसमा पनि पवनले आफूलाई प्रमाणित गर्न सकेका छैनन्। उनले तेस्रो खेलमा १९ रन बनाए। चौंथो खेलमा भने खाता खोल्न सकेनन्।

पवनले मात्रै होइन मुख्य प्रशिक्षक मनोजले दोस्रो खेलमा मैदान उतारेका अलराउन्डर बसिर अहमदले समेत आफूलाई प्रमाणित गर्न सकेनन्। नेपाली टोलीबाट डेब्यू गरेका बसिरले ब्याटिङ गर्ने मौका पाएनन्। यद्यपि, २ ओभर बलिङ गर्दा १९ रन खर्चिए उनी महंगो सावित भए। त्यसयता उनलाई मुख्य प्रशिक्षक मनोजले मैदान उतारेका छैनन्।

अहिले नेपाली टोलीलाई हेर्दा मुख्य प्रशिक्षक मनोज आफैं अलमल्लमा परेको जस्तो देखिन्छ। मैदानमा रहेका खेलाडीले पनि उनको रणनीति बुझ्न नसकेको जस्तो देखिन्छ। त्यसैले पनि होला खेलाडी र प्रशिक्षकबीच कुनै तालमेल मिलेको देखिँदैन। यद्यपि, मुख्य प्रशिक्षक मनोज अन्तिम खेलमा भएपनि नेपालको कमिकमजोरीलाई सुधार गर्दै सिरिज कब्जा गर्ने योजनामा छन्। ‘ब्याटिङमा देखिएका समस्या र गल्तीहरू सुधार गर्दै जान्छौं। अन्तिम तथा निर्णायक म्याचमा नेपालले उत्कृष्ट  खेल्नेछ,’ उनी दाबी गर्छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो। मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य बाबर हयातको सानदार शतकसँगै हङकङले एसीसी मेन्स प्रिमियर कप २०२६ मा नेपालसामु २६२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार, भदौ २३, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री क्यानका अनुसार बोलपत्र तथा खरिद प्रक्रियामार्फत अधिकारधनी छनोट गरिएको हो। जसअनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालि... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्