• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

जम्न नसकेका ज्ञानेन्द्र 

करण चम्किँदै 
64x64
दीप सुवेदी शनिबार, भदौ ११, २०७९  १९:४८
1140x725

काठमाडौं– पछिल्लो समयमा नेपाली क्रिकेटमा धेरै उत्तरचढाव आए। कहिले प्रशिक्षकको राजीनामा त कहिले खेलाडी वर्गीकरणको विवादले नेपाली टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन। यता, राष्ट्रिय टोलीमा १६ वर्ष योगदान दिएका ज्ञानेन्द्र मल्ल पनि लामो समय मैदान बाहिर रहे। 

करिब ५ महिना मैदान बाहिर रहेर सबैभन्दा भरपर्दा र अनुभवी ब्याट्सम्यानको रुपमा नेपाली टोलीमा पुनरागमन गरेका ज्ञानेन्द्रबाट मुख्य प्रशिक्षक मनोज प्रभावकरले कम्तिमा सुधारिएको प्रदर्शनको आशा राख्दै आएका छन्। त्यसैले होला उनले केन्याविरुद्धको ५ टी२० आई सिरिजका सुरुआती खेलमा मल्ललाई नै मौका दिइरहेका छन्। 

तर, ज्ञानेन्द्रले भने आशाअनरुप खेल प्रदर्शन गर्न सकेका छैनन्। नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा जारी सिरिजमा मल्लले दुई खेलमा ३४ बलमा २४ रन मात्र बनाए। पहिलो सिरिजमा ३० बलमा २३ रन बनाएका मल्ल दोस्रो खेलमा भने १ रनमै समेटिन पुगे। यी दुवै खेलमा मुख्य प्रशिक्षक मनोजले पछिल्लो समय उत्कृष्ट लयमा रहेका युवा ब्याटर देव खनाललाई बेञ्चमा राख्दै मल्ललाई मौका दिएका थिए। तर, लामो समयपछि मैदानमा देखिएका मल्ल चुस्त देखिएनन्। 

पहिलो खेलमा ओपनर पवन सराफ आउट भएपछि मैदान छिरेका मल्ललाई २३ रन बटुल्न निक्कै संघर्ष गर्नुपरेको थियो। ३० बलमा ३ चौका मात्रै प्रहार गरेका मल्लले कुनै समय पनि अनुभवी ब्याट्सम्यानको रंग देखाउन सकेनन्। उनलाई विराज पटेलले ११औं ओभरको अन्तिम बलमा राकेप पटेलको हातबाट क्याच गराए। 

लगत्तै रोहित पौडेल आउट भएपछि समस्यामा परेको नेपाललाई मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ३३ र आरिफ शेखले २४ रन बटुल्दै नेपाललाई ५ विकेटको जित दिलाएका थिए। तर, दोस्रो दिन भने नेपाली टोलीले केन्यासँग पहिलोपटक हार बेहोर्‍यो। 

सन् २०१३ मा भएको आईसीसी टी–२० विश्वकप क्वालिफायरमा ६ विकेटको पराजय भोगेको केन्याले नेपाललाई १८ रनले पराजित गर्न पुग्यो। यो खेलमा न ज्ञानेन्द्र चले न दीपेन्द्र र आरिफ नै। 

सन् २०१३ मा केन्याविरुद्ध मैदान उत्रिँदाको टोलीमा मल्ल पनि थिए। त्यस खेल खेलेका शेम एनगोचे, एलेक्स ओबान्डा, कोलिन्स अबुया, राकेप पटेल, एलिजाह ओटिएनो र नेहेमिह ओडएम्बो अहिले पनि केन्याको टोलीमा छन्। उक्त खेलमा शरद भेषावकरले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई जिताएका थिए। अन्तिम ओभरमा शरदले ३ छक्कासहित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए।

तत्कालीन कप्तान पारस खड्का तथा सुवास खकुरेलले ५४-५४ र शरदको अविजित २३ रन मद्दतमा नेपालले १८३ रनको लक्ष्य दुई बलअगावै ४ विकेट गुमाएर पूरा गरेको थिए। त्यही खेलबाट शरदले ‘मिस्टर फिनिसिर’को उपनाम पाएका थिए। शरदको उत्कृष्ट फिनसिङले केन्याका राकेप पटेलको शतक नै छायामा परेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि सन् २०१२ मा भएको टी–२० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल र केन्याबीच खेल भएको थियो। उक्त खेल नेपालले ३ विकेटले जितेको थियो।

सामान्य खेल, अपेक्षा धेरै
सन् २०१४ मा हङकङविरुद्धको पहिलो टी–२० आई खेलमा डेब्यू गरेका मल्लले त्यसयता ४२ खेल खेलिसकेका छन्। यसबीचमा ७७७ रन बटुलेका ज्ञानेन्द्रले १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। 

सन् २०१९ मा सिंगापुरमा आयोजना भएको आईसीसी टी–२० विश्वकप क्वालिफायरमा ५१ रन प्रहार गरेका मल्लले त्यसैवर्ष घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध कीर्तिमानी शतक बनाएका थिए। ५५ बल खेल्दै १०७ रन मल्लले ५ चौका र ९ छक्का प्रहार गरेका थिए। 

त्यसयता मल्ल खराब प्रदर्शन र लगातार पाइरहेको अवसर सदुपयोग गर्न नसकेको भन्दै लगातार आलोचनाको शिकार भइरहेका थिए। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमासमेत आलोचना हुन थालेपछि तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले मल्ललाई यूएईमा गत मार्च २१ मा भएको विश्वकप लिग टू अन्तर्गत घरेलु टोलीसँग खेलेको खेलयता टोलीबाट बाहिर राख्दै आएका थिए।  उनको अनुपस्थितिमा नेपालले यस अवधिमा ३ आधिकारिक र २ अनौपचारिक सिरिज खेलेको थियो। यी ५ सिरिजमा ज्ञानेन्द्रलाई नै बाहिर राखेर पूर्वप्रशिक्षक पुबुदुले युवा खेलाडीको प्रयोग गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मल्लको अनुपस्थितमा यू–१९ टोलीका कप्तानसमेत रहेका देव खनाललाई मैदान उतारिएको थियो। ३ नम्बरमा उत्रिएका देवले यसैवर्ष मार्च २५ मा घरेलु मैदानमा आयोजना भएको पपुवा न्यू गिनीविरुद्धको एकदिवसीय खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसयता १० एकदिवसीय खेल खेलेका देवले २ अर्धशतकसहित ५३ रन बनाइसकेका छन्। 

बलिङकै भरमा नेपाल
केन्या भ्रमणमा रहेको नेपाली टोलीले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ। दुवै खेलमा टस जितेर पहिला बलिङमा उत्रिएको नेपालले केन्यालाई सस्तैमा समेटेको थियो। पहिलो खेलमा निर्धारित २० ओभरमा केन्यालाई १३० रनमा रोकेको नेपालले दोस्रो खेलमा पनि आफ्नो दबदबा कायमै राखेको थियो। 

जारी प्रतियोगितामा नेपाली टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेले ५ विकेट लिसकेका छन्। यता, दीपेन्द्र ४ विकेट लिँदा सोमपाल कामीले भने ३ विकेट लिएका छन्।

नेपालले पहिलो जित बलरको राम्रो प्रदर्शनले हासिल गरेको बताउँछन् कप्तान सन्दीप। ‘हामीले सोच अनुसार नै बलिङ गरेका छौं। यसले केन्यालाई दबाब राखेको छ। हामीले दुवै खेलमा सामान्य लक्ष्य पाएका थियौं, बलियो ब्याटिङ लाइनअप हुँदा पनि लक्ष्य पूरा गर्न सकेनौं।’

करण चम्किँदै 
नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने तेस्रो खेलाडी बनेका छन्। शुक्रबार केन्यासँगको दोस्रो टी–२० म्याचमा २ विकेट लिएसँगै करणले सय विकेट पूरा गरेका हुन्।

उनले १०१ अन्तर्राष्ट्रिय विकेट लिइसकेका छन्। ४० टी–२० आईमा उनले ५९ रन विकेट लिएका छन्। जसमा एक ह्याट्रिक पनि समावेश छ। २१ रन दिएर ५ विकेट लिनु करणको उच्च टी–२० आई बलिङ स्पेल हो। यसका साथै उनले २५ एकदिवसीयमा ४३ विकेट लिएका छन्। एकदिवसीय उनको उच्च प्रदर्शन ३३ रन दिएर ५ विकेट लिनु हो।

नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान कप्तान सन्दीपको नाममा रहेको छ। उनले कूल १ सय ४७ विकेट लिइसकेका छन्। उनले टी–२० आईमा ७८ र एकदिवसीयमा ६९ विकेट लिएका छन्। यस सूचीको तेस्रो स्थानमा सोमपाल कामी छन्। उनले कूल ८० अन्तर्राष्ट्रिय विकेट लिएका छन्। उनले एकदिवसीय ४३ र टी–२० आईमा ३७ विकेट लिएका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्