• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

क्यान अध्यक्ष चन्दको ‘अख्तर कार्ड’पछि अब के?

64x64
दीप सुवेदी सोमबार, जेठ ९, २०७९  ०८:११
1140x725

काठमाडौं- ‘प्रेम र युद्धमा सबै जायज हुन्छ,’ पाँच सय वर्ष पहिले जोन लिली नाम गरेका लेखकले आफ्नो उपन्यास ‘यूफिस, अटोनोमी अफ विट’ मा लेखेको यो कुरा अहिले नेपाली क्रिकेटमा सान्दर्भिक बन्दै छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले हालै पत्रकार सम्मेलन गरेर फ्रेञ्चाइज लिग आयोजना गर्ने घोषणा गर्यो। गत महिना मात्र जोहरा इन्टरनेशनलका आमिर अख्तरले पाँचौं संस्करणको ईपीएल (एभरेष्ट प्रिमियर लिग) कात्तिकको अन्तिम साताबाट सुरु गर्ने घोषणा गरेका थिए। यस्तो अवस्थामा दुई भिन्न संस्थाको घोषणाले सबैलाई चकित तुल्याएको छ। 

किनभने कुनै बेला क्यान अध्यक्ष चतुरबहादुर चन्दको समर्थनमा नै अख्तरले ईपीएलको सहजपूर्वक आयोजना गर्दै आइरहेका थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) बाट ५ वर्षको अनुमति लिएको र यसपालि क्यानसँग मात्र अनुमति लिन बाँकी रहेको जानकारी गराएका थिए। 

अख्तरले असोज–कार्तिक तिर नै ईपीएलको आयोजना गर्दै आइरहेका छन् भने उनले प्रतियोगिता आयोजना गर्ने समय जुधाएर क्यानले आफ्नै लिग आयोजना गर्ने घोषणा गरेको छ। यसको सिधा अर्थ हो, जोरा कम्पनी र क्यानबीच टकराव। 

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले यसै साता आयोजना भएको पत्रकार सम्मेलनमा क्यानले आफ्नै फ्रेञ्चाइज लिग ल्याउन लागेको र अन्यलाई मान्यता नहुने प्रस्ट्याएका छन्। अझ, उनले आफ्नो कुरा दोहर्याउँदै कीर्तिपुरस्थित टीयू मैदानमा यसअघि भएका ईपीएलका ४ संस्करणबारे आफू अनभिज्ञ रहेको बताए। ‘विगतमा कसले के–के लिग आयोजना गरे, हामीलाई थाहा भएन। तर, हामीले आयोजना गर्ने भनेको नेपाल टी२० लिग मात्र हो। अन्यलाई चिन्दौनौं, मान्यता दिँदैनौं,’ उनले भनेका थिए। 

मल्ल मात्रै होइन, स्वयम् क्यान अध्यक्ष चन्द पनि हिजोआज यही कुरा दोहर्‍याउन थालेका छन्। उनी ईपीएल ‘अनअफिसियल’ रुपमा चलिरहेको जिकिर गर्दै क्यानले आयोजना गर्ने लिग मात्र ‘अफिसियल’ भएको बताउँछन्। 

‘अनअफिसियल रूपमा अन्य थुप्रै लिग आयोजना भइरहेको छ। तर, खेलाडीलाई राहत दिनेगरि हामीले २ वर्षदेखि आफ्नै लिग ल्याउन लागेका थियौं। २ वर्ष कोरोना महामारीले प्रतियोगिता आयोजना गर्न सकेनौं। अहिले होम एन्ड अवेको आधारमा प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ उनी भन्छन्। 

अख्तर कार्तिक अन्तिम साताबाट ईपीएल आयोजना गर्ने भनेर लागिरहँदा चन्दले पनि गत बुधबार हतार हतारमा पाँचतारे होटलमा युवा तथा खेलकुद मन्त्री महेशजंग गहतराजलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपीएल) को घोषणा गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

यो अख्तरको जस्तो लामो योजना भने थिएन। क्यानले अख्तरलाई नै चुनौति दिन आयोजनाको अधिकार एउटा भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडलाई ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सुम्पियो। असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको लिगमा न सहभागी हुने भनिएका ६ टोलीको बारेमा जानकारी दिइयो, न त सहभागी टोलीको नाम नै खुलाइयो।

करिब १ घण्टा चलेको कार्यक्रममा चन्द र मल्लले अधिकांश समय भारतीय कम्पनीका बारेमा रहेको भ्रम हटाउने प्रयास गरे। यसअघि प्रतियोगिताको लागि जिम्मेवारी पाएको भारतीय कम्पनी ब्याटिङ साइटको पृष्टभूमि रहेको अधिकांश सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। अहिले क्यानमा एनपीएलको अधिकार बेच्ने सम्बन्धमा पदाधिकारीहरूबीचमै मतान्तर देखिन्छ। 

भारतीय कम्पनीलाई यसको जिम्मेवारी सुम्पिने निर्णय गरिरहँदा मूलतः दुई वटा प्रश्न उठेका थिए। पहिलो प्रश्न, नेपाली क्रिकेटको आम्दानी र विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको हुनाले क्रिकेट संघले नै यसको आयोजना गर्नुपर्ने। दोस्रो प्रश्न, एक अपरिचित भारतीय कम्पनीलाई लामो अवधि तर सस्तो रकममा किन अधिकार दिने? 

एनपीएल आयोजनाका लागि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग २०२१ को पहिलो महिनामै सम्झौता गरेको थियो। क्यान र सेभेन थ्री स्पोर्ट्स बीच १० वर्षका लागि सम्झौता भएको थियो। तर, प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारले सेभेन थ्री  स्पोर्ट्सलाई अनुमति दिन मानेन र यो अनिश्चित बनेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले चन्दसँग नजिक रहेका मन्त्रीले नै ‘ग्रिन सिग्नल’ दिँदा उनी हौसिएका मात्र छैनन्, अख्तरसँग युद्धमा उत्रिने मुडमा देखिन्छन्। अख्तर भने आफूलाई क्यानले एकलौटी पेल्न खोजेको भन्दै कानुनी उपचारमा जानेबारे छलफल गरिरहेको उनी निकट स्रोत बताउँछ। 

चन्द र अख्तरबीच यसरी युद्ध छेडिएको पहिलो पटक होइन। केही वर्ष अगाडि पनि चन्द र अख्तरबीच विवाद भएको थियो। अहिले यी दुई खुलेर बोल्दैनन्। यसको कारण थियो, नेपाली राष्ट्रिय टोलीका तत्कालिन कप्तान पारस खड्का। सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी२० विश्वकपमा ऐतिहासिक सहभागीता जनाएर फर्किएका पारसले क्यानविरूद्ध विद्रोहको बिगुल फुकेका थिए। 

सेवा सुविधा र अनियमितताको आरोप लगाउँदै पारसले बनिबनाउँ क्रिकेटको अस्तित्वलाई चौबाटोमा ल्याएर खडा गरे। यसको पछाडि पारसको मात्र हात थिएन, क्यानका केही पदाधिकारीले पनि उनलाई दरिलै साथ दिएका थिए। जुन कालान्तरमा नेपाली क्रिकेटका लागि दुर्भाग्य बन्यो। कहिल्यै विवाद नपरेको संघलाई विवादमा तानेर क्रिकेटको आवरणमा ‘विद्रोह’ गरेका पारसहरूकै कारण चरम राजनीतिले गर्दा आईसीसीले नेपाली क्रिकेटलाई प्रतिबन्ध लगाउनु पर्‍यो। 

यसको फाइदा क्यानको नाममा राजनीति गर्नेहरूले पाए, न स्वयम् पारसले नै। यसको उल्टो फाइदा व्यापारिक पृष्ठभूमि भएका अख्तरले लिन भ्याए। 

क्यानले अघि सारेका योजनाहरु अर्थिक कारणले अलपत्रमा परे। यसकै फाइदा उठाउँदै अख्तरले आईसीसीसँग नजिक रहेका पारससँग सम्बन्ध विस्तार गर्दै क्रिकेट व्यवसायिकीकरणको नाममा आफ्नो व्यवसाय चम्काए। 

घरेलु क्रिकेट व्यवस्थापन विवादमा रहेका बेला एनपीएलको पहिलो संस्करणबाट झाङ्गिएको अख्तर–पारस सम्बन्धले विशाल रुप लिने संकेत गरेको थियो। क्यानविरूद्ध युद्ध सुरु गरेका पारसलाई पनि क्यानका पदाधिकारी असक्षम रहेको प्रमाणित गर्नुपर्ने चुनौति थियो। त्यसैले पारसले पनि अख्तरको हात समाएर आफूलाई सही सावित गर्न तर्फ लागे। अख्तरसँगै उनी ‘स्पोन्सर’ खोज्न पनि नहिँडेका होइनन्। तर, शून्यबाट सुरु गरेको व्यापारले करौडौंको आकार लिन थालेपछि यी दुई बीच मनमुटाव मात्र चलेन, सार्वजनिक रुपमै एकअर्कामाथि खनिए।  

क्यानमाथि आईसीसीले लगाएको प्रतिबन्ध खुकुलो हुनेबित्तिकै अख्तरले पारसलाई छोडेर चन्दको हात समाए। आईसीसी विस्तारै सबै अधिकार क्यानलाई सुम्पिँदा पारसको पुरानो ओझ बाँकी रहेन। 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानबाट सुरु भएको अख्तर–पारसको सम्बन्ध यसरी फाटियो कि, उनीहरू पोखरा र काठमाडौंको ‘डिस्टेन्स’ जति टाढिए। 

आफ्नो प्रभाव कम भएपछि पारसले अख्तरलाई तल पार्न झार्न क्यानका एक चल्तापूर्जा कर्मचारी समाते। दुवैले मिलेर पोखरामा छुट्टै फ्रेञ्चाइज लिग पोखरा प्रिमियर लिग (पीपीएल) नै आयोजना गर्न भ्याए। 

पारस मैदान बाहिर भए पनि टिमभित्र अझै उनको प्रभाव देखिन्छ। उनको प्रभावका कारण ईपीएलको गत संस्करणमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित केही सिनियर खेलाडी सहभागी भएनन्। 

पारससँग सम्बन्ध बिग्रिएपछि अध्यक्ष चन्दले अख्तरलाई पछिल्लो चार संस्करणको ईपीएल आयोजना गर्ने अनुमति मात्र दिएनन्, प्रायोजक खोसेर पीपीएललाई सुकाउने अभियानमै लागे। पारसको सन्यासको पछाडि अध्यक्ष चन्दको हात रहेको बुझ्नेको कमी छैन। 

तर, अख्तरविरूद्ध उनी यतिबेला किन जाइलागे? यो भने सोचनीय पक्ष बनेको छ। विगतमा आफूसँगै हिँडेका क्यानका पदाधिकारीले चन्दविरूद्ध विरोधको बिगुल फुकिसकेका छन्। महासचिव अशोकनाथ प्याकुरेललगायतको टिमले क्यानबाट राजीनामा गरिसकेको अवस्थामा चन्द यतिबेला कमजोर परेका छन्।

क्यानको चुनाव आउन एक वर्षको समय बाँकी रहेको बेला अख्तरमाथि उनको ‘एक्सन’ हेर्न लायक देखिन्छ। के अब उनी अख्तरलाई चिठ्याएर पारसलाई फकाउने अभियानमा त छैनन्? 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्