• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

क्यान अध्यक्ष चन्दको ‘अख्तर कार्ड’पछि अब के?

64x64
दीप सुवेदी सोमबार, जेठ ९, २०७९  ०८:११
1140x725

काठमाडौं- ‘प्रेम र युद्धमा सबै जायज हुन्छ,’ पाँच सय वर्ष पहिले जोन लिली नाम गरेका लेखकले आफ्नो उपन्यास ‘यूफिस, अटोनोमी अफ विट’ मा लेखेको यो कुरा अहिले नेपाली क्रिकेटमा सान्दर्भिक बन्दै छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले हालै पत्रकार सम्मेलन गरेर फ्रेञ्चाइज लिग आयोजना गर्ने घोषणा गर्यो। गत महिना मात्र जोहरा इन्टरनेशनलका आमिर अख्तरले पाँचौं संस्करणको ईपीएल (एभरेष्ट प्रिमियर लिग) कात्तिकको अन्तिम साताबाट सुरु गर्ने घोषणा गरेका थिए। यस्तो अवस्थामा दुई भिन्न संस्थाको घोषणाले सबैलाई चकित तुल्याएको छ। 

किनभने कुनै बेला क्यान अध्यक्ष चतुरबहादुर चन्दको समर्थनमा नै अख्तरले ईपीएलको सहजपूर्वक आयोजना गर्दै आइरहेका थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) बाट ५ वर्षको अनुमति लिएको र यसपालि क्यानसँग मात्र अनुमति लिन बाँकी रहेको जानकारी गराएका थिए। 

अख्तरले असोज–कार्तिक तिर नै ईपीएलको आयोजना गर्दै आइरहेका छन् भने उनले प्रतियोगिता आयोजना गर्ने समय जुधाएर क्यानले आफ्नै लिग आयोजना गर्ने घोषणा गरेको छ। यसको सिधा अर्थ हो, जोरा कम्पनी र क्यानबीच टकराव। 

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले यसै साता आयोजना भएको पत्रकार सम्मेलनमा क्यानले आफ्नै फ्रेञ्चाइज लिग ल्याउन लागेको र अन्यलाई मान्यता नहुने प्रस्ट्याएका छन्। अझ, उनले आफ्नो कुरा दोहर्याउँदै कीर्तिपुरस्थित टीयू मैदानमा यसअघि भएका ईपीएलका ४ संस्करणबारे आफू अनभिज्ञ रहेको बताए। ‘विगतमा कसले के–के लिग आयोजना गरे, हामीलाई थाहा भएन। तर, हामीले आयोजना गर्ने भनेको नेपाल टी२० लिग मात्र हो। अन्यलाई चिन्दौनौं, मान्यता दिँदैनौं,’ उनले भनेका थिए। 

मल्ल मात्रै होइन, स्वयम् क्यान अध्यक्ष चन्द पनि हिजोआज यही कुरा दोहर्‍याउन थालेका छन्। उनी ईपीएल ‘अनअफिसियल’ रुपमा चलिरहेको जिकिर गर्दै क्यानले आयोजना गर्ने लिग मात्र ‘अफिसियल’ भएको बताउँछन्। 

‘अनअफिसियल रूपमा अन्य थुप्रै लिग आयोजना भइरहेको छ। तर, खेलाडीलाई राहत दिनेगरि हामीले २ वर्षदेखि आफ्नै लिग ल्याउन लागेका थियौं। २ वर्ष कोरोना महामारीले प्रतियोगिता आयोजना गर्न सकेनौं। अहिले होम एन्ड अवेको आधारमा प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ उनी भन्छन्। 

अख्तर कार्तिक अन्तिम साताबाट ईपीएल आयोजना गर्ने भनेर लागिरहँदा चन्दले पनि गत बुधबार हतार हतारमा पाँचतारे होटलमा युवा तथा खेलकुद मन्त्री महेशजंग गहतराजलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपीएल) को घोषणा गरे। 

Ncell 2
Ncell 2

यो अख्तरको जस्तो लामो योजना भने थिएन। क्यानले अख्तरलाई नै चुनौति दिन आयोजनाको अधिकार एउटा भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडलाई ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सुम्पियो। असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको लिगमा न सहभागी हुने भनिएका ६ टोलीको बारेमा जानकारी दिइयो, न त सहभागी टोलीको नाम नै खुलाइयो।

करिब १ घण्टा चलेको कार्यक्रममा चन्द र मल्लले अधिकांश समय भारतीय कम्पनीका बारेमा रहेको भ्रम हटाउने प्रयास गरे। यसअघि प्रतियोगिताको लागि जिम्मेवारी पाएको भारतीय कम्पनी ब्याटिङ साइटको पृष्टभूमि रहेको अधिकांश सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। अहिले क्यानमा एनपीएलको अधिकार बेच्ने सम्बन्धमा पदाधिकारीहरूबीचमै मतान्तर देखिन्छ। 

भारतीय कम्पनीलाई यसको जिम्मेवारी सुम्पिने निर्णय गरिरहँदा मूलतः दुई वटा प्रश्न उठेका थिए। पहिलो प्रश्न, नेपाली क्रिकेटको आम्दानी र विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको हुनाले क्रिकेट संघले नै यसको आयोजना गर्नुपर्ने। दोस्रो प्रश्न, एक अपरिचित भारतीय कम्पनीलाई लामो अवधि तर सस्तो रकममा किन अधिकार दिने? 

एनपीएल आयोजनाका लागि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग २०२१ को पहिलो महिनामै सम्झौता गरेको थियो। क्यान र सेभेन थ्री स्पोर्ट्स बीच १० वर्षका लागि सम्झौता भएको थियो। तर, प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारले सेभेन थ्री  स्पोर्ट्सलाई अनुमति दिन मानेन र यो अनिश्चित बनेको थियो। 

अहिले चन्दसँग नजिक रहेका मन्त्रीले नै ‘ग्रिन सिग्नल’ दिँदा उनी हौसिएका मात्र छैनन्, अख्तरसँग युद्धमा उत्रिने मुडमा देखिन्छन्। अख्तर भने आफूलाई क्यानले एकलौटी पेल्न खोजेको भन्दै कानुनी उपचारमा जानेबारे छलफल गरिरहेको उनी निकट स्रोत बताउँछ। 

चन्द र अख्तरबीच यसरी युद्ध छेडिएको पहिलो पटक होइन। केही वर्ष अगाडि पनि चन्द र अख्तरबीच विवाद भएको थियो। अहिले यी दुई खुलेर बोल्दैनन्। यसको कारण थियो, नेपाली राष्ट्रिय टोलीका तत्कालिन कप्तान पारस खड्का। सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी२० विश्वकपमा ऐतिहासिक सहभागीता जनाएर फर्किएका पारसले क्यानविरूद्ध विद्रोहको बिगुल फुकेका थिए। 

सेवा सुविधा र अनियमितताको आरोप लगाउँदै पारसले बनिबनाउँ क्रिकेटको अस्तित्वलाई चौबाटोमा ल्याएर खडा गरे। यसको पछाडि पारसको मात्र हात थिएन, क्यानका केही पदाधिकारीले पनि उनलाई दरिलै साथ दिएका थिए। जुन कालान्तरमा नेपाली क्रिकेटका लागि दुर्भाग्य बन्यो। कहिल्यै विवाद नपरेको संघलाई विवादमा तानेर क्रिकेटको आवरणमा ‘विद्रोह’ गरेका पारसहरूकै कारण चरम राजनीतिले गर्दा आईसीसीले नेपाली क्रिकेटलाई प्रतिबन्ध लगाउनु पर्‍यो। 

यसको फाइदा क्यानको नाममा राजनीति गर्नेहरूले पाए, न स्वयम् पारसले नै। यसको उल्टो फाइदा व्यापारिक पृष्ठभूमि भएका अख्तरले लिन भ्याए। 

क्यानले अघि सारेका योजनाहरु अर्थिक कारणले अलपत्रमा परे। यसकै फाइदा उठाउँदै अख्तरले आईसीसीसँग नजिक रहेका पारससँग सम्बन्ध विस्तार गर्दै क्रिकेट व्यवसायिकीकरणको नाममा आफ्नो व्यवसाय चम्काए। 

घरेलु क्रिकेट व्यवस्थापन विवादमा रहेका बेला एनपीएलको पहिलो संस्करणबाट झाङ्गिएको अख्तर–पारस सम्बन्धले विशाल रुप लिने संकेत गरेको थियो। क्यानविरूद्ध युद्ध सुरु गरेका पारसलाई पनि क्यानका पदाधिकारी असक्षम रहेको प्रमाणित गर्नुपर्ने चुनौति थियो। त्यसैले पारसले पनि अख्तरको हात समाएर आफूलाई सही सावित गर्न तर्फ लागे। अख्तरसँगै उनी ‘स्पोन्सर’ खोज्न पनि नहिँडेका होइनन्। तर, शून्यबाट सुरु गरेको व्यापारले करौडौंको आकार लिन थालेपछि यी दुई बीच मनमुटाव मात्र चलेन, सार्वजनिक रुपमै एकअर्कामाथि खनिए।  

क्यानमाथि आईसीसीले लगाएको प्रतिबन्ध खुकुलो हुनेबित्तिकै अख्तरले पारसलाई छोडेर चन्दको हात समाए। आईसीसी विस्तारै सबै अधिकार क्यानलाई सुम्पिँदा पारसको पुरानो ओझ बाँकी रहेन। 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानबाट सुरु भएको अख्तर–पारसको सम्बन्ध यसरी फाटियो कि, उनीहरू पोखरा र काठमाडौंको ‘डिस्टेन्स’ जति टाढिए। 

आफ्नो प्रभाव कम भएपछि पारसले अख्तरलाई तल पार्न झार्न क्यानका एक चल्तापूर्जा कर्मचारी समाते। दुवैले मिलेर पोखरामा छुट्टै फ्रेञ्चाइज लिग पोखरा प्रिमियर लिग (पीपीएल) नै आयोजना गर्न भ्याए। 

पारस मैदान बाहिर भए पनि टिमभित्र अझै उनको प्रभाव देखिन्छ। उनको प्रभावका कारण ईपीएलको गत संस्करणमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित केही सिनियर खेलाडी सहभागी भएनन्। 

पारससँग सम्बन्ध बिग्रिएपछि अध्यक्ष चन्दले अख्तरलाई पछिल्लो चार संस्करणको ईपीएल आयोजना गर्ने अनुमति मात्र दिएनन्, प्रायोजक खोसेर पीपीएललाई सुकाउने अभियानमै लागे। पारसको सन्यासको पछाडि अध्यक्ष चन्दको हात रहेको बुझ्नेको कमी छैन। 

तर, अख्तरविरूद्ध उनी यतिबेला किन जाइलागे? यो भने सोचनीय पक्ष बनेको छ। विगतमा आफूसँगै हिँडेका क्यानका पदाधिकारीले चन्दविरूद्ध विरोधको बिगुल फुकिसकेका छन्। महासचिव अशोकनाथ प्याकुरेललगायतको टिमले क्यानबाट राजीनामा गरिसकेको अवस्थामा चन्द यतिबेला कमजोर परेका छन्।

क्यानको चुनाव आउन एक वर्षको समय बाँकी रहेको बेला अख्तरमाथि उनको ‘एक्सन’ हेर्न लायक देखिन्छ। के अब उनी अख्तरलाई चिठ्याएर पारसलाई फकाउने अभियानमा त छैनन्? 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्