• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद

64x64
नवीन अर्याल मंगलबार, असार २६, २०८०  १२:२७
1140x725

बंगलादेशले (दक्षिण एशियाली खेलकुद) प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा लामो समय कुनै निर्णय गर्न सकेन। नेपाल दक्षिण एशियाली खेलकुदको योजनाकार थियो। बंगलादेशको विलम्बका कारण शरदचन्द्र शाह छटपटाउन थालिसकेका थिए। उनलाई लाग्यो– बंगलादेशका कारण नेपालको योजना तुहिने त होइन? 

यसैबीच उनी भारतीय ओलम्पिक कमिटीका अध्यक्ष पटियालाका राजा भलिन्दर सिंहसँग कुराकानी गर्न पुनः दिल्ली उडे। शाहको पटियालाका राजासँग गहिरो सम्बन्ध थियो। उनले सिंहसँगको भेटमा दक्षिण एशियाली खेलकुद आयोजना गर्ने सम्बन्धमा बंगलादेशको विलम्बको सविस्तार चर्चा गरे। आफ्नो सपना तुहिने डर हटाउन सुझाव मागे, ‘अब के गर्ने ?’  

यतिवेला निरास भएका शाहलाई उत्साहित तुल्याउन पटियालाका राजाले भने, ‘तिमीहरू (नेपाल) ले सक्छौ भने किन कुरेर बस्नु। खेलकुद आयोजना गर्ने पहलकदमी तिमीहरूले पनि गर्दा भइहाल्छ नि।’ 

Sharad_Chandra_Saha1689057574.jpg

भेटघाटका क्रममा पटियालाका राजाले पहिलो दक्षिण एशियाली खेलकुदको परिकल्पनाकार हुनुको नाताले नेपालले सुरुवात गर्दा के बिग्रिन्छ ? भन्दै शाहको महत्वाकांक्षा झन् बढाइदिए। उनले शाहलाई अग्रिम शुभकामना दिँदै भने, ‘नेपालले आयोजनाको जिम्मा लिन्छ भने म नेपालको निर्णयको पक्षमा उभिनेछु।’ 

उनले भारतीय खेलाडी पठाएर सहयोग गर्ने आश्वासन पनि छलफलकै क्रममा दिए। अध्यक्ष सिंहको सकारात्मक सुझाव सुनेपछि शाहको आत्मविश्वास चुलियो। उनी नेपाल फर्किएर सिधै राजा वीरेन्द्रलाई भेट्न नारायणहिटी पुगे। राजा वीरेन्द्रसँगको भेटमा उनले बंगलादेशको तत्कालीन अवस्था र भारतीय ओलम्पिक कमिटीका अध्यक्षसँग भएको कुराकानीको विस्तृत सुनाए। यतिवेला उनले आफ्नो सबै योजना राजा वीरेन्द्रसमक्ष प्रस्तुत गरे र प्रतियोगिताका लागि ४० लाखको हाराहारीमा खर्च लाग्ने जानकारी गराए। 

केही दिनपछि दरबारबाट खबर आयो, नेपालले प्रतियोगिताको जिम्मेवारी पाउँछ भने अगाडि बढ्नू। अर्थात् शाहको प्रस्तावमाथि दरबारको मोहर लाग्यो। राजा वीरेन्द्र सकारात्मक देखिए।  

दरबारको सकारात्मक प्रतिक्रियापछि शाह दक्षिण एशियाली खेलकुदको पहिलो प्रतियोगिता नेपालमै आयोजना गराउने अभियानमा कस्सिएर लागे। यही क्रममा २० असोज २०४० सालमा नेपालको चर्चित अंग्रेजी अखबार ‘दि राइजिङ नेपाल’ को अन्तिम पृष्ठमा एउटा समाचार प्रकाशित भयो। लेखकको नाम उल्लेख नभएको यो समाचारको शीर्षक थियो, ‘नेपालले पहिलो दक्षिण एशियाली खेलकुद आयोजना गर्न सक्ने।’

Ncell 2
Ncell 2
nimb
nimb

समाचारमा स्रोत भनेर राखेपको शीर्ष नेतृत्वलाई उद्धृत गरिएको थियो, तर कसैको नाम उल्लेख थिएन। नेपाली खेलकुदमा चासो राख्ने जो कोहीलाई यो बुझ्न गाह्रो थिएन, त्यो समाचारको स्रोत स्वयम् शरदचन्द्र शाह थिए। तत्कालीन अवस्थामा राइजिङ नेपालमा वरिष्ठ खेल संवाददाताको रूपमा काम गरिरहेका पी खरेल भन्छन्, ‘न्युजका स्रोत शरदचन्द्र शाह नै थिए, तर दक्षिण एशियाली महासंघको बैठकबाट नेपाललाई प्रतियोगिता आयोजना गर्न दिने निर्णय नभइसकेका कारण शाहको नाम उल्लेख गर्न गाह्रो परेको हो।’

‘राइजिङ नेपाल’ ले समाचारमा उल्लेख गरेको थियो, ‘बंगलादेशले विभिन्न परिस्थिति देखाउँदै दक्षिण एशियाली खेलकुद महासंघलाई प्रतियोगिता आयोजना गर्न असमर्थता जनाइसकेको छ। शरद ऋतुमा काठमाडौंमा आयोजना भएको (२३औं) एशियन युथ कप (समूह ए) फुटबल प्रतियोगिताबाट प्रभावित भएर साफका सदस्य राष्ट्रहरूले नेपाललाई क्षेत्रीय खेलकुद प्रतियोगिताको पनि जिम्मेवारी लिन अनौपचारिक प्रस्ताव गरेका छन्।’

Nepali_Khelkud_Ko_britanta1687679024.jpg
पत्रकार नवीन अर्यालको प्रकाशोन्मुख पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’

नयाँ खेल स्थलको विषयमा आउँदो महिना बस्ने महासंघको कार्यकारी समितिको बैठकले टुंगो लगाउने समाचारमा उल्लेख थियो। यही सन्दर्भमा उच्च स्रोतलाई उल्लेख गर्दै पत्रिकाले लेखेको थियो, ‘यदि सबै सदस्य राष्ट्र सहमत भएको खण्डमा हामी (नेपाल) पछाडि हट्नेछैनौं। हामी प्रतियोगिता आयोजना गर्नेछौं।’

प्रतियोगिता नेपालले आयोजना गर्ने सम्बन्धमा अंग्रेजी वर्ष समाप्त हुन लागेका कारण सन् १९८३ को डिसेम्बर अर्थात् २०४० सालको पुस मसान्तसम्म असम्भव रहेको बताइएको थियो। 

नेपालले २०४० चैतको दोस्रो सातादेखि पोखरामा दोस्रो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै थियो। त्यसैले १९८४ को मार्च–अप्रिलसम्म प्रतियोगिता गराउन असम्भव हुने हुँदा २०४१ सालको वैशाख उपयुक्त हुने ठहर गरिएको थियो। 

नभन्दै समाचार प्रकाशित भएको एक महिनापछि कुवेतमा ओसीएको बैठक बस्यो। बैठकमा भाग लिन १६ कार्तिक २०४० सालमा शाह कुवेत उडे। ओसीएको यही बैठकमा भाग लिन जाँदा दक्षिण एशियाली खेलकुद महासंघको दोस्रो कार्यकारी बैठक १९ कार्तिकमा महासंघका अध्यक्ष बंगलादेशका सिद्दिकी अहमदको अध्यक्षतामा बस्यो। 

South_Asian_Olympic_Comittee_meeting1689057574.jpg

बैठकमा नेपालबाट शाह र अनुप शमशेर, भारतबाट भलिन्दर सिंह, पाकिस्तानबाट शैयद वाजिद अली शाह र नकी बट, श्रीलंकाबाट रोय डिसिल्भा (डिसिल्भा केही समयअघि श्रीलंका ओलम्पिक कमिटीका अध्यक्ष निर्वाचित भएका थिए), माल्दिभ्सबाट जाहिर नासिर र आगन्तुक सदस्यका रूपमा भुटानबाट दावा छिरिङको उपस्थिति थियो। यही बैठकले भुटानलाई पनि दक्षिण एशियाली खेलकुद महासंघको सदस्यता प्रदान गर्ने महत्त्वपूर्ण निर्णय गर्‍यो। भुटानको आबद्धतासँगै अफगानिस्तानलाई छोडेर दक्षिण एशियाका ७ वटै राष्ट्र महासंघमा सम्मिलित भए।

७ राष्ट्रका प्रतिनिधि सहभागी बैठकमा सिद्दिकीले पहिलोपल्ट आधिकारिक रूपमा प्रतियोगिता आयोजना गर्न बंगलादेश असमर्थ रहेको जानकारी गराए। 

महासंघ गठन गर्दा अंग्रेजी वर्णानुक्रमअनुसार अगाडि पर्ने देशले प्रतियोगिता आयोजना गर्दै जाने नियम बनेको थियो। त्यसैले बंगलादेशको असमर्थताको अर्थ थियो, प्रतियोगिता आयोजनाको जिम्मेवारी भारतमा सर्नु। यो सन्दर्भमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष शाह र भारतीय ओलम्पिक कमिटीका अध्यक्ष सिंहबीच पहिले नै समझदारी भइसकेको थियो। फेरि भारतले एक वर्षअघि मात्र दिल्लीमा एशियाली खेल जस्तो प्रतिष्ठित प्रतियोगिताको आयोजना गरेका थियो। पाकिस्तानसँग पनि चिसिएको सम्बन्धका कारण प्रतियोगिता सफल नहोला कि भन्ने डर भारतलाई थियो। योभन्दा पनि ठूलो कुरा भारत सरकार र भारतीय ओलम्पिक कमिटीबीच त्यतिवेला शीतयुद्ध चलिरहेको थियो। 

त्यसैले बैठकमा सहभागी सिंहले पहिलो दक्षिण एशियाली खेलकुद आयोजना गर्ने विषयमा खासै रुचि देखाएनन्। नेपालले नै यो प्रतियोगिता आयोजना गरोस् भन्ने उनको चाहना पनि थियो। त्यसैले उनले अस्वीकार गरे। 

First_SAG_1689057575.jpg

भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात उठायो। यसपछि नेपालले प्रतियोगिताको जिम्मा लियो। शाहको प्रस्तावको सबै सदस्य राष्ट्रले हार्दिकतापूर्वक स्वागत गरे। 

यही बैठकमा पहिलो दक्षिण एशियाली खेलकुदको नयाँ मिति पनि तय भयो। ‘राइजिङ नेपाल’ को समाचारमा उल्लेख भएसरह प्रतियोगिताको मिति तोकियो, १८ वैशाख २०४१ साल। 


(पत्रकार नवीन अर्यालको प्रकाशोन्मुख पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ बाट। पुस्तक आज (मंगलबार)बाट सार्वजनिक हुँदैछ।)
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन अर्याल
नवीन अर्याल वरिष्ठ पत्रकार हुन्।
लेखकबाट थप
यस्ता थिए महाकवि
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद
आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
पूर्वमन्त्री कार्की कांग्रेसको वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्