काठमाडौं– जेनजी अगुवाहरुले जेनजी आन्दोलनका विषय र मागहरुलाई संस्थागत सम्बोधनका लागि सरकारसँग गरिने सम्झौता तयार गरी प्रधानमन्त्रीलाई बुझाएका छन्।
शुक्रबार उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर एकीकृत ‘जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबिचको प्रस्तावित सम्झौतापत्र’ बुझाएका हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले अहिलेसम्म सरकार पक्षबाट औपचारिकता पाएको छैन। पटकपटक हुने भनिएको सरकार र जेनजीबीचको सहमति विभिन्न कारण हुनसकेको छैन।
यसअघि छुट्टाछुट्टै मागपत्र बुझाउँदै आएका तीन जेनजी समूह अन्तत एउटै मागमा उभिएका छन्। लामो छलफल, विवाद, र लगातार बैठकपछि जेनजी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुदन गुरुङ समूह) र जेनजी फ्रन्टले संयुक्त ड्राफ्ट तयार पारेका हुन्।
के–के छन् माग ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।