काठमाडौं– लामो समयदेखि नेपाली खेलकुद पत्रकारितामा सक्रिय पत्रकार नवीन अर्यालको खेलकुदसम्बन्धी पुस्तक बजारमा आउने भएको छ। ‘नेपाली खेलकुदको वृत्तान्त’ नामक पुस्तक अर्यालले ल्याउन लागेका हुन्।
उक्त पुस्तकले नेपाली खेलकुदको समग्र पाटोबारे जानकारी दिने प्रकाशक क्रियटिभ बुक्सले जनाएको छ। पुस्तक असार महिनाभित्र बजारमा ल्याउने तयारी भएको क्रियटिभ बुस्कले जनाएको छ।
शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा उक्त पुस्तक लेखिएको हो। पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताएका छन्।
नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति एकदमै न्यून रहेकोले यो पुस्तकले खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न सहज हुने क्रियटिभ बुक्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।