• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस

सन्तोष पौडेल बुधबार, भदौ २०, २०८०  १२:२६
1140x725

काठमाडौं- रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु। रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ। बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो। व्यक्ति, समाज, राष्ट्र, दल जुन पक्षको कुरा गर्दा पनि रुपान्तरण एउटा परिवर्तन हो। त्यो परिवर्तन के, कसरी र कति भन्ने प्रश्न प्रधान रहन्छ। सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक पक्षमा पनि त्यही लागू हुन्छ। हामीले नेपालको सन्दर्भमा कुरा गर्दा पटकपटक रूपान्तरणको बारेमा बहस गरिआएका छौँ र अहिलेको रूपान्तरणको मुख्य हिस्सेदार नेपालको माओवादी आन्दोलन हो भन्ने आम निष्कर्ष छ। 

माओवादी आन्दोलन मूलतः परिवर्तनकामी जनताबाट उठेको र तिनै जनताबाटै पोषित र पुष्पित आन्दोलन हो। दशवर्षे जनयुद्धका क्रममा मात्र होइन संविधानसभाको निर्वाचन हुँदै शान्तिपूर्ण राजनीतिमा आएपछि पनि नेकपा माओवादी केन्द्रले २०६४ सालको संविधानसभा चुनावमा झन्डै एकमना सरकार बनाउने स्तरको ऐतिहासिक जन अनुमोदन पाएको थियो। संसदीय राजनीतिका विभिन्न उतारचढाव ब्यहोरेको भए पनि नेपालमा स्थापित मूल राजनीतिक एजेन्डाको वाहक र रूपान्तरणको मूल कारक पार्टी भएकाले अहिले नेपाली राजनीतिको केन्द्रीय मियो माओवादी पार्टी र पार्टी नेतृत्व नै रहेको देखिन्छ। 

सारांशमा नेपालको व्यवस्था रूपान्तरणको संवाहक बनेको माओवादी अब अवस्था परिवर्तनको पनि संवाहक बन्न चाहिरहेको छ। यही चाहनाको प्रकटीकरण हो माओवादीले थालेको रूपान्तरण अभियान। जनयुद्धको शङ्खघोष गर्दै गर्दा माओवादीले आफ्नो मूल अवधारणामा लेखेको थियो–वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय, आर्थिक, सामाजिक, सांस्कृतिक र सबैखाले उत्पीडनको अन्त्य गर्दै समाजको आमूल रूपान्तरणसहित साम्यवादको स्थापना गर्न जनयुद्धको बाटोमा अगाडि बढौँ। माओवादीले त्यो नाराले समाजका सबै वर्ग, जाति, क्षेत्र, समुदाय र तप्कामा एउटा तरङ्ग पैदा गरेको थियो। यसको फलस्वरूप लाखौँ जनता त्यसमा लामबद्ध भए आफैँलाई बलिदान गर्न उद्यत भए। यसले समाजको धेरै पक्षमा परिवर्तन ल्यायो। जनयुद्धकै जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन भयो। 

जनयुद्ध र जनआन्दोलनको बलमा नेपालबाट दुई सय ४० वर्षे एकात्मक राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो। नेपालमा महिला, दलित, मधेसी, मुस्लिम र गरिबहरुलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिन्थ्यो। छुवाछूत, दाइजोलगायतका प्रथाहरु यति चरम थियो कि जो कल्पनै गर्न सकिन्न। माओवादी जनयुद्धले ती विषयहरूमा विभिन्न तरिकाले चेतना जागृत गराइदियो भने महिला भनेका आधा संसार अगोट्ने समूह हो र सबै तहमा सबै निकायमा महिलाको अधिकार आधा हुनुपर्छ भन्ने स्थापित गरायो। जनयुद्धमा पुरुष सरह महिलाहरु होमिए, चुलोचौकोमा र घरको पर्खालभित्र सीमित महिलाहरु हातमा बन्दुक बोकेर निस्के र महिला मात्रै होइन, सिंगै समाज रूपान्तरण र परिवर्तनका लागि सम्पूर्ण बन्धन तोडर होमिए। फलस्वरूप पुरुष र महिला एकै रथका दुई पाङ्ग्रा मात्रै होइन समाज रूपान्तरणका मुख्य द्योतक महिला हुन् भन्ने जनयुद्धले स्थापित गरायो। 

नेपाली सेना र प्रहरीमा पनि महिलाको भर्ती बढ्यो, इन्फेन्ट्रीमा महिलाको सहभागिता हुन थाल्यो, शान्ति सेनामा महिलाको सहभागिता हुन थाल्यो, समाजमा पुरुषभन्दा महिला के कम भन्ने प्रतिस्पर्धाको चेतना जागृत भयो। राजनीतिमा मात्र नभई अहिले राज्यका विभिन्न निकायमा र लोकसेवामार्फत समावेशीकरणको लाभ लिँदै प्रवेश गरेका हजारौँ नागरिकको सपना माओवादी आन्दोलनका कारण सार्थक भएको यथार्थ हो। अहिलेसम्म आउँदा संसद्सहित राज्यका सबै नीतिनिर्माण तह र स्थानीय सरकारदेखि सबै कार्यान्वयन तह तथा समितिहरुमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ र कार्यान्वयन भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दलितमाथिको छुवाछूत अब व्यावहारिक रूपमै अन्त्य हुने चरणमा छ। अत्यन्तै पिछडिएको र राज्यको सधैँ कोपभाजनमा पारिएको कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रहरुले निश्चित कोटा नै छुटाएर राज्यको नीति निर्माण र कार्यन्वयनको इकाइमा आरक्षण पाइरहेको स्थिति छ। त्यसैगरी मधेसी, मुस्लिम, आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदाय र अपाङ्गलगायत समाजका सबै उत्पीडित वर्ग, क्षेत्र, जाति, समुदाय र तप्काले संविधानतः अधिकार प्राप्त गरेका छन्। अब निजामती सेवामा थारू, मुस्लिम र खस आर्य समुदायका लागि पनि आरक्षण दिने प्रस्तावसहितको विधेयक मस्यौदामा छलफल चलिरहेको छ। परिवर्तनको परिभाषाबाट हेर्दा जनयुद्धले समाजमा व्यापक र आमूल रूपान्तरण ल्याएको मान्न सकिन्छ। 

‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ नाम दिइएको तीनमहिने अभियान भदौ १६ गतेदेखि सुरु भएको र मङ्सिर १५ गतेसम्म चल्ने माओवादीले उद्घोष गरेको छ। मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ। अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने छ। अभियानको सुरुआत गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो अभियानले सुशासनसहितको समृद्धिमार्फत रूपान्तरण ल्याउने उद्देश्य सार्वजनिक गर्नुभएको  छ। देशका सातै प्रदेशका सात सय ५३ स्थानीय तहअन्तर्गत रहेका छ हजार सात सय ४३ वडाबाट एकसाथ सुरु गरिएको अभियानमा लाखौँ नेता कार्यकर्ता परिचालित भएका छन्। अभियानमा सुरुआत र अन्त्यको निश्चित मात्रै गरिएको छैन, कुन दिन कसले के काम गर्नेसम्मको खाका सार्वजनिक गरिएको छ।

माओवादी केन्द्रको गत साउनमा सम्पन्न केन्द्रीय समितिको पाँच दिन बैठकमा सहभागी नेता कार्यकर्ताले माओवादी पुरानो विचार, विरासत, शक्ति र सामथ्र्य तथा जनसम्बन्धबाट च्यूत हुन पुगेको प्रतिक्रिया आएपछि यो अभियानको वस्तुगत सुरुआत भएको हो। हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद्घोष गरेका थिए। गएको निर्वाचन लगत्तै दुईमहिने एउटा अभियान पनि सञ्चालन भएको थियो। तर त्यो अभियान नाम मात्रैमा सीमित भएको माओवादीको आफ्नै विश्लेषण छ। यस पटकको अभियानको नाम नै विशेष रूपान्तरण अभियान भएकाले यो अभियानले माओवादी नेताको स्वभावमा, सम्बन्धमा, माओवादी कार्यकर्ताको आनीबानीमा, नेता कार्यकर्ताको सम्बन्ध र जनतासँगको सम्बन्धमा रूपान्तरण एवं मूल रूपमा पार्टीको आमूल रूपान्तरण भन्ने ध्येय यो अभियानले राखेको देखिन्छ। 

Xtrem
Xtrem

जनताले यो अभियानबाट के प्राप्त गर्ने हुन त यो प्रश्न भने सबैभन्दा महत्वपूर्ण छ। यतिमात्र नभई यो अभियानले हाम्रो सपना, भावना र विभाजित मनहरुलाई जोड्नेछ भने जनताले हामी उनीहरुको सबैभन्दा नजिकको र प्रगतिशील शक्ति पनि भएको अनुभूत गर्नेछन्। जनयुद्धकालीन सबै माओवादीको एकाकार हुने र युद्धताका देखेका सपनाहरुलाई पुनर्ताजगीकरण गर्दै देश निर्माणको महान अभियानका लागि जनताको भावना बुझ्ने एउटा गतिलो चौतारी हुनेछ यो अभियान। माओवादीले व्यवस्था बदल्न आह्वान गर्दा जनताले बन्दुक बोकेर बलपूर्वक समाज रूपान्तरणका लागि योगदान गरेका थिए। 

अब जनतालाई व्यवस्था होइन अवस्था बदल्ने पार्टी चाहिएको छ। माओवादीबाट अब सुशासन र समृद्धि, बेरोजगारीको अन्त्य, शिक्षाको गुणस्तर, कालाबजारीको अन्त्य, घूसखोरी भ्रष्टाचारको अन्त्य, दलाली, तस्करी र जालझेलको अन्त्य तथा समाजमा बाँकी रहेको सामन्तवादी कुप्रथाको अन्त्यका लागि हस्तक्षेपकारी भूमिका अपेक्षित छ। तीन महिनाका लागि सुरु भएको यो कार्यक्रम व्यावहारिक रूपमा निरन्तर चलिरहनुपर्ने देखिन्छ। पार्टी रूपान्तरण मात्रै होइन, साँच्चिकै जनताको जीवन रूपान्तरण गर्नमा यसले सार्थक भूमिका खेल्नेछ र हामी फेरि जुट्नेछौँ नयाँ जोस र आत्मविश्वासका साथ भन्ने भावना आमकार्यकर्तामा जागृत गर्नुपर्नेछ। 

(लेखक पौडेल प्रेस सेन्टर नेपालका महासचिव हुन्)

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज कहाँ–कहाँ पर्छ पानी ?
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
यस्तो छ आज विदेशी मुद्राको भाउ शनिबार, असोज २४, २०८३
आज कहाँ–कहाँ पर्छ पानी ? शनिबार, असोज २४, २०८३
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्