• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०८०  ०९:३२
1140x725

काठमाडौं– यस सिजन (२०२३/२४) जिरोनाको प्रदर्शन साँच्चै प्रशंसनीय छ। ट्रान्सफर मार्केटको भ्यालुअनसार रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड जस्ता पावरहाउसभन्दा पछि छैटौं स्थानमा रहेको क्याटलान क्लब जिरोना ला–लिगाको आधा सिजन सकिँदा शीर्ष स्थानको लागि प्रतिस्पर्धा गरिरहेको छ।

ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान अंक (४८) का साथ शीर्ष स्थानको प्रतिस्पर्धामा छ। समान अंक भए पनि गोल अन्तरका आधारमा मात्रै रियल मड्रिड शीर्ष स्थानमा छ।

जारी सिजन जिरोनाले सरप्राइज नतिजा दिँदै आइरहेको छ। डेफिन्डिङ च्याम्पियन बार्सिलोनालाई ४–२ र एथ्लेटिको मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै जिरोनाले महत्त्वपूर्ण जित निकालेको छ।

यसबाहेक प्रशिक्षक मिशेलको कमाण्डमा रहेको जिरोनाले सबैभन्दा बढी आक्रमण लाइनलाई धारिलो बनाएको छ। १९ खेल सकिँदा ४६ गोल गर्दै सबैभन्दा बढी गोल गर्नेको सूचीमा जिरोना अगाडि छ। समान अंक भए पनि कम गोल खाएको आधारमा शीर्ष स्थानमा रहेको रियल मड्रिडको जबकी ४० गोल मात्रै छ।

आफूले गरेको गोल र खाएको गोलको अन्तर जिरोनाको २२ छ। जुन शीर्ष स्थानमा रहेको रियलको पछि दोस्रो फराकिलो अन्तर हो। अहिलेसम्म ला–लिगामा जिरोनाले एक खेलमात्रै हारेको छ। त्यो पनि शीर्ष स्थानको रियल मड्रिडसँग। १९ खेल सकिँदा १ खेल हारेको जिरोनाले ३ खेल बराबरी खेलेको छ भने १५ खेलमा जित निकालेको छ।

सिजन २०२३/२४ सुरु हुनु अघिसम्म फुटबल विश्लेषकहरु जिरोनाको अहिलेको चमत्कारबारे अड्कलसम्म काट्न सकेका थिएनन्। सिजन २०२३/२४ को ला–लिगाको उपाधि जित्नेहरुको सूचीमा बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड, सेभिल्लालाई क्रमश टप चार राख्दै विश्लेषण गरिएको थियो।

तर फुटबल विज्ञहरुको गरेको उक्त विश्लेषणलाई फ्लप खुवाउने गरी अहिले जिरोनाले ला–लिगामा चमत्कार गरिरहेको छ। आफ्नो इतिहासमै अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट सुरुवात गर्दै जिरोनाले आफूलाई उपाधी दाबेदारमा राखेको छ। 

jirona-(1)-1704710645.jpg
जिरोनाको यो सफलताको आर्टिटेक्चरको रुपमा मुख्य प्रशिक्षक मिचेल उर्फ मिगुएल एन्जल सान्चेन मुनोजलाई लिइन्छ। मड्रिडका ४७ वर्षीय प्रशिक्षक मिचेलको आक्रामक फुटबल खेलाउने शैलीलाई जिरोनाको सफलतासँग जोडिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिरोनाको क्लबको इतिहासमा मिचेलको प्रशिक्षकत्वको यो नै अहिलेसम्मकै उत्कृष्ट सफलता हो। मिचेलले यो सफलतालाई सामान्य रुपमा भने लिएका छैनन्। उनले यसअघि स्पेनिस फुटबलको शीर्ष डीभिजनमा रायो भाल्कानोका र हुएस्काको प्रशिक्षक भएर काम गरेका थिए। उनको कोचिङ करिअर नै यी दुई क्लबबाट भएको थियो।
 
तर यी दुबै क्लब उनको प्रशिक्षकत्वम रेलिगेशमासमेत परेका थिए। र मिचेललाई दुबै क्लबले बर्खास्तसमेत गरेका थिए। यसअघि दुई वटा क्लबमा प्रशिक्षक भएर काम गरेका र दुबैमा बर्खास्त परेका उनै मिचेल अहिले जिरोनामा आएर चमत्कार गरिरहेका छन्। एस्टाडी मोन्टिलिभी (गिरोनाको रंगशाला) मा  मिचेल उत्रिएपछि धेरै सुधार भयो।

मिचेलको प्रशिक्षणमा २०२१/२२ मा जिरोना सेगुन्डा डिभिजनमा छैटौं स्थानमा रह्यो। सेगुन्डा डिभिजनका टप ३ क्लबहरु ला–लिगामा बढुवा हुन्छन् भने टप ६ मध्ये अन्तिमका ३ क्लबले ला–लिगा खेल्नका लागि प्लेअफ खेल्ने मौका पाउँछन्। छैटौं स्थानमा रहँदै सेगुण्डा डिभिजन टुंग्याएको जिरोनालाई प्लेअफमार्फत् मिचेलले ला–लिगामा बढुवा गराए।

त्यसपछिको गत सिजन मिचेलले ला–लिगाको १० औं स्थानमा राख्दै जिरोनामा धेरै सुधार गरे। जारी सिजन त जिरोनाले चमत्कार गरिहरेको छ। रेलिगेशनमा पर्दै लगातार तीन सिजन ला–लिगाबाट बाहिरिएको जिरोनाको अहिलेको यो सफलतामा प्रशिक्षक मिचेल भन्छन्, ‘मलाई थाहा छ कि तीन सिजनमा हामी बाहिर रह्यौं। जसकारण ला–लिगामा आउनु हाम्रो पहिलो उदेश्य थियो। अब हाम्रो लक्ष्य उपाधी हो।’

जिरोनाको सफलतामा सबैभन्दा बढी भूमिका अट्याक लाइनको रहेको बताइएको छ। डिफेन्स लाइन जति गिरोनाको मजबुद छ त्योभन्दा बढी अट्याकिङ लाइन तगडा छ। यो तथ्यांकले पनि पुष्टि गरेको छ। ला–लिगाको सबैभन्दा बढी गोल गर्ने टिम नै अहिले गिरोना हो।

Xtrem

Xtrem

त्यसैगरी गोलका चान्स क्रिएयट गर्न पनि जिरोना माहिर छ। जिरोनाको यो सफलतमा मुख्यगरी प्रशिक्षक मिचेल नै जोडिन्छन्। किनकी उनी आफैं एक कुशल गोलस्कोरर थिए। धेरै समय ला–लिगा क्लब रायो भाल्कानोमा बिताएका मिचेल उक्त क्लबका लागि अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।

जसकारण पनि उनले आफ्नो टिम गिरोनाको आक्रमण पंक्ति धारिलो पार्नुलाई स्वभाविक रुपमा लिइएको छ।
 
मिचेल आफ्नो फरवार्ड लाइनबाट ढुक्क देखिन्छन्। जुनसुकै बेला पनि कमब्याक गर्नसक्ने मानसिकतामा उनी ढुक्क देखिन्छन्। त्यसैले मिचेल भन्छन्, ‘म खेलको आक्रमणको बारेमा चिन्तित छैन। किनकी हामीसँग धेरै विकल्पहरु छन्। हामी कुनै पनि विपक्षीलाई समस्यामा ल्याउन सक्छौं।’

jirona-(2)-1704710644.jpgउनले भनेजस्तै साँच्चै गिरोनामा अहिले फरवार्ड लाइनको चिन्ता छैन। गिरोनाका जुनसुकै खेलाडीले जतिबेला पनि गोल गर्नसक्ने क्षमता देखाइसकेका छन्। नभन्दै उनैले भनेजस्तो ९० मिनेटपछि अतिरिक्त समयमा गोल गर्दै एथ्लेटिकोविरुद्ध ४–३ को नतिजा जिरोनाले निकालेको थियो। जिरोनाको अहिलेसम्मको यो सबै सफलतामा टिमवर्कले काम गरेको मिचेलको भनाइ छ।

जिरोनाले यो सिजन टिमका महत्त्वपूर्ण खेलाडीहरु ओरियोल रोमेउ, ट्याटी कास्टेलानोस, रोड्रिगो रिक्वेल्मेजस्ता खेलाडी गुमाएको थियो। तर गिरोनाका स्पोर्टिङ विभागका डाइरेक्टरले उनीहरुको अभाव खड्किन नदिने गरी पूर्ति गरिदिए।

यो जिरोनाका लागि निकै नै रोमान्चक समय हो। मिचेलसँग गिरोनाले सन् २०२६ सम्मको सम्झौता गर्नुको पछाडि पनि अहिलेको यो सफलता जोडिएको छ। मिचेलका प्रशिक्षकत्वमा धेरै सफलताका कथाहरु लेखाउने बाटोमा अहिले गिरोना छ।

यो प्रभावशाली फर्मलाई कायमै राख्न सके जिरोनाले फुटबलमा नयाँ कथा जन्माउने र ऐतिहासिक उपलब्धिहरु हात पार्न सक्ने फुटबल पण्डितहरुले लख काट्न थालेका छन्।

यस्तै एउटा सफलताको कथा सिजन २०१५/१६ मा लेस्टर सिटीले कोरेको थियो। क्लाउडिओ रानिरीको प्रशिक्षकत्वमा रहेको लेस्टरले त्यतिबेला प्रिमियर लिगको उपाधि जित्दै सनसनी मच्चाएको थियो।

यस्तै अर्को सफलता सिजन २०२०/२१ मा लिलेले दिएको थियो। लिग वानको चमत्कारीक प्रदर्शन गर्दै लिले च्याम्पियन बनेको थियो। नेयमार, एमबाप्पले सम्मिलित टिम पीएसजीलाई पराजित गर्दै एक दशकपछि उपाधी उचाल्दै लिले विश्वलाई चकित पारेको थियो।

यी सफलताका कथाहरु अहिले जिरोनाका प्रेरणका स्रोतहरु हुन्। अब प्रश्न उठ्छ के जिरोनाले इतिहास रच्न सक्छ र इतिहासमै पहिलो पटक ला–लिगा च्याम्पियन बन्न सक्छ? यो प्रश्नको जवाफ भने सिजनको बाँकी खेलमा भर पर्छ। यदी जिरोनाले यही लय कायमै राखे नयाँ इतिहास बनाउने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्