काठमाडौ - नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्बिनमा हुने टप एन्ड टी–२० प्रतियोगिताका लागि १५ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । कमजोर फर्मका कारण भुर्तेललाई सोमबार मात्र नेपाली राष्ट्रिय टोलीबाट हटाइएको थियो ।
अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छनोट भएका छन् ।
क्यानले जनाएअनुसार टप एन्ड टी–२० पछि नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध मैत्रीपूर्ण शृंखला खेल्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।