काठमाडौं– एसियन गेम्स खेल्न मलेसियामा रहेको नेपाली महिला टोलीले घरेलु टोलीलाई पराजित गरेको छ ।
बुधबार बिहान भएको खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले ३२ र रुबी पोद्दारले १५ रन प्रहार गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रन बनाएर अल आउट भएको छ ।
नेपालले यही २३ मेदेखि एसियन गेम्स खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।