• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १३, २०८२ Thu, Oct 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?

भारतको उत्तर प्रदेशमा देखिएको दाबी
64x64
नवीन अर्याल मंगलबार, माघ १०, २०७९  १६:४४
1140x725

काठमाडौं- नयाँ सभामुखको निर्वाचन हुँदै गर्दा गत साता नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गर्दै प्रश्न गरे- यो सभा हलमा अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेका व्यक्ति पनि उपस्थित छन्। उनलाई पक्राउ गर्न गृहमन्त्रीलाई कसले रोकेको छ?’

सांसद खतिवडाले कसैको नाम नलिई प्रश्न उठाएपछि गृहमन्त्री लामिछाने नाजवाफ देखिए। उनको इसारा सत्ता साझेदार दलको प्रमुख घटक नेकपा एमालेका सांसद लक्ष्मी महतो कोहरीतर्फ थियो।  

सांसद खतिवडाले सभा हलमा उठाएको प्रश्नले गृहमन्त्रीप्रति यति ठूलो नैतिक दबाब सिर्जना भयो, गृह मन्त्रालयले राति नै एउटा विज्ञप्ति सार्वजनिक गर्नुपर्‍यो। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिको सार थियो- कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई पत्र लेखिसकेको छ। गृहमन्त्री लामिछानले मौखिक र लिखित रुपमा पनि उनलाई पक्राउ गर्न निर्देशन दिएका छन्। गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा कोइरीलाई पक्राउ गर्न सर्कुलर जारी गरेको छ। 

कहाँ छन् त कोइरी? 
प्रतिनिधि सभाको पहिलो बैठक र प्रधानमन्त्रीले विश्वासको मत लिएको बैठकमा सहभागी भएका एमाले सांसद कोइरी त्यसपछि सभामुखको निर्वाचनको समयमा प्रतिनिधि सभामा पुगेका थिए। बैठकमा पुगेपछि नेपाली कांग्रेसले गम्भीर रुपमा प्रश्न उठाएपछि उनी त्यहाँबाट निस्केर हिँडेका थिए। तर प्रहरीले उनलाई हालसम्म फेला पार्न सकेको छैन।  

महोत्तरी- १ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै चुनाव जितेका कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई पनि जबरजस्ती निकालेर हत्या गरेको आरोप छ। उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको  छ। 

अहिले यो विषय सबैका लागि चासोको विषय बनेको छ। पुस ७ गते चुनाव जितेर आएका नयाँ सांसदहरूलाई सपथ गराउँदा कोइरी नयाँ बानेश्वस्थित संसद् भवनमा उपस्थित थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुस २६ गते विश्वासको मत दिँदा पनि उनी संसद भवनमै उपस्थित थिए।  

सभामुखको चुनावका लागि पनि उनी संसद भवन पुगेका थिए। तर नेपाली कांग्रेसका सांसद खतिवडाले प्रश्न उठाएपछि उनी एकाएक संसद् भवनबाट गायब भए।  सांसद खतिवडाले फरार सांसद र आफूले प्रधानमन्त्रीलाई सँगै विश्वासको मत दिएको भन्दै प्रश्न उठाएपछि गृहमन्त्री लामिछानले पनि संसदको रोष्ट्रममा उभिएर जवाफ दिएका थिए। लामिछानेले आफूले विधि र प्रक्रियाभित्र काम गर्ने र कसैको दबाब स्वीकार नगर्ने बताएका थिए। 

Ncell 2
Ncell 2

अहिले उनी कहाँ छन् भन्ने विषयमा गृह मन्त्रालय पनि अनभिज्ञ छ। गृहमन्त्रीले छिट्टै कानुनी दायरामा ल्याउने बताएका छन्। उच्च स्रोतका अनुसार संसद भवनबाट निस्केका कोहरीले नेपाल छोडिसकेका छन्।

नेपाल लाइभलाई प्राप्त उच्च स्रोतको सूचनाअनुसार कोहरी अहिले भारत, उत्तर प्रदेशमा घुमिरहेका छन्। उनी सोही दिन मधेस हुँदै भारत प्रवेश गरेका थिए। ‘उहाँ भारतको उत्तर प्रदेशमा देखिनुभएको छ,’ उच्च स्रोतले नेपाल लाइभलाई भन्यो, ‘नेपालले भारतीय सरकारसँग  समन्वय गर्‍यो भने पक्राउ पर्न सक्छन्।’ 

कोइरीमाथि नेपाल प्रहरीका सई थामन विश्वकर्माको हत्या गरेको आरोप छ। सात वर्षअघि मधेस प्रदेशमा आन्दोलन हुँदा महोत्तरीमा विश्वकर्माको हत्या भएको थियो।

घाइते भएर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सनबाट थुतेर विश्वकर्माको हत्या गरिएको भन्दै जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो। यसअघि धनुषा जिल्ला अदालतले १० लाख धरौटीमा उनलाई छोडेको थियो।

प्रतिनिधि सभाको पहिलो बैठकअघि नै नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका थिए। उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ। मनाङबाट निर्वाचित भएका गुरुङले सपथ पनि लिन पाएका छैनन्।  

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन अर्याल
नवीन अर्याल वरिष्ठ पत्रकार हुन्।
लेखकबाट थप
यस्ता थिए महाकवि
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद
आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?
सम्बन्धित सामग्री
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने  महाशाखाले जनाएको हाे। बिहीबार, कात्तिक १३, २०८२
नेपालमा  ‘मोन्था’ को असर कहाँ-कहाँ ? मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर साधरणतया बदली छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा... बिहीबार, कात्तिक १३, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा... बुधबार, कात्तिक १२, २०८२
ताजा समाचारसबै
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
लिग २ क्रिकेटमा नेपालले यूएईसँग खेल्दै बिहीबार, कात्तिक १३, २०८२
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च बिहीबार, कात्तिक १३, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बिहीबार, कात्तिक १३, २०८२
नेपालमा  ‘मोन्था’ को असर कहाँ-कहाँ ? बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, कात्तिक १२, २०८२
सरकार, दल र जेनजीहरुको त्रिपक्षीय बैठक : को-को हुँदैछन् सहभागी ? बुधबार, कात्तिक १२, २०८२
मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्