• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
पेलेसँग फुटबल खेलेका एक नेपालीको कहानी

पेलेले श्याम थापातर्फ देखाउँदै भने- २२ नम्बर ‘गुड’

64x64
नवीन अर्याल शुक्रबार, पुस १५, २०७९  १५:५५
1140x725

काठमाडौं- भारतीय राष्ट्रिय फुटबल टोली सन् १९७० मा मलेसियाको चर्चित प्रतियोगिता मर्डेका कप खेल्न त्यसतर्फ लाग्दा नेपाली मुलका भारतीय स्ट्राइकर श्याम थापा उत्कृष्ट फर्ममा थिए। त्यसैले राष्ट्रिय टोलीको घोषणा हुँदा कप्तान सैयद नइमुद्धिन, फरवार्ड मोहम्मद हबिब र सुभाष भौमिकसँगै थापाको छनोटलाई अनिवार्य मानिएको थियो। 

आखिर भयो पनि त्यस्तै, उनी भारतको राष्ट्रिय टोलीमा पहिलोपल्ट छानिए। भारत यसअघि मर्डेका कपको दुई वटा संस्करणमा फाइनल पुगिसकेको थियो। त्यसैले यतिबेला भाग लिन जानुपूर्व नै भारतीय टोलीलाई उपाधिको दाबेदार मानिएको थियो। तर दुर्भाग्य, त्यो प्रतियोगितामा भारत उपाधि त टाढाको कुरा, फाइनलसम्म पनि पुग्न सकेन। त्यही पनि हङकङलाई ३-२ गोलअन्तरले हराउने क्रममा तेस्रो भयो।  

यतिबेला श्याम थापा निकै दुःखी थिए। तर पनि उनी यस कुराबाट निकै प्रसन्न थिए कि, त्यही प्रतियोगिता खेल्न जाने क्रममा उनले निकै अगाडिदेखि सुन्दै आएको चर्चित नामसँग टेलिभिजनमार्फत साक्षात्कार हुने मौका पाए। 

त्यतिबेलासम्म उनलाई टेलिभिजन भन्ने चिज के हो, पत्तो पनि थिएन। तर भारतीय टोली बसेको होटलमा टेलिभिजनको पनि सुविधा रहेछ। मलेसिया पुगेको दोस्रो दिन भारतीय टोली अभ्यास सकेर जसो होटल फर्किंदै थियो। डाइनिङ टेबलमा इन्डोनेसियाका खेलाडीको भीड देखेर उनलाई कौतुहलता जागेछ, सबै एकैतर्फ ढाड फर्काएर किन बसेका होलान! यही हुलमा उनी छिरेका मात्र के थिए, अगाडिको दृश्य देखेर दंग परेछन्। अगाडि टेलिभिजनमा फुटबलको प्रत्यक्ष प्रसारण आइरहेको थियो, त्यो पनि ब्राजिलको। कोलकातामा हुँदा उनले ब्राजिलको नाम थुप्रै पल्ट सुनेका थिए। 

No description available.

त्यसमा पनि फुटबलकै महान हस्ती पेलेको किंवदन्ती सुन्दा-सुन्दा पेलेप्रति उनको आकर्षण यति हदसम्म पुगिसकेको थियो, पेलेलाई कुनै तिलस्मी व्यक्तिभन्दा कम सोच्दैनथे। कहिलेकाहीँ भारतीय पत्रपत्रिकामा फाट्टफुट्ट छापिने पेलेको फोटो र उनको खेलको वर्णन पढेपछि थापा पेलेको विषयमा घण्टौं साथीभाइसँग चर्चा गर्थे। अब टेलिभिजनमा पेलेको खेल हेर्न पाउनु वास्तवमै थापाका लागि सपना पूरा भए सरह थियो।   

‘पेलेको बल लैजाने तरिका, विपक्षी पोस्टमा प्रहार गर्ने शैली गज्जबै थियो। उनको खुट्टामा बल पर्‍यो कि, मेरो मुटु फुकेर आउँथ्यो’, थापा अहिले पनि त्यो घटना सम्झिँदा हौसिने गर्छन, ‘मर्डेका कपमा फाइनल पुग्न नसके पनि मलेसियामा पहिलो पल्ट टेलिभिजन देख्नु र पेलेको खेल हेर्न पाउनु अविस्मरणीय क्षण थियो।’ 

मर्डेका कप खेलेर फर्किएपछि थापा पुनः कोलकाताको मोहन बगान क्लबमा आवद्ध भए। उनको त्यतिबेलाको चर्चित जर्सी नै थियो, २२ नम्बर। मोहन बगानबाटै व्यावसायिक फुटबल खेलिरहेको बेला एक दिन एउटा खबरले उनलाई निकै उद्वेलित पार्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

खबर थियो- मोहन बगानले अमेरिकाको चर्चित कसमस क्लबसँग फुटबल खेल्ने। त्यतिबेला कसमस क्लबमा पेले लगायत थुप्रै अन्तर्राष्ट्रिय हस्ती आवद्ध थिए। अन्तर्राष्ट्रिय क्लब फुटबलबाट सन्यास लिएपछि अमेरिकामा फुटबल लोकप्रिय बनाउने उद्देश्यस्वरुप पेले सन् १९७२ देखि कसमस क्लबमा आवद्ध थिए। 

No description available.

पेले आबद्ध भएकै समय कसमस क्लबले आफ्नो लोकप्रियतालाई विश्वव्यापी बनाउने योजना बनायो। त्यही उद्देश्यका लागि उसले १९७७ देखि विश्व भ्रमण गर्ने निर्णय नै गर्‍यो। त्यही अभियानअन्तर्गत यो क्लब मोहन बगानसँग मैत्रीपूर्ण खेल खेल्न कोलकाता आउँदै थियो। त्यतिबेला यो खबरले भारतमा मात्र होइन, नेपाललगायत अन्य देशमा पनि आगो सल्किएझैं हलचल ल्यायो।  

श्याम थापालाई भने यो कुरा दुई महिनाअघि नै थाहा थियो। जुन दिन उनले कसमस क्लब कोलकाता आउने खबर पाए, त्यो दिन उनलाई राम्रोसँग निद्रै लागेनछ। ‘त्यो रात मेरो कल्पनामा पेलेको त्यही खेल घुम्न थाल्यो, जुन मैले ७ वर्षअघि मलेसियामा टेलिभिजनमा हेरेको थिएँ’, उनी भन्छन्। 

त्यतिबेला मोहन बगानलाई प्रशिक्षण दिन्थे, पिके बनर्जी। उनकै निरीक्षणमा क्लबले दुई महिनाअघि नै टोलीलाई विशेष अभ्यासमा बोलाइसकेको थियो। त्यतिबेला पेलेसँग खेल्न पाइने कल्पनाले नै दंग परिसकेका थिए, थापा। उनी अहिले पनि त्यो घटना सम्झिँदा रोमाञ्चित हुने गर्छन्। भन्छन्, ‘अभ्यास सकिने बित्तिकै हाम्रो चर्चा नै पेलेको खेललाई लिएर हुन्थ्यो। 

तर, रमाइलो कुरा, बाहिर भने ठूलै बहसको विषय बनिसकेको थियो, कसमसले मोहन बगानलाई कति गोल हान्ला? त्यतिबेला धेरैको अनुमान थियो, कम्तीमा १० गोल। त्यसै कारण पनि प्रशिक्षक बनर्जीले अभ्यास सत्रमा आफ्ना खेलाडीलाई ‘डिफेन्सिभ अट्याक’ शैलीमा खेलाउँथे। त्यतिबेला बनर्जीको सोच रहेछ, पेलेजस्ता धुरन्धर स्ट्राइकरलाई रोक्न ‘डिफेन्सिभ’ हुनु बाहेक अरु कुनै उपाय छैन। बनर्जीको अभ्यास सत्रमा पेलेलाई कसरी रोक्ने भन्ने रणनीतिमै बढी कुरा हुन्थ्यो। 

त्यतिबेला कसमस र मोहन बगानबीचको खेलको मिति तय भइसकेको थियो, २४ सेप्टेम्बर १९७७। कसमस मोहन बगानविरुद्धको खेल खेल्न दुई दिनअघि नै कोलकाता आइपुग्यो। त्यो घटनाको प्रत्यक्षदर्शी थापा सम्झन्छन्, ‘२२ सेप्टेम्बरको राति सवा ११ बजे कसमस टोली डमडम विमानस्थल उत्रिँदा पेलेलाई स्वागत गर्न पुरै कोलकाताबासी सडकमा ओर्लिएका थिए। विमानस्थलमा यति ठूलो भीड थियो, सुरक्षाकर्मीहरूलाई भीड तह लगाउन धौ-धौ परिरहेको थियो।’

भारत खेल्न आएको कसमस टोलीमा पेले मात्र होइन, अन्य थुप्रै स्टार खेलाडी पनि समावेश थिए। जसमा सन् १९७० को विश्व विजेता ब्राजिलियन टोलीका कप्तान अल्बेर्टो, इटालीका जिनार्जियो चिनागलिया, इङ्ल्यान्डका केइथ, इडी, चार्ली, आट्केन र माइक डिल्लन, पेरुका रामोन मिफिन, युगोस्लाभियाका वार्नरोथ र डिटोमिर डिमिर्टि जेभिच, टर्कीका इरोल यासिनको विशेष उपस्थिति थियो।

No description available.

रोचक कुरा, खेल हुने दिन जतिजति नजिकिँदै गयो, थापालाई खेलभन्दा पनि टिकटको समस्याले पिरोल्न थाल्यो। कसले दर्शकहरूलाई लगाइदिएछ, खेलाडीलाई भन्यो भने टिकट र पास सजिलै पाइन्छ। अब सबै जना उनको पछाडि! खेल हुने दिन दिउँसोसम्म उनी आफन्त रपरिचित समर्थकलाई टिकट जुटाउन हस्याँङफस्याँङ गर्दै थिए। 

‘नेपाल र दार्जिलिङबाट मात्र होइन, पढेर हुर्किएको देहरादुनबाट पनि टिकटको अनुरोध गर्दै मकहाँ आउने मान्छेको घुइँचो थियो। त्यतिबेला भारतमा मात्र होइन, नेपालका फुटबल समर्थक पनि टिकट किन्न पागलझैं दौडिरहेका थिए’, थापा भन्छन्, ‘अझ हल्ला त एउटा टिकटको बदला स्कुटर दिएकोसम्म भयो।’ 

त्यतिबेला भारतमा भर्खरै स्कुटर लञ्ज भएको थियो। टिकटकै तनावका बीच उनी इडेन गार्डेनमा उत्रिँदा त्यहाँको दृश्य देखेर सुरुमा पूरै हतोत्साही भए, जब ८० हजार दर्शकले एउटै स्वरमा ‘पेले-पेले’ भनेर कराए। ‘मेरो त दिमागै तरंगित भयो’, उनी भन्छन्, ‘अझ रंगशालामा खेलाडीहरूबीच परिचय कार्यक्रम सकेर हात मिलाउन आएका पेलेलाई छुन पाउँदा मलाई सपनाजस्तै लागिरेको थियो। हाम्रै टोलीका अन्य बंगाली खेलाडीले एक छिनसम्म पेलेको हात छोडेनन्।’ 

जब कसमसविरुद्ध खेल सञ्चालनका लागि रेफ्रीले बल सेन्टरमा राखे, स्ट्राइकर थापा अग्रपंक्तिमा उभिए। त्यतिबेला उनलाई देखेर पेले मुस्कुराइरहेका थिए। वास्तवमा त्यो खेल निकै रोचक रह्यो। सबैको अनुमानविपरीत मोहन बगानले पेलेविरुद्धको त्यो ऐतिहासिक खेललाई २-२ गोलको बराबरीमा रोक्यो। 

प्रशिक्षक बनर्जीको आदेशबमोजिम मोहन बगानका ३ डिफेन्डरले पेलेलाई बाँधेर राखे। उनलाई गोल गर्न नदिने रणनीति यो खेलमा सफल पनि सावित भयो। तर खेलको पहिलो गोल कसमसले नै गर्‍यो। त्यो गोल १७ मिनेटमा पेलेको पासमा ओभरल्यापिङमा निस्किएका ‘स्टपर’ अल्बेर्टोले गरे। 

तर, त्यसको एक मिनेटपछि नै मोहन बगान गोल फर्काउन सफल भयो। सबैभन्दा आनन्दको कुरा, त्यो गोल श्याम थापाले नै गरे। उनले अकबरले दिएको पासमा गोल गरेका थिए। त्यतिबेला वर्षाका कारण इडेन गार्डेनको मैदान चिप्लो थियो। त्यसैले थापा आफ्नो चिरपरिचित शैलीमा माछा चिप्लिएझैं बल बढाउँदै थिए, अल्बेर्टोले डिफेन्स-लाइनमा उनलाई ‘ट्याकल’ गर्ने प्रयास गरे। 

तर, मैदान चिसो भएका कारण अल्बेर्टोलाई सोचे जति सहज भएन। उनले अल्बेर्टोलाई ‘डच’ दिँदै डिबक्समा बल छिराए। यतिबेला गोलकिपर यासिन उनलाई रोक्न अगाडि के बढ्दै थिए, थापाले १५ यार्डबाटै कसमसको गोलपोस्टमा तिखो प्रहार गरे। बलले सिधै चाली चुम्यो। त्यसपछि के चाहियो! इडेन गार्डेन एकाएक ठूलो आवाजमा गुन्जियो। अब सबै घरेलु समर्थक मोहन बगानको पक्षमा। 

‘मलाई लाग्यो, मेरो फुटबल जीवन सफल भयो। पहिले दार्जिलिङ खेल्न जाँदा मेरो खेल हेर्न त्यहाँका केटाकेटीमात्र होइन, हजुरआमाको उमेरका बुढाबुढी मलाई छुन मैदानमा आउँथे,’ थापा भन्छन्, ‘यतिबेला मलाई युद्ध जितेझैं लागिरहेको थियो। मेरो गोलबाट हाम्रो टोलीमा जितको उत्साह बढ्यो।’

No description available.

२३ मिनेटमा हबिबको गोलमा मोहन बगानले पहिलो हाफमै कसमसलाई २-१ गोलले पछाडि छोड्यो। तर दोस्रो हाफको ७० मिनेटमा गोल फर्काउँदै कसमसले खेललाई २-२ गोलको बराबरीमा राख्न सफल भयो। यतिबेला सुधीर करमाकरको खराब ‘ट्याकल’ का कारण कसमसले पेनाल्टीको अवसर पाएको थियो, जसलाई कानिलियाले गोलमा परिणत गरे। 

खेल सकिएपछि पत्रकारहरूले पेलेलाई सोधेछन्, ‘तपाईंलाई मोहन बगानको कुन खेलाडी मन पर्‍यो।’ त्यतिबेला उनको उत्तर थियो, ‘२२ नम्बर‘गुड’।’ सायद पेलेले खेलको दौरान श्याम थापाको खेल उभिएर हेरेका थिए होलान्! त्यसैले उनले थापाको खेलको तारिफ गरे। भोलिपल्ट भारतको सबै अखबारमा थापाको नाम छापियो, त्यो पनि पेलेको प्रशंसासहित।

‘म पत्रिका पढेर दंग परेँ’, उनी भन्छन्। भोलिपल्ट दुवै टोलीका खेलाडीको सम्मानमा मोहन बगानले कोलकाताकै ग्रान्ड होटलमा पार्टीको आयोजना गर्‍यो। त्यतिबेला उनले पेलेसँग गफ चुट्ने मौका पाए। पेलेको सम्मानमा क्लबले नक्कली सुनको एउटा मुकुट पनि प्रदान गरेको थियो। त्यतिबेला भने पेलेले श्याम थापालाई सोधेछन्- के यो मुकुट सुनको हो?

विश्व फुटबलका यिनै महान खेलाडीको ८२ वर्षको उमेरमा आज निधन भएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन अर्याल
नवीन अर्याल वरिष्ठ पत्रकार हुन्।
लेखकबाट थप
यस्ता थिए महाकवि
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद
आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति आइतबार, असोज ४, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान आइतबार, असोज ४, २०८३
नेपाली कांग्रेस १५औँ महाधिवेशन: अछामका ९१ वटै वडामा अधिवेशन भव्यताका साथ सम्पन्न आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
भोटेकोशीमा बेपत्ताको मृत्यु प्रमाणपत्रदेखि यूएन महासभासम्म : रास्वपाका यस्ता छन् निर्णय आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्