काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्र्मा आफ्नो कुरा राखेर पार्टीको सचिवालयबाट बाहिरिएका छन्।
उनले माओवाद छाडेर अन्य पार्टीसँग एकता गर्न नहुने र एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मत राखेका छन्। आफ्ना कुरा राखेपछि उनी सचिवालय बैठकबाट बाहिरिएका हुन्।
उनि बाहिरिएपछि पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई अराजकको संज्ञा दिएका छन्।
सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताए। केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिर गरे।
उनले भने, ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँले आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो, त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन। उहाँले अराजक आरोप लगाउनुभयो।’
पार्टीको सचिवालय बैठक भने मुख्यालय पेरिसडाँडामा चलिरहेको छ। छलफलमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन्।
एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको प्रचण्डको ब्रिफिङ छ। उनका अनुसार संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएता पनि छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।