काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव नेपालमा कम हुँदै गएको बताएको छ।
यद्यपि पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।
कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतया देखि अधिकांश बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ। कोशीका थोरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशीको उच्च पहाडी तथा हिमाली भूभागका थोरै तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी र मधेश प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।