काठमाडौं– नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्।
बुधवार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनायो।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन्। गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए।
परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छाका कारण राजीनामा दिएको रानाभाटले निकटस्थलाई बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।