काठमाडौं– आईसीसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिकालाई नेपालले २७२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७१ रनको स्कोर बनाएको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको पारी खेले । ६७ बलको सामना गर्दै उनले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाउनबाट एक रनले चुके, उनले
३१ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनको महत्त्वपूर्ण पारी खेले ।
यस्तै कुशल भुर्तेलले ४७ रन बनाउँदा भीम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए । बलिङमा अमेरिकाका हरमित सिंहले सर्वाधिक तीन विकेट लिए भने सौरभ नेत्रभालकर र नोस्तुज केन्जीले २/२, जसदीप सिंह र सुभम रनजनीले १/१ विकेट लिए ।
लिग २ अन्तर्गत नेपाल र अमेरिका दुवैको यो तेस्रो खेल हो । नेपालले लगातार दुई खेल हारेको छ भने अमेरिकाले अघिल्ला दुवै खेल जितेको छ । यूएई, नेपाल र अमेरिका सम्मिलित सिरिजको आयोजक यूएई हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।