• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईसीसीले १० वर्षअघि निजीलाई दिन रोकेको राष्ट्रिय लिगको जिम्मा भारतीय कम्पनीलाई, संसद्‍मा पनि उठ्यो प्रश्न

64x64
दीप सुवेदी आइतबार, असार १२, २०७९  १९:२५
1140x725

काठमाडौं-‘क्यानको आफ्नै फ्रेन्चाइजी प्रतियोगिता एनपीएल यस्तो प्रतियोगिता बन्न सक्छ, जसले नेपाली क्रिकेटको मुहार बदलिदिन्छ। घरभित्र क्रिकेटको माहोल परिवर्तन गर्छ। आर्थिक रूपमा पनि नेपाली क्रिकेटलाई समृद्ध बनाउन पनि ठूलो भूमिका खेल्न सक्छ,’ गत जेठ पहिलो साता खेलकुदमन्त्री महेशजंग गहतराज यस्तै भन्दै थिए। 

नेपाल क्रिकेट संघ (क्यान)को मात्रै होइन दुनियाँमा सबै क्रिकेट संघको आफ्नै फ्रेन्चाइजी लिग हुन्छ।छिमेकी राष्ट्र भारतको पनि उसको आफ्नै फेन्चाइजी लिग छ इन्डियन प्रिमियर लिग (आईपीएल), जसलाई बाेर्ड अफ क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई) आफैंले सञ्चालन गर्दै आएको छ। आईपीएलको लाेकप्रियता भारतमा मात्रै होइन, संसारभर छ। यस प्रतियोगिताले भारतीयलाई मात्रै नभएर विदेशी खेलाडीलाई पनि आकर्षित गरेको छ। 

भारतीय क्रिकेटमा पारेको प्रभावजस्तै नेपाल टी२० लिगले पनि नेपाली क्रिकेटमा ठूलो परिवर्तन ल्याउने अपेक्षा खेलकुदमन्त्री गहतराजको छ। तर, यो प्रतियोगिता परिकल्पना गरिएको दिनबाटै विवादमा परेको छ। क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई सबै अधिकार आठ वर्षका लागि बेच्ने सम्झौता गरेको छ। 

अहिले यो विवाद सर्वोच्च अदालत त पुगेको छ नै संघीय संसद्मा समेत कुरा उठेकाे छ। आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौताको विषय उठाएका छन्। क्यानले गरेको सम्झौतामा भारतीय कानुन मान्न बुँदा राखिनु दुःखद भएको उनले बताएका छन्। 

‘क्यानले एउटा भारतीय प्राइभेट कम्पनीलाई सम्पूर्ण खेल क्षेत्रको अधिकार दिएको छ। त्यो पनि सार्वजनिक खरिद ऐन मिचेर बिनाप्रतिस्पर्धा। यो खेदजन्य र गम्भीर आपत्तिको विषय छ। त्यतिमात्र छैन, त्यसमा भारतको कानुन लाग्नेछ। प्रस्ट रूपमा सम्झौताको २१ नम्बर बुँदामा त्यो कुरा उल्लेख गरिएको छ,’ उनले भने।

नेपाल टी२० लिगको घोषणासभामा सेभेन थ्री स्पोर्ट्सलाई एउटा लिगको मात्र अधिकार बेचेको जनाए पनि क्यानले गर्ने सम्पूर्ण क्रिकेट प्रतियोगिताको अधिकार उसैलाई दिएको सम्झौतामा उल्लेख छ। उसले लिगको फेन्टासीदेखि लिग सञ्चालन पनि गर्नेछ। सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौताका केही मुख्य बुँदाहरूले क्यानलाई नै असर गर्ने बास्काेटले बताए।

क्यान गरेको सम्झौता अनुसार कुनै विवाद उत्पन्न भएमा १५ दिनभित्र दुई पक्षहरू नमिले भारतीय कानुन अनुसार नयाँ दिल्लीमा मुद्दाको छिनोफानो हुने उल्लेख छ। ‘हाम्रा सम्पूर्ण आन्तरिक खेलहरूलाई बन्धक बनाउने र विदेशको एउटा कम्पनीलाई सम्पूर्ण कानुनी अधिकार र पोपर्टी राइट दिने कुरा अत्यन्तै घातक छ,’ बास्कोटा भन्छन्।

अख्तरले गरेको परिकल्पना, आङबुहाङले दिएको स्वीकृति
२०६८ पुसमा भएको क्यानको पहिलो निर्वाचनबाट अध्यक्षको जिम्मेवारी टंक आङबुहाङले सम्हालेदेखि नै नेपाल प्रिमियर लिग (एनपीएल)को चर्चा सुरू भएको हाे। त्यसबेला नेपाली निजी कम्पनी जोरा स्पोर्टस म्यानेजमेन्टले एनपीएल आयोजनाको प्रस्ताव गरेको थियो। कम्पनीका प्रबन्ध निर्देशक थिए आमिर अख्तर। अख्तर उनै हुन्, जसले नेपालमा पहिलो फ्रेन्चाइजी लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) सञ्चालन गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले नै ईपीएल ल्याउनुअघि एनपीएलको प्रस्ताव तत्कालीन अध्यक्ष आङ्बुहाङसमक्ष लगेका थिए। आङ्बुहाङ उनको प्रस्तावमा सहमत थिए। कार्यसमितिमा विरोध हुँदाहुँदै पनि उनले अख्तरलाई एनपीएलको आयोजना अनुमति दिए। 

तर, त्यसबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निजी कम्पनीलाई एनपीएल आयोजनाको जिम्मेवारी दिने निर्णय मानेन। आईसीसीले इमेलमार्फत् क्यानलाई चेतावनी दिँदै भनेको थियो, ‘नेपाल प्रिमियर लिग नामको प्रतियोगिता क्यानबाहेक अरू कसैले आयोजना गर्न मिल्दैन।’

आईसीसीले नै प्रश्न गरेपछि कार्यसमितिका अन्य पदाधिकारीले पनि विरोध गरे। तर, तत्कालीन अध्यक्ष आङबुहाङले जोहरा स्पोर्ट्स म्यानेजमेन्टलाई प्रतियोगिता आयोजना गर्न दिए। टी–२०, ५० ओभर र दुईदिवसीयमा एनपीएल आयोजनाको प्रस्ताव गरेको जोहरा स्पोर्ट्सले सबै प्रतियोगिता आयोजना गर्न भने पाएन। 

त्यसबेला जोहरा स्पोर्ट्सले तय गरेको प्रतियोगिताको संरचनामा सहरका टोलीहरूले प्रतिनिधित्व गर्ने खालका थिएनन्। व्यापारिक घरानाको नामबाट टोली तयार पारिएको थियो। सोही संरचनालाई परिवर्तन गरेर जोरा स्पोर्ट्स र अख्तरले ईपीएलको आयोजना गर्दै आइरहेका छन्। 

Xtrem

Xtrem

आन्तरिक विवादका कारण क्यान नेतृत्वविहीन बन्दा एनपीएल आयोजनाको प्रसंग सेलाएको थियो। तर, क्यान अध्यक्षमा चतुरबहादुर चन्द पुन: आएपछि एनपीएलको चर्चा फेरि सुरू भयो। क्यानले भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडलाई आठ वर्षका लागि ३३ करोड रूपैयाँमा नेपाल टी२० लिग आयोजनाको अधिकार सुम्पिएको छ।

'बेटिङ' पृष्ठभूमी बोकेको कम्पनी
क्यानले नेपाल टी२० लिग आयोजनाको अधिकार दिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स बेटिङ पृष्ठभूमी बोकेको कम्पनी हो।

चन्द नेतृत्वको संघले सबैभन्दा पहिले २०७७ मंसिरमा नेपाल टी२० लिग आयोजना गर्ने जिम्मा १० वर्षका लागि यो कम्पनीलाई दिने प्रस्ताव गरेको थियो। त्यतिबेलाको प्रस्तावित सम्झौताअनुसार सेभेन थ्री स्पोर्टसले विभिन्न किस्तामा क्यानलाई करिब ४२ करोड रूपैयाँ दिने भनिएको थियो।

तर, बिनाप्रतिस्पर्धा र बिनाजानकारी एक्कासी क्रिकेटमा खासै इतिहास नबोकेको कम्पनीलाई ठूलो रकमको महत्त्वपूर्ण जिम्मेवारी दिएपछि सम्झौता विवादित बन्न पुग्यो। क्यानभित्र र बाहिर पनि यसको विरोध भयो। विवादका कारण २०७७ मंसिरमा क्यानको साधारणसभामा उक्त सम्झौता अनुमोदन हुन सकेन।

त्यसपछि क्यानले स्वीकृतिको लागि उक्त विषय राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पठाएको थियो। रमेशकुमार सिलवाल सदस्यसचिव रहेको तत्कालीन राखेपले पनि शंकास्पद विषय भन्दै क्यानलाई स्वीकृति दिएन।

सरकारले पनि सम्झौता कार्यान्वयनका लागि अनुमति नदिएको र सेभेन थ्री स्पोर्ट्सले पनि अनुमति पाउनुपूर्व गर्नुपर्ने कामहरू नगरेको भन्दै क्यानको २०७८ असोजमा बसेको बोर्ड बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्न निर्णय गरेको थियो। तर, धनगढीको साधारणसभाले रद्ध भइसकेको उक्त सम्झौता फेरि ब्युँतायो। यसपटक सम्झौता अवधि १० बाट घटाएर आठ वर्ष बनाइएकाे छ। सम्झौता रकम पनि ४२ करोडबाट घटाएर करिब ३३ करोड बनाइएको छ।

सो निर्णयको विरोध गर्दै क्यानका पाँच सदस्यहरूले नोट अफ डिसेन्ट नै लेखेका छन्। मुख्य कुरा त, सेमेभ थ्री स्पोर्ट्सले आफ्नो आधिकारिक वेबसाइटमा आईपीएल, फिफा विश्वकप, फ्रेन्च ओपन र बंगलादेश प्रिमियर लिगको प्रसारण अधिकारको क्षेत्रमा काम गरेको दाबी गरेको छ। 

सपना आलुवालिया र जटिन आलुवालिया निर्देशक रहेको सो कम्पनी भारतमा दर्ता छ। क्यानले जनाएअनुसार सेभेन थ्री स्पोर्ट्सले टोली निर्माण, प्रायोजक खोज्ने, टेलिभिजन प्रसारण अधिकार, विदेशी खेलाडी अनुबन्ध गर्ने जस्ता सबै खाले अधिकार दिइएको छ। यसबापत् उक्त कम्पनीले क्यानलाई हरेक वर्ष ३ करोड ९० लाख रूपैयाँ प्रदान गर्नेछ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्