काठमाडौं - कर्णाली याक्सविरूद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा समूहबाट अगाडि बढ्न नसके पनि दुवै टोली आजको भिडन्तमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछन्।
प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूरा भइसकेको छ। सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन्।
मंगलबार हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन्।
उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु र लुम्बिनीबिच हुने ‘एलिमिनेटर’ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।