• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १९, २०८३ Tue, Aug 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रशिक्षक अलमुताइरीबाट नेपाली फुटबलले के लाभ लिन सक्छ?

64x64
दीप सुवेदी बुधबार, साउन २७, २०७८  ०८:१७
1140x725

अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सेप्टेम्बर २०२२ सम्मको सम्झौता गरेर आएका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरी पछिल्लो समय विवादमा फसे। उनले कडा स्वभाव र स्पष्ट वक्ताको छवि बनाएका थिए। तर, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगको विवादले उनीमाथि प्रश्न तेर्सिए।

अलमुताइरीले सामाजिक सन्जालमार्फत मुख्य प्रशिक्षकबाट राजीनामा घोषणा गर्दै यसको कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङ रहेको बताएका थिए। तर, उनले राजीनामा भने दिएनन्। अलमुताइरीको आरोपको नेम्वाङले सशक्त प्रतिवाद गरे। यो विवादमा निर्णय गर्न नसकेपछि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई समस्या समाधानका लागि जिम्मा दियो।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ एन्फाको यो निर्णयबाट खुसी छैनन्। व्यक्तिगत रुपमा आफूले घटना बिर्सनसक्ने भए पनि संस्थागत रुपमा सही निर्णय हुनुपर्ने नेम्वाङको अडान छ। तर, एन्फा बैठकमा अध्यक्ष कर्माछिरिङ शेर्पाले मुख्य प्रशिक्षक अलमुताइरीलाई कारबाही गर्दा अन्तराष्ट्रिय सम्बन्ध बिग्रिने र नेपाली फुटबललाई अप्ठ्यारो पर्ने बताएका थिए।

शेर्पाले यसो भन्नुको पछाडि केही महत्वपूर्ण कारण छन्। प्रशिक्षक अलमुताइरी कतारी राजपरिवारसँग नजिकको सम्बन्ध भएका कुवेती नागरिक हुन्। कतारी राजपरिवारको पहलमा नै उनी नेपाल आएको बताइन्छ। कतारले उनलाई नेपाल पठाउनुको कारण खुलिनसके पनि त्यहाँ विश्वकप फुटबल आयोजनाको लागि भौतिक पूर्वधार निर्माणमा नेपाली कामदारको योगदानलाई कदर गर्दै एन्फालाई सहयोग गरेको बताइएको छ। कतारमा लामो समयदेखि अन्य कामका लागि पनि नेपालीहरु जाने गरेका छन्।

विश्व फुटबल महासंघ (फिफा)को पछिल्लो नीतिअनुसार पनि एन्फाले उनलाई प्रशिक्षक नियुक्त गरेको हो। फिफाले कुनै पनि देशको प्रशिक्षक बन्न प्रो–लाइसेन्सलाई अनिवार्य गरेको छ। नेपालमा प्रो–लाइसेन्स भएको प्रशिक्षक कोही छैन। त्यस्ता प्रशिक्षक भित्र्याउन एन्फालाई समस्या भएकै कारण कतारले सहयोग गरेको हो। यद्यपि, अलमुताइरीसँग कुनै पनि देशको सिनियर टोलीलाई प्रशिक्षण दिएको अनुभव थिएन। तर, उनीबाट नेपालले भने फाइदा लिन सक्ने एन्फा पदाधिकारीहरु बताउँछन्।

कमजोर आर्थिक अवस्था र एन्फाको आशा
नेपाली फुटबलको आर्थिक अवस्था निकै कमजोर छ। त्यही कारण मैदान मर्मतदेखि सामान्य लिग आयोजना गर्न र विदेशी प्रतियोगिता खेल्न पनि एन्फाले फिफा वा एसियाली फुटबल महासंघ (एएफसी)को अनुदानमा भर पर्नुपर्छ। यसको पछिल्लो उदाहरण हो, कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेल।

उक्त प्रतियोगिताका लागि फिफाले २३ खेलाडीसहित ३६ सदस्यीय टोलीलाई कतार एयरवेजको चार्टर उडानमार्फत् दोहा हुँदै इराक पुयाएको थियो। फर्किँदा पनि फिफाले नै हवाई खर्च बेहोरिदिएको थियो।

यो पनि पढ्नुहोस्

एन्फाभित्रको राजनीतिमा खेल्न खोज्दा यसरी फसे प्रशिक्षक अलमुताइरी

नेपालमा हुने प्रायः खेलहरु अन्तर्राष्ट्रियस्तरको एक मात्र दशरथ रंगशालामा हुने गर्छन्। पोखरामा भएको मैदानलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छैन। नेपालले अन्तर्राष्ट्रियस्तरको अर्को रंगशाला बनाउने क्षमता पनि राख्दैन। चीनले २०१४ सालमा बनाइदिएको दशरथ रंगशाला २०७२ सालको भूकम्पले जीर्ण बनाएको थियो। रंगशालाको मर्मत पनि चीनकै सहयोगमा भएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यही कारण फुटबल विकासका लागि कतारले नेपाललाई गर्ने सहयोग महत्त्वपूर्ण छ। कतारी परियोजनाअन्तर्गत आएका प्रशिक्षक अलमुताइरीले फुटबल विकासको लागि नेपाललाई आर्थिक सहयोग गर्न फिफा र एएएफसीलाई अपिल पनि गरेको उनी निकट स्रोतले जनाएको छ।

उनले नेपाली फुटबल व्यावसायिक नभएकै कारण गुणस्तरीय फुटबल खेलाडी उत्पादन गर्न नसकेको बताउने गरेका छन्। ‘खेलाडीको भविष्य तथा खेलको विकास गर्न सहयोग मागेका छौं। पछिल्लोपटक व्यावसायिक बन्ने क्रममा रहेको नेपाली फुटबलमाथि लगानी गर्न फिफा र एएएफसी पनि सकरात्मक देखिएको छ,’ प्रशिक्षक निकट स्रोतले भन्यो।

उनका अनुसार मैत्रीपूर्ण खेल, खेलाडीको सुविधाजनक होस्टेल बसाइ, अभ्यास सामग्रीसहित विषयमा खर्च गर्न फिफा र एएएफसी नेपाललाई ६ मिलियन डलर अर्थात् लगभग ६० करोड नेपाली रुपैयाँ दिन सकारात्मक छन्। यसका अलवा कतारी सरकारले पनि एन्फालाई सहयोग गर्दै आएको छ। प्रशिक्षक अलमुताइरीलाई कतारी फुटबल संघले नै पारिश्रमिक बेहाेर्ने गरी पठाएको हो। खाने–बस्ने व्यवस्था भने एन्फाले गरिरहेको छ।

अलमुताइरीको तलब कति हो भन्ने स्पष्ट छैन। नेपालले खेलेका पछिल्ला चार अन्तराष्ट्रिय खेलमा प्रशिक्षक रहेका उनले निकै तारिफ पाएका छन्।

कतारसँगको सम्बन्ध
कतारी फुटबल संघको सहयोगमा नेपाली राष्ट्रिय टिमका केही खेलाडीको उपचार कतारको अस्पतालमा भइरहेको छ। राष्ट्रिय टिमका विक्रम लामा र विमल घर्ती मगरको उपचार कतारको अप्सटर हस्पिटलमा भएको थियो। विक्रम उपचारपछि नेपाल फर्किसकेका छन् भने विमल कतारमै छन्। यस्तै, नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी घुँडाको उपचारको लागि सोही अस्पतालमा छिन्। उनको उपचार खर्चको केही हिस्सा एन्फाले बेहोरिरहेको छ भने केही कतार सरकारले बेहोरिरहेको छ।

प्रशिक्षक अलमुताइरी नेपाल छाड्नेबित्तिकै यो सुविधा कटौती हुनसक्ने बताइन्छ। ‘कतारले फुटबल विकासको लागि निसर्त प्रशिक्षक पठाएको हो। तर, विवादकै कारण प्रशिक्षकले नेपाल छाडे यो सुविधा स्वतः कतौटी हुन्छ। यसका साथै नेपालप्रति कतारले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन्छ,’ एन्फा स्रोतले भन्यो।

उक्त स्रोतका अनुसार प्रशिक्षक अलमुताइरीको किचलो कतार फुटबल संघसम्म पुगिसकेको छ। संघले कतारी सरकारलाई जानकारी गराउने नै भयो। विवाद तत्काल अन्त्य नगरे भविष्यमा कतारले नेपाली फुटबल मात्र होइन, त्यहाँका श्रमिकहरुमाथि हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्ने उनले दाबी गरे।

मैत्रिपूर्ण खेलमा जोडबल
अलमुताइरीको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कप छनौटका तीन गरी कुल चार खेल खेलेको छ। जसमा एक जित हासिल भएको थियो। विश्वकप छनोटमा चाइनिज ताइपेईलाई २–० ले हराउँदा अस्ट्रेलिया र जोर्डनसँग भने नेपाल समान ३–० ले पराजित भएको थियो।

सन् २०११ मा अम्मानमा भएको खेलमा जोर्डनले नेपाललाई ९–० ले हराएको थियो। बलियो जोर्डनलाई नेपालले ३–० मा रोक्नु नै ठूलो उपलब्धी हो। यस्तै, विश्वकप र एसिया कप छनौटको पहिलो लेगमा नेपाल अष्ट्रेलियासँग उसैको घरेलु मैदानमा ५–० गोल अन्तरले हारेको थियो। पछिल्लो खेलमा बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३–० मा रोक्नु पनि नेपालको सफलता नै हो। त्यसैले अलमुताइरीको प्रशंसा भएको हो।

यो पनि पढ्नुहोस्

तत्काल प्रशिक्षण नगराउन अलमुताइरीलाई दिइएको निर्देशन उल्लंघन, दिए नेपाल छाड्ने चेतावनी

नेपाली खेलाडीलाई पर्याप्त प्रशिक्षण नदिइनु, पर्याप्त घरेलु प्रतियोगिता नहुनु, तालमेल नमिल्नु र खेलाडी छनोटमा राजनीतिकरण हुनु नै उत्कृष्ट नतिजा हात नपर्नुको कारण हुन्। तर, अहिले प्रशिक्षक अलमुताइरी खेलाडी छनोटमा हाबी छन्। आफूले छनोट गरेको टोलीमाथि एन्फाले हस्तक्षेप गरे स्वीकार्य नहुने उनले बताउँदै आएका छन्।

अलमुताइरीले केही सिनियर खेलाडीलाई आराम दिएर युवा खेलाडीलाई मौका दिइरहेका छन्। मैदानमा ४–३–३ को फर्मेसनमा खेलाडी उतारिरहेका छन्। उनले प्रशिक्षण थालेपछि नेपाली खेलाडीको गति र तालमेलमा निकै सुधार भएको स्पष्ट देख्न सकिन्छ। त्यही कारण उनको प्रशंसा भएको हो।

खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउन अलमुताइरीले पर्याप्त पहल गरिरहेका छन्। त्यसको पछिल्लो उदाहरण इराकसँगको मैत्रीपूर्ण खेल हो। गत जेठमा इराकको बसरास्थित अल फयहा अन्तरराष्ट्रिय मैदानमा भएको खेलमा नेपाल घरेलु टिमसँग ६–२ गोल अन्तरले पराजित भएको थियो। नेपालले जित हात नपारे पनि खेलाडीले आफूभन्दा बलियो टोलीसँग खेलेर अनुभव हासिल गर्न पाएका छन्। प्रशिक्षक अलमुताइरी यसलाई निरन्तरता दिन चाहन्छन्। साफको तयारीमा रहेको राष्ट्रिय टिमले उनकै योजनाअनुसार भारतसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। उनले बंगलादेश, सिंगापुरलगायत देशका राष्ट्रिय टिमसँग पनि मैत्रीपूर्ण खेल खेल्न एन्फालाई पहल गराएका थिए।

नेपालले सार्क राष्ट्रभन्दा थाइल्याण्ड, इराक, कतार, सिंगापुर, भियतनामलगायत बलिया राष्ट्रहरुसँग खेल खेल्न जरुरी छ। यसको लागि प्रशिक्षक अलमुताइरीमार्फत नै सार्थक पहल हुन सक्छ। ‘नेपाली खेलाडीले विगतमा थाइल्याण्ड र सिंगापुरसँग खेलिसकेका छन्। उनीहरुको खेल्ने शैली र सीपबाट हामी लाभ लिन सक्छौं’, एन्फा सम्बद्ध स्रोतले भन्यो, ‘विश्वकपमा भाग लिइसकेको कतार जस्तो बलियो टोलीसँग नेपालले खेल्ने आँट राख्नुपर्छ। कतारको ‘बी’ टीमसँग नै खेल्न पाए पनि नेपालको लागि ठूलो कुरा हो।’

फिफामा एन्फाको छवि नकारात्मक
नेपाली फुटबलमा हुने भ्रष्टाचार र राजनीतिका कारण फिफा र एएफसीमा राम्रो प्रभाव छैन। लामो समयसम्म एन्फामा एकछत्र राज गरेका गणेश थापालाई फिफाले आर्थिक जरिवानासहित १० वर्ष राष्ट्रिय र अन्तरराष्ट्रिय फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको छ। २०५१ सालदेखि एन्फा अध्यक्ष बनेका थापाको कार्यकालमा अनेक विवाद र आर्थिक अनियमितता भएको फिफाको ठहर छ।

नेपालमा फुटबलको संस्थागत विकास गर्न आएको अन्तर्राष्ट्रिय अनुदानको रकम थापाले व्यक्तिगत खातामा लुकाउने, शंकास्पद खर्च गर्ने, फर्जी कम्पनी खडा गरेर भुक्तानी गर्नेलगायतका काम गरेको फिफाले जनाएको छ। यसकारण नेपाली फुटबलबारे फिफाको बुझाइ राम्रो छैन। फिफाले नेपाललाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको एन्फा पदाधिकारी बताउँछन्। प्रशिक्षकमाथि कारबाही भए वा उनले राजीनामा दिए एन्फाको छवि थप बिग्रिने एन्फाका केही पदाधिकारीको बुझाइ छ।

यता, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र प्रशिक्षकको विवादमा सरकार घुसे त्यसले फिफा र एन्फामा राम्रो सन्देश दिँदैन। बरु फिफा र एएफसीको विधानअनुसार स्वतन्त्र समितिले छानबिन गर्दा उचित हुन्छ। तर, एन्फाले नै विवाद युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा दिएको छ। यसरी तेस्रो पक्षको हस्तक्षेप भए फिफाले फुटबल संघ निलम्बन गर्नसक्छ। यस्तै कारण गत चैतमा फिफाले पाकिस्तान फुटबल संघ (पीएफएफ) लाई निलम्बन गरेको थियो। नेपाल अब त्यही बाटोमा हिँड्न थालेको छ। यसबाट नपाली फुटबललाई एन्फा पदाधिकारी र प्रशिक्षकले नै बचाउनुपर्नेछ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली... सोमबार, साउन ४, २०८३
लगातार दोस्रोपटक गोल्डन बुट जिते एमबाप्पेले २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहा... सोमबार, साउन ४, २०८३
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकेलिएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरी दोस्रोपटक विश्वकप उपाधि जितेको थियो ।... सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभाको बैठक आज बस्दै मंगलबार, साउन १९, २०८३
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु मंगलबार, साउन १९, २०८३
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग सोमबार, साउन १८, २०८३
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न माग सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्