• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?

64x64
नेपाल लाइभ सोमबार, मंसिर १५, २०८२  ०५:३०
1140x725

काठमाडौं– जाडोमा छालाको आद्र्रता (मोइस्चर)मा कमी हुने गर्छ। त्यसैले प्रायः मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ। जाडोमा छाला सुख्खा हुनुमा शरीरको तापक्रम र वातावरणको तापक्रमसँग अन्तर सम्बन्धित हुन्छ। शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम भएमा शरीर उक्त तापक्रमसँग समायोजित हुन खोज्छ। शरीर भित्र रहेको तापलाई बाहिर फाल्न थाल्छ। त्यसले तापसँगै शरीरमा पानीको मात्रा घट्न थाल्छ र छाला सुख्खा हुन्छ। 

छालामा आएको सुख्खापनका कारण छाला चिलाउने, रातो डाबर आउने, पोल्ने जस्ता समस्या देखिन्छन्। जसलाई डर्माटाइटिस भनिन्छ। 

कुनै डर्माटाइटिस हुने कारण छालाको सुख्खापन मात्रै होइन। छालामा हुने एक प्रकारको रोग सोराएसिसले पनि हुन्छ। सोराएसिस जिनको खराबीको कारणले देखिने रोग हो। यो एक प्रकारको अटोइम्युन डिजिज पनि हो। मोटो मानिसमा तुलनात्मक रुपमा यो समस्या बढी देखिने गर्छ।

जाडोमा सोराएसिसको समस्या बढ्ने गरेको पाइन्छ। पछिल्लो समय यस समस्याका लागि विभिन्न प्रकारका बायोलोजिकल इन्जेक्सनहरुको समेत प्रयोग हुने गरेको छ। यो जिनको खराबीका कारण हुने समस्या भएकोले खानपिनमा विशेष ध्यान दिनु आवश्यक छ। 

छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला देखिने समस्या हो। सुगर, थाइरोइड सम्बन्धी समस्या भएकाहरुमा यस्तो समस्या बढी देखिन्छ। जाडोमा धेरैलाई चाया–पोतोको समस्या देखिने गर्छ। जाडोमा छाला सुख्खा भएका कारणले चाया–पोतो आउने गर्छ।


जाडोमा छालाको स्याहार कसरी गर्ने?

– जाडोमा मौसममा अत्यधिक तातोपानीले नुहाउने बानी धेरैको हुन्छ। यसरी धेरै नै तातोपानीले नुहाउँदा छाला एकदमै सुख्खा हुने गर्छ। 
– जाडोको समयमा बाक्लो खालको मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ। यस्ता मोस्चराइजरले शरीरमा पानीको मात्रालाई नियन्त्रणमा राखिरहन्छ। 
–नुहाइसकेपछि तुरुन्तै मोस्चराइजर क्रिम वा तेल लगाउनुपर्छ, जसले छालालाई सुख्खा हुनबाट केही मात्रामा बचाउँछ। 
– बढी जाडो भयो भन्दैमा हिटरको नजिक धेरै समय बस्नु हुँदैन। कोठालाई न्यानो बनाउनका लागि भेन्टिलेसन भएको कोठाको कुनै कुनामा हिटर बाल्न सकिन्छ। 
– जाडो छ भन्दैमा सन्सक्रिमको प्रयोग गर्न छोड्नु हुँदैन। 

जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ?

Ncell 2
Ncell 2

जाडोमा केही मानिसमा हात–गोडा सुन्निने, एलर्जी हुने चाया–पोतो आउने जस्ता समस्या देखा पर्छन्। त्यसमध्ये चिलब्लेन्स वा पोर्नियो भन्ने समस्याले पनि जाडो महिनामा दुःख दिने गर्छ। यसमा हात–गोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने जस्ता समस्या आउँछन्।

कसरी जोगाउने?

चिसोबाट जोगिनु नै पहिलो उपाय हो। चिसोमा बाहिर निस्किनु परेमा गोडामा मोजा तथा हातमा पन्जा लगाउनुपर्छ। चिसोबाट आएपछि एक्कासि आगोमा हात–गोडा सेक्नु हुँदैन। यस्तो अवस्थामा रक्त सञ्चार बढाउन लागि हात–गोडालाई मालिस गर्नु राम्रो मानिन्छ। मनतातो पानीमा हात–गोडालाई डुबाउने तथा लोसन तथा तेलको प्रयोग गरी मालिस गर्नुपर्ने हुन्छ। 

चिसोमा किन बढी ओठ फुट्छ?

जाडो मौसममा छाला सुख्खा हुने कारणले ओठ फुट्ने गर्छ। बाहिरको मौसम बढी चिसो हुने भएकोले छालामा रहेका ग्रन्थीहरुले तेलको मात्रा कम निकाल्छ। जसले ओठ तथा कुर्कच्चा सुख्खा भएर फुट्छ।  

जोगिन के गर्ने?

– मह, घिउ, नरिवलको तेलको प्रयोग गर्ने।
– नियमित रुपमा पर्याप्त मात्रामा पानी पिउने। 
– शरीरमा हावा छिर्ने भागमा चिल्लो पदार्थ दलेर नरम पार्ने। 
– बाहिर निस्कनु अगाडि सधैं लिपबामको प्रयोग गर्ने। 
– जाडोको समयमा क्रिम भएका सन्सक्रिमको प्रयोग राम्रो मानिन्छ। 

कस्तो खानेकुरा खाने?

– हरियो तरकारी तथा प्रोटिनयुक्त खानेकुराको प्रयोग गर्ने।
– सन्तुलित मात्रामा दूधजन्य पदार्थको सेवन गर्ने। 
– प्रशस्त मात्रामा पानी पिउने। 
– रातो मासु तथा अल्कोहलको सेवन बढी नगर्ने।
– ट्रान्स फ्याक्ट भएका खानेकुरा सेवन नगर्ने। 
– बढी कार्बोहाइड्रेडको अधिक प्रयोग पनि छालाका लागि घातक हुन्छ। 

(डा ढकाल वरिष्ठ छाला रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई... बिहीबार, माघ ८, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्