• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ६, २०८३ Sun, Nov 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

फाइनल हारपछि रोहित पौडेलको प्रतिक्रिया : ‘हामीले प्रतियोगिताभर च्याम्पियनजस्तै खेल्यौँ, आज हाम्रो दिन थिएन’

64x64
नेपाल लाइभ आइतबार, मंसिर ६, २०८३  ०८:३८
1140x725

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मेहनतको प्रतिफल भएको बताएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधि जितेपछि प्रतिक्रिया दिँदै मुन्सेले पछिल्ला केही वर्षदेखि लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि यसपटकको सफलता विशेष रहेको बताए ।

‘म अन्तिम समयमा टोलीमा जोडिएको हुँ । त्यसैले यो उपाधिको वास्तविक हकदार सबै खेलाडी र प्रशिक्षक हुनुहुन्छ । उहाँहरू पछिल्ला केही वर्षदेखि निरन्तर मेहनत गरिरहनुभएको थियो। फाइनलमा पुग्ने तर उपाधि जित्न नसक्ने अवस्था थियो । त्यसैले यसपटक जित हासिल गर्न पाउँदा निकै खुसी छु,’ उनले भने ।

मुन्सेले नेपाली समर्थकबाट पाएको मायाको पनि खुलेर प्रशंसा गरे। खेलका क्रममा आफूले १५–१६ रन बनाउँदा नै दर्शकले आफ्नो नाम लिएर हुटिङ गरेको अनुभव निकै विशेष रहेको उनले सुनाए । खचाखच भरिएको त्रिवि मैदानको वातावरणमा खेल्न पाउनु आफ्नो लागि अविस्मरणीय अनुभव भएको उनको भनाइ थियो ।

उनले फाइनलमा सुदूरपश्चिमले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको पनि बताए । ‘म यहाँ आएदेखि टोलीको प्रदर्शनका हिसाबले यो पहिलो खेल थियो, जहाँ हामीले कुनै गल्ती गरेनौँ । फिल्डिङ शानदार थियो, बलिङ अद्भुत थियो र ब्याटिङमा पनि लक्ष्य पूरा ग¥यौँ । यो साँच्चै उत्कृष्ट सामूहिक प्रदर्शन थियो,’ उनले भने ।

एनपीएलमा सहभागी हुने अवसरबारे मुन्सेले आफू क्यारेबियनबाट घर फर्किएका बेला टोलीबाट फोन आएको बताए । नेपाली समर्थक र नेपाली खेलाडीसँग खेल्न पाउनु सधैँ विशेष अवसर भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमका खेलाडीहरूको मेहनत, आत्मीयता र जित्ने चाहनाले आफू प्रभावित भएको बताए ।

उनका अनुसार फ्रेन्चाइज क्रिकेटमा उपाधि जितेपछि ड्रेसिङ रुममा देखिने गर्व र खुसीको माहोल निकै विशेष हुन्छ। खेलाडीको मुख्य उद्देश्य नै जित र उत्कृष्ट प्रदर्शन भएकाले धेरैभन्दा धेरै ट्रफी जित्न चाहने उनले बताए ।

सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीले समग्र प्रतियोगितामा च्याम्पियनको स्तरको प्रदर्शन गरेको बताएका छन् । रोहितले लिग चरण र क्वालिफायर वानमा टोलीले गरेको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे ।

Ncell 2
Ncell 2
nimb
nimb

‘जुन हिसाबले हामीले लिग स्टेज र क्वालिफायर वान खेल्यौँ, मलाई लाग्छ हामीले च्याम्पियनजस्तै खेल्यौँ। आजको दिन हाम्रो थिएन। समग्र प्रतियोगिता हाम्रो लागि निकै राम्रो रह्यो,’ उनले भने ।

रोहितले फाइनलमा सुदूरपश्चिमका ब्याटर विशेषगरी मुन्सीले उत्कृष्ट ब्याटिङ गरेको भन्दै उनको प्रशंसा गरे। लुम्बिनीले बनाएको स्कोर सम्मानजनक भए पनि विपक्षी ब्याटरले राम्रो प्रदर्शन गर्दा नतिजा आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो ।

बलिङतर्फ आफ्ना खेलाडीले शतप्रतिशत प्रयास गरेको उल्लेख गर्दै उनले बलरहरूको प्रदर्शनलाई कमजोर भन्न नमिल्ने बताए । सबै बलरले आफ्नो योजना कार्यान्वयन गर्ने प्रयास गरे पनि त्यो दिन टोलीका लागि केही कुरा अनुकूल नभएको उनले स्वीकार गरे ।

फिल्डिङमा भएको क्याच ड्रपलाई पनि उनले खेलको एउटा अवसरका रूपमा व्याख्या गरे। ‘जानीजानी क्याच छोडेको होइन। खेलमा कहिलेकाहीँ अवसर छुट्छन्, कहिलेकाहीँ समातिन्छन् । त्यसलाई ठूलो मुद्दा बनाउन चाहन्नँ । आज हाम्रो दिन थिएन,’ रोहितले भने ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले दोस्रो इनिङमा शीत (ड्यु) परेपछि बलिङ गर्न कठिन भएको पनि बताए। पहिलो इनिङमा पिचले बलरलाई केही सहयोग गरे पनि दोस्रो इनिङमा विकेट ब्याटिङका लागि सहज भएको उनको विश्लेषण थियो। शीतका कारण बल राम्रोसँग स्किड भएर ब्याटमा आउँदा फास्ट बलर र स्पिनर दुवैलाई विकेटबाट पर्याप्त सहयोग नमिलेको उनले बताए ।

लुम्बिनीको ब्याटिङका क्रममा भएको रनआउटप्रति पनि रोहितले दुःख व्यक्त गरे। उक्त रनआउटका कारण टोलीको रनगति केही समय सुस्त भएको भन्दै उनले त्यसो नभएको भए स्कोर १६५ देखि १७० सम्म पुग्न सक्ने सम्भावना रहेको बताए ।

विदेशी खेलाडीको योगदानबारे बोल्दै रोहितले डिक्वेला, डार्सी र ट्रम्पलम्यानलगायत खेलाडीबाट प्राप्त अनुभव र सुझाव टोलीका लागि निकै महत्त्वपूर्ण रहेको बताए। उनीहरूको उपस्थितिले लुम्बिनीको प्रदर्शनमा फरक पारेको उनको भनाइ थियो।


त्यस्तै, नेपाली खेलाडीहरूको प्रदर्शनप्रति पनि उनले खुसी व्यक्त गरे। विशेषगरी रिजन र लोकेशको प्रदर्शनको प्रशंसा गर्दै कमलसहित अन्य नेपाली खेलाडीले पनि राम्रो योगदान दिएको उनले बताए। एनपीएलमा स्थानीय खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटको विकासका लागि सकारात्मक भएको रोहितको धारणा थियो।

उनले सिजन १ देखि नै लुम्बिनीलाई निरन्तर साथ र माया दिँदै आएका समर्थकलाई धन्यवाद दिए। फाइनलमा हार बेहोर्नुपरे पनि समर्थकलाई निराश नहुन आग्रह गर्दै उनले आगामी सिजन अझ बलियो भएर फर्किने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फाइनल हारपछि रोहित पौडेलको प्रतिक्रिया : ‘हामीले प्रतियोगिताभर च्याम्पियनजस्तै खेल्यौँ, आज हाम्रो दिन थिएन’
कांग्रेसले विगतमा अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला
कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
सम्बन्धित सामग्री
फाइनल हारपछि रोहित पौडेलको प्रतिक्रिया : ‘हामीले प्रतियोगिताभर च्याम्पियनजस्तै खेल्यौँ, आज हाम्रो दिन थिएन’ नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो व्यक्तिगत उपलब्ध... आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार यो अवार्डसँगै ओमोडा जेकबका तर्फबाट कारसमेत ढकालले पाएका छन् । उनले यस सिजनमा १७ विकेट हात पारेका थिए । शनिबार, मंसिर ५, २०८३
दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो जर्ज मुन्जी र विनोद भण्डारीको आक्रामक र जिम्मेवारी पूर्ण ब्याटिङमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्समाथि १० विकेटको जित निकाल्दै... शनिबार, मंसिर ५, २०८३
ताजा समाचारसबै
फाइनल हारपछि रोहित पौडेलको प्रतिक्रिया : ‘हामीले प्रतियोगिताभर च्याम्पियनजस्तै खेल्यौँ, आज हाम्रो दिन थिएन’ आइतबार, मंसिर ६, २०८३
कांग्रेसले विगतमा अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला आइतबार, मंसिर ६, २०८३
कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने आइतबार, मंसिर ६, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त शनिबार, मंसिर ५, २०८३
विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्