• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान

64x64
नेपाल लाइभ शनिबार, असोज २४, २०८३  ०८:४५
1140x725

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। भिडियोमा एक महिलाले हातमा रातो प्याज लिएर आफ्नी छोरीमा देखिएका लक्षणबारे बताउँदै यस्तो उपाय सुझाएकी छन्।

‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’

काँचो प्याजले रोग निको पार्ने दाबी गरिएको यो कुनै एक्लो भिडियो होइन। सामाजिक सञ्जालमा यस्ता दाबी बारम्बार देखिन्छन्।

कतिपयले बिरामी बालबालिकाका अभिभावकलाई समेत यस्तो उपाय अपनाउन सुझाव दिने गरेका छन्। खुट्टाको तलुवामा काँचो प्याज राख्दा ‘उच्च ज्वरो निको हुने’, ‘कीटाणु तथा ब्याक्टेरिया मर्ने’, ‘शरीरमा जम्मा भएका विषाक्त पदार्थ बाहिर निस्कने’ र ‘रगत सफा हुने’ जस्ता दाबी गरिन्छ।

तर खुट्टामा प्याज राख्दैमा यस्तो हुन्छ?

प्याज एलियम परिवारमा पर्ने पौष्टिक तरकारी हो। यसमा भिटामिन सी, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ। प्याजमा क्वेरसेटिन नामक तत्व पनि हुन्छ, जसमा सूजन कम गर्ने गुणबारे अध्ययन भएका छन्।

प्याजमा पाइने यी पोषक तत्वले मुटु तथा पाचन प्रणालीको स्वास्थ्यमा फाइदा पुर्‍याउन सक्छन्। रक्तचिनी नियन्त्रणमा पनि यसको केही भूमिका हुन सक्छ।

तर प्याज खानुबाट प्राप्त हुने यी पोषणजन्य फाइदा र प्याजले शरीरबाट विषाक्त पदार्थ निकाल्छ वा संक्रमण निको पार्छ भन्ने दाबी बिल्कुल फरक कुरा हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकाकी महामारी तथा संक्रामक रोग विशेषज्ञ डा. केटी सुलेटा पनि प्याज खानुका पोषणजन्य फाइदालाई रोग निको पार्ने दाबीसँग जोड्न नहुने बताउँछिन्।

अमेरिकाको प्याज उद्योगको प्रतिनिधित्व गर्ने नेसनल अनियन एसोसिएसनका अनुसार प्याजसँग जोडिएका यस्ता विश्वास करिब १५०० को दशकदेखि चलिआएका हुन्।

त्यतिबेला मानिसहरू कोठामा ठाउँ–ठाउँमा प्याज राख्दा ब्युबोनिक प्लेगबाट बच्न सकिने विश्वास गर्थे। सुन्निएका लिम्फ ग्रन्थीमा समेत प्याज दल्ने चलन थियो। प्याजले शरीरमा जम्मा भएका विषाक्त पदार्थ तानेर बाहिर निकाल्छ भन्ने उनीहरूको विश्वास थियो।

प्याजले शरीरबाट विषाक्त पदार्थ किन निकाल्न सक्दैन?

Xtrem

Xtrem

प्याज पौष्टिक खाद्य पदार्थ हो, तर यसलाई खाँदैमा कुनै रोग निको हुँदैन। अझ खुट्टाको तलुवामा प्याज राखेर शरीरबाट विषाक्त पदार्थ निकाल्न सकिन्छ भन्ने दाबीको कुनै वैज्ञानिक आधार छैन।

हाम्रो छाला शरीरलाई बाह्य कीटाणुबाट जोगाउने पहिलो तह हो। केही विषाक्त पदार्थ छालाको माध्यमबाट शरीरभित्र प्रवेश गर्न सक्छन्। तर त्यही बाटोबाट शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् भन्ने हुँदैन। पसिनामार्फत पनि शरीरका विषाक्त पदार्थ उल्लेख्य रूपमा बाहिर निस्कँदैनन्।

डा. सुलेटाका अनुसार प्याजले छालाको माध्यमबाट शरीरभित्रका विषाक्त पदार्थ बाहिर निकाल्न सक्ने हो भने ‘भौतिकशास्त्रका नियम नै तोड्नुपर्ने हुन्छ।’

उनका अनुसार प्याजमा त्यस्तो कुनै ‘जादुई गुण’ हुँदैन, जसले छालामार्फत शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न सकोस्। यो खुट्टाको तलुवाबाट होस् वा शरीरको अन्य कुनै भागको छालाबाट।

कतिपय भिडियोमा रातभर मोजाभित्र राखेपछि प्याजको रङ परिवर्तन भएको देखाइन्छ। त्यसलाई प्याजले शरीरका विषाक्त पदार्थ सोसेको प्रमाणका रूपमा प्रस्तुत गरिन्छ।

तर यसको कारण अर्कै हुन्छ। हावाको सम्पर्कमा आउँदा प्याजमा अक्सिडेसन हुन्छ। त्यस्तै, छालामा रहेका सूक्ष्मजीवसँगको सम्पर्कले पनि प्याजको रङ परिवर्तन हुन सक्छ।

‘डिटक्स’ को दाबीमा सावधानी

डाइट तथा शरीरलाई ‘डिटक्स’ गर्ने उत्पादनको प्रचारमा ‘टक्सिन’ शब्द निकै प्रयोग हुन्छ। तर त्यस्ता दाबीमा शरीरमा जम्मा हुने भनिएका विषाक्त पदार्थ के हुन् भन्ने स्पष्ट पारिएको हुँदैन।

चिकित्सकीय भाषामा भने ‘टक्सिन’ को निश्चित अर्थ हुन्छ। यस्ता विषाक्त पदार्थ ब्याक्टेरियाजस्ता जीवित जीवले उत्पादन गर्न सक्छन्। हानिकारक रसायन तथा अत्यधिक मात्रामा सेवन गरिएका केही औषधि पनि शरीरका लागि विषाक्त हुन सक्छन्।

तर शरीरमा प्रवेश गरेका यस्ता पदार्थ हटाउने आफ्नै प्राकृतिक प्रणाली शरीरसँग हुन्छ।

कलेजोले रगतमा रहेका विभिन्न हानिकारक तथा अनावश्यक पदार्थको प्रशोधन गर्छ। मिर्गौलाले शरीरमा आवश्यकभन्दा बढी पानी र फोहोर पदार्थ पिसाबका माध्यमबाट बाहिर निकाल्छ।

कलेजो र मिर्गौलालाई स्वस्थ राख्न कुनै विशेष घरेलु ‘डिटक्स’ उपाय आवश्यक पर्दैन। सन्तुलित खाना खाने, स्वस्थ तौल कायम राख्ने र पर्याप्त पानी पिउनेजस्ता सामान्य स्वास्थ्य व्यवहारले यी अंगलाई स्वस्थ राख्न सहयोग गर्छ।

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले पनि घरमै शरीरलाई ‘डिटक्स’ गर्ने प्रयास नगर्न सुझाव दिन्छ।

कुनै हानिकारक पदार्थ निलेको, सासमार्फत शरीरभित्र पुगेको वा औषधिको अत्यधिक मात्रा सेवन गरेको शंका भए घरेलु उपाय अपनाउनुको सट्टा तत्काल चिकित्सकीय सल्लाह लिनुपर्छ।

रुघाखोकीमा प्याजले कति सहयोग गर्छ?

एनएचएसका अनुसार रुघाखोकी सामान्यतया भाइरसका कारण हुन्छ र आफैं निको हुन्छ। यसबाट छिटो निको हुन पर्याप्त आराम गर्ने, प्रशस्त पानी पिउने र पौष्टिक खाना खाने सल्लाह दिइन्छ।

प्याजको सुप पिउँदा शरीरमा पानी र पोषण पुग्न सक्छ। यसले घाँटी दुखाइमा केही राहत पनि दिन सक्छ।

तर रोग निको पार्नु र रोगका लक्षणमा केही राहत दिनु फरक कुरा हुन्।

डा. सुलेटाका अनुसार सामान्य रुघाखोकी प्रायः आफैं निको हुन्छ। उपचार नगरे पनि करिब एक सातामा निको हुने र प्याजको सुपले रुघाखोकी छिटो निको पार्ने प्रमाण नरहेको उनी बताउँछिन्।

प्याज पकाउँदा त्यसमा रहेको केही भिटामिन सी नष्ट हुन सक्छ। तर केही मात्रा पानीमा मिसिन्छ। त्यसैले सुपका रूपमा खाँदा केही भिटामिन सी शरीरमा पुग्न सक्छ।

काँचो प्याजमा भने भिटामिन सी तुलनात्मक रूपमा बढी सुरक्षित रहन्छ। लामो समयसम्म उमाल्दा भिटामिन सीको मात्रा घट्न सक्छ।

रुघाखोकीसँगै उच्च ज्वरो वा अन्य लक्षण केही दिनभन्दा बढी समयसम्म रह्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। बालबालिकामा भने त्यसभन्दा अगावै चिकित्सकीय सल्लाह लिनुपर्ने हुन सक्छ।

सामाजिक सञ्जालको दाबीभन्दा उपचारमा ध्यान दिनुहोस्

शरीरमा देखिने हरेक सूजनलाई ‘हटाउनुपर्ने’ समस्या मान्नु पनि गलत हो।

संक्रमण वा चोट लाग्दा शरीरको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ। सूजन पनि यही प्रतिरक्षा प्रतिक्रियाको एउटा हिस्सा हो। यसले शरीरलाई संक्रमणसँग लड्न र क्षतिग्रस्त तन्तुको मर्मत सुरु गर्न सहयोग गर्छ।

सूजन शरीरको कुन भागमा छ र त्यसको कारण के हो भन्ने पहिचान गरेपछि मात्र उपचारको आवश्यकता र विधि तय गर्नुपर्छ।

सूजनसँगै दुखाइ र प्रभावित भाग तातो हुनु सामान्य संकेत हुन सक्छ। तर यस्ता लक्षण लामो समयसम्म रहिरहेमा वा कारण नखुलेका अन्य लक्षण देखिएमा प्याजजस्ता घरेलु उपायमा भर पर्नुको सट्टा चिकित्सकीय सहायता लिनुपर्छ।

डा. सुलेटा यस्ता अप्रमाणित दाबीका कारण मानिसले सही उपचार लिन ढिला गर्न सक्ने जोखिम रहेको बताउँछिन्।

सामाजिक सञ्जालमा स्वास्थ्यसम्बन्धी दाबीलाई विश्वसनीय देखाउन मेडिकल वा वैज्ञानिक शब्द प्रयोग गरिने भए पनि त्यसको पछाडि पर्याप्त वैज्ञानिक प्रमाण नहुन सक्छ।

त्यसैले कसैले प्याज, कुनै सप्लिमेन्ट वा अन्य उत्पादनले शरीरबाट विषाक्त पदार्थ निकाल्ने वा शरीरलाई ‘डिटक्स’ गर्ने दाबी गर्छ भने केही आधारभूत प्रश्न सोध्नुपर्ने विशेषज्ञको सुझाव छ।

‘कुन विषाक्त पदार्थ? यो विधिले कसरी काम गर्छ?’

यदि दाबी गर्ने व्यक्तिले आफ्नो भनाइ कसरी काम गर्छ भन्ने स्पष्ट रूपमा व्याख्या गर्न सक्दैन भने त्यसलाई खतरा संकेत (रेड फ्ल्याग) का रूपमा लिनुपर्छ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्