• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एन्फाभित्रको राजनीतिमा खेल्न खोज्दा यसरी फसे प्रशिक्षक अलमुताइरी

64x64
दीप सुवेदी बिहीबार, साउन १४, २०७८  ०९:५३
1140x725

गएको आइतबार सामाजिक सञ्जाल मात्र तातेन, अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालय पनि तनावपूर्ण भयो। चैत २०७७ मा नियुक्त भएका नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सन्जालमार्फत अचानक राजीनामाको घोषणा गरेका थिए। सँगसँगै उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आफ्नो राजीनामाको कारण भएको भन्दै दोषारोपणसमेत गरेका थिए।

गत शुक्रबार मात्रै एन्फाको टेक्निकल कमिटीको संयोजक पदबाट कृष्ण थापाले पनि राजीनामा दिएका थिए। उनले विधि र विधान विपरीत काम भएकाले राजीनामा दिएको बताएका थिए। एन्फा उपाध्यक्षसमेत रहेका थापाले आफूलाई जानकारी नदिइ र सल्लाह नगरी राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकको करार थप्ने, एकेडेमीका लगि यु–१३ खेलाडीको अन्तिम नाम सिफारिस गर्ने,  ‘बी’ लाइसेन्स कोर्ष आयोजना गर्ने, राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षकहरू नियुक्त गर्ने काम हुँदै आएकोले पदमा बस्न नैतिकताले नमिल्ने बताएका थिए।

यस्तै, ५ साउनमा एन्फाका होस्टल, खेल मैदान व्यवस्थापनसहित एन्फा परिसरमा फ्लड लाइट र सोभिनियर सप निर्माण गर्न दिइएको जिम्मेवारीबाट सहायक महासचिव अरुणमान जोशी, सह–कोषाध्यक्ष राजेन्द्र न्यौपाने र केन्द्रीय सदस्य दिनेश व्यञ्जकारले पनि सामूहिक राजीनामा दिएका थिए। तर, उनीहरुले भने राजीनामा फिर्ता लिइसकेका छन्। तीनै जनाले गत २५ मंसिरमा केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट व्यवस्थापनको जिम्मा पाएका थिए।

एन्फा पदाधिकारीबीच लामो समयदेखि चल्दै आएको ‘शीतयुद्ध’ नै राजीनामाको कारण थिए। तर, प्रमुख प्रशिक्षक पनि अचालक ‘एन्फाको राजनीति’मा सहभागी भएपछि धेरैले आश्चर्य माने। ‘मैले एन्फाका वरिष्ठ उपाध्यक्ष (पंकजविक्रम नेम्वाङ) का कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्,’ उनले फेसबुकमा वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई मेन्सन गर्दै लेखेका थिए, ‘म एन्फा (मुख्य प्रशिक्षक) बाट राजीनामा दिन जाँदैछु। तपाईं अब खुसी हुनुभयो भन्ने मलाई आशा छ।’

आसन्न एएफसी एसियन कप र साफ च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गर्ने लक्ष्यका साथ प्रशिक्षकको रुपमा नेपाल आएका कुवेतका नागरिक अलमुताइरीले राजीनामा भने दिएनन्। उनले राजीनामा नदिनुको कारण भने खुलाएका छैनन्।

यद्यपि, नेम्वाङले फेसबुक म्यासेन्जरमा प्रशिक्षकसँग गरेको कुराकानी सार्वजनिक गरेर आफूले कुनै ‘नाटक’ नगरेको बताइरहँदा उनी चुपचाप छन्।

सहानुभूति बटुल्न सामाजिक सञ्जालको प्रयोग!
पछिल्लो समय कतारी फुटबल संघले नेपाललाई आफ्नो प्राथमिकतामा राखेको छ। प्रशिक्षक अलमुताइरीलाई पनि कतारी फुटबल संघले नै पारिश्रमिक व्यहोर्ने गरी पठाएको हो। खाने–बस्ने व्यवस्था भने एन्फाले गरिरहेको छ।

कतारी फुटबल संघको सहयोगमा नेपाली राष्ट्रिय टिमका केही खेलाडीको उपचार पनि उतैको अस्पतालमा भइरहेको छ। राष्ट्रिय टिमका विक्रम लामा र विमल घर्ती मगरको उपचार कतारको अप्सटर हस्पिटलमा भएको थियो। विक्रम उपचारपछि नेपाल फर्किसकेका छन् भने विमल कतारमै छन्। यस्तै, नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी घुँडाको उपचारको लागि सोही हस्पिटलमा छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक रुपमा सबल भइनसकेको एन्फा यी सहयोग गुमाउन चाहँदैन। तर, यही कमजोरीको फाइदा उठाउन खोज्दै प्रशिक्षक अलमुताइरी एन्फा राजनीतिमा घुस्न खोज्दा पछिल्लो घटना भएको हो। केही समय अगाडिदेखि प्रशिक्षक अलमुताइरी एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र केही पदाधिकारीसँग विभिन्न जिल्लाको घुमघाममा थिए। उनले केही पदाधिकारीविरुद्ध मिडियामा अन्तरवार्ता पनि दिएका थिए।

पछिलो समय खेलाडीलाई अनुशासनमा कडाइ गरेको एन्फाले प्रशिक्षकलाई भने अनुशासनमा राख्न सकेन। त्यहीकारण पदाधिकारी र प्रशिक्षकको विवाद बाहिर छताछुल्ल भयो। एन्फाले खेलाडीलाई अनुमतिबिना मिडियामा बोल्न र सामाजिक सन्जालमा मनलाग्दी लेख्न रोक्ने नियमावली र आचारसंहिता बनाएको छ। तर, प्रशिक्षकले पछिल्लो समय फेसबुक र इन्स्ट्राग्राममा नेपाली फुटबल र एन्फाको आन्तरिक राजनीतिका विषय लाइभमै बोल्दै आएका छन्।

पछिलो समय खेलाडीलाई अनुशासनमा कडाइ गरेको एन्फाले प्रशिक्षकलाई भने अनुशासनमा राख्न सकेन। त्यहीकारण पदाधिकारी र प्रशिक्षकको विवाद बाहिर छताछुल्ल भयो।

यसकारण राजीनामा घोषणा गरेर वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई आफ्ना समर्थकमाझ ‘निरीह’ पार्न खोजेको स्पष्ट देखिन्छ। उनले आफ्नो राजीनामा बुझाउनुअघि अध्यक्ष, संस्थाको प्रशासन र टेक्निकल टिमसँग छलफल गर्न सक्थे। तर, पत्रकार सम्मेलनसमेत नगरी सिधै समर्थकहरुलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरे। एन्फालाई भने इमेलसमेत पठाएनन्।

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबीचको असमझदारी आपसमा बसेर टुंग्याउनुपर्नेमा सामाजिक सञ्जालमार्फत बाहिर ल्याउनु उचित नभएको एन्फाका पूर्वअध्यक्ष गणेश थापा बताउँछन्। ‘प्रशिक्षकलाई वरिष्ठ उपाध्यक्षसँग समस्या भएको भए महासचिव र एन्फा अध्यक्षलाई जानकारी गर्नुपर्दथ्यो। वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा राजीनामा दिन आवश्यक थिएन।  राजीनामा समस्याको समाधान होइन,’ उनी भन्छन्।

एन्फा अध्यक्षको छलफल आफू अनुकूलका व्यक्तिसँग
प्रशिक्षक अलमुतारीले राजीनामा दिने घोषणा गरेसँगैं एन्फा अध्यक्ष शेर्पाले घटना बुझ्न आफू अनकुल मान्छे मात्रै बोलाए। महासचिव इन्द्रमान तुलाधरका अनुसार वरिष्ठ उपाध्यक्ष नेम्वाङ र एन्फाका महत्वपूर्ण व्यक्तिलाई शेर्पाले बोलाएनन्। उनले प्रशिक्षक अलमुताइरी, टेक्निकल टिम र एन्फा प्रवक्ता किरण राईलाई राखेर घटनाबारे छलफल गरेका थिए।

‘उहाँ (एन्फा अध्यक्ष)ले भित्र लगेर प्रशिक्षक र केही टेक्निकल टिमका सदस्यहरुसँग कुरा गर्नुभयो, तर हामीलाई राख्न आवश्यक ठान्नु भएन। म पनि यहीँ (एन्फा भवन)मा थिएँ। प्रशिक्षक मलाई नभेटी जानुभयो,’ महासचिव तुलाधरले भने।

एन्फा प्रवक्ता राईले घटनाबारे अध्ययन भइरहेको बताए। ‘वरिष्ठ उपाध्यक्षले पनि आफ्नो धारणा दिइसक्नुभएको छ। हामी यो विषयमा अध्ययनमा छौँ, केही समयपछि पत्ता लगाउँछौं,’ प्रवक्ता राईले भने, ‘कन्फ्युजनको कारणले हुन सक्छ।  एन्फाभित्रको राजनीतिका कारण राजीनामा घोषणा गर्नुभएको हुन सक्दैन।’

यता, वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने सोही दिन आफूविरुद्ध ‘राजनीतिक जालझेल भएको’ भन्दै छानबिन गर्न माग गरेका छन्। तर, घटना भएको चार दिन बित्दा पनि आफ्नो माग सम्बोधन नभएको उनी बताउँछन्। ‘यति जटिल आरोप ममाथि लागेको छ। यो सल्ट्याउनुपर्ने स्थितिमा मेरो कुरा नै नसुनी उहाँ (एन्फा अध्यक्ष) पोखरा जानुभयो। मैले गल्ती गरेको भए के हो भनेर मसँग सोध्नुपर्थ्यो । आफू अनुकूल व्यक्तिहरुसँग मात्र विमर्ष गर्दा राम्रो सन्देश दिँदैन,’ उनले भने।

अध्यक्ष शेर्पा ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबको युथ एकेडेमी सञ्चालनका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग सम्झौता गर्न पोखरा गएका थिए। उनी मनाङका उपाध्यक्षसमेत हुन्।

एन्फा पूर्वअध्यक्ष थापा यस्तो गम्भीर समस्याको समाधान नगरी अध्यक्ष शेर्पा पोखरा जानु गैरजिम्मेवारी भएको बताउँछन्। ‘अब घटना बाहिर आइसकेपछि सत्यतथ्यबारे सम्पूर्ण खेलप्रेमीहरुले थाहा पाउनुपर्छ। यस्तो अवस्थामा खेलप्रेमीहरुले एकआपसमा गालीगलौज गर्नुभन्दा समस्याको समाधानतर्फ जानुपर्छ,’ उनी भन्छन्।

विगतदेखि भत्किएको सम्बन्ध
एन्फा अहिले सत्तारुढ दल नेपाली कांग्रेसको कब्जामा छ। पदाधिकारीदेखि सदस्यसम्म अधिकांश कांग्रेस निकट व्यक्ति छन्। कांग्रेसभित्रको गुटगत राजनीतिको असर एन्फामा परेको छ। अध्यक्ष शेर्पा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन्। उपाध्यक्ष उपेन्द्रमान सिंह शेर्पा निकट छन्।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ र उपाध्यक्ष वीरबहादुर खड्का प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्। नेम्वाङ देउवा निकट सिन्धुपाल्चोकका नेता तथा पूर्वसूचना तथा खेलकुदमन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको कांग्रेसको खेलकुद विभागका सदस्य हुन्। यस्तै, खड्का बस्नेतको गृह जिल्ला सिन्धुपाल्चोकका स्थानीय बासिन्दा हुन्। एन्फामा नेम्वाङ, खड्का र अर्का उपाध्यक्ष कृष्णबहादुर थापा शेर्पाको विरुद्धमा छन्।

अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्षबीच योभन्दा अगाडि भने सम्बन्ध निकै दरिलो थियो। गणेश थापा एन्फाको नेतृत्वमा रहँदा ‘चेन्ज एन्फा’को नारा लिएर शेर्पाले अभियान चलाउँदा नेम्वाङ उनको दाहिने हात थिए।

अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्षबीच योभन्दा अगाडि भने सम्बन्ध निकै दरिलो थियो। गणेश थापा एन्फाको नेतृत्वमा रहँदा ‘चेन्ज एन्फा’को नारा लिएर शेर्पाले अभियान चलाउँदा नेम्वाङ उनको दाहिने हात थिए। उनीहरु एकगठ भएर १२ वैशाख २०७५ मा भएको एन्फाको १६औं साधारणसभाबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित भए। नेम्वाङ ३१ वैशाख २०७६ मा एन्फाको वरिष्ठ उपाध्यक्ष चुनिए।

नयाँ कार्यसमिति आएपछि भने यी दुई परस्पर विरोधी बनेर उभिए। अध्यक्षले एकलौटी गरेको र ऐन लत्याएको लगायतका मुद्दा नेम्वाङले उठाउन थाले। उनले विभिन्न निर्णयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराउँदै आएका छन्।

‘एन्फा डे’ प्रकरणमा  ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा कारबाहीमा परेका थिए। तर, नेम्वाङले उक्त कारबाही ‘अवैधानिक’ भएको बताएका थिए। ए, बी र सी डिभिजन क्लबका लागि बनाइएको ‘ग्रुप च्याट’मा एन्फा डे (२८ वैशाख) मा नेम्वाङको फेसबुक पोष्टमा थापाले टिप्पणी लेखेका थिए, ‘आज एन्फा दिवस होइन। चोरहरुको श्री गणेश डे हो।’

यो टिप्पणीपछि एन्फाले थापासँग स्पष्टीकरण मागेको थियो। थापाले स्पष्टीकरण पनि दिएका थिए। यद्यपि, एन्फा थापाको स्पष्टीकरणसँग सन्तुष्ट देखिएन र उनी कारबाहीमा परे। स्मरणीय छ, थापासहित काठमाडौं, धादिङ र भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षहरु एन्फा अध्यक्ष शेर्पासँग असन्तुष्ट थिए। उनीहरुले चुनावको बेला अनियमितता गरेको आरोपसमेत लगाएका थिए।

अध्यक्ष शेर्पाले अघिल्लो साल मधेसी समुदायमाथि रंगभेदी टिप्पणी गरेको भन्दै फिफा, एएफसी लगायत अन्तरराष्ट्रिय संघहरुमा उजुरी दिनेमध्ये नेम्वाङ पनि थिए। एक भिडियो अन्तरवार्तामा उनले तराई ‘मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन जरुरी रहेको’ बताएका थिए।

शेर्पा पनि नेम्वाङ पक्षलाई पेलेरै जाने मनस्थितिमा छन्। २०७६ सालमा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनोटमा विनाप्रतिस्पर्धा आफ्नो छोरालाई टिममा पठाएको भनेर नेम्वाङको आलोचना भएको थियो। जोर्डनमा निराशाजनक नतिजा निकालेपछि एन्फा अध्यक्ष शेर्पासहितको टोलीले प्रशिक्षक सुनीलकुमार श्रेष्ठ, राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनलाई बर्खास्त गर्ने तयारी गरेको थियो। तर, नेम्वाङले आफ्नो छोरालाई टिममा समावेश गरेकाले तीनै जना प्रशिक्षकलाई जोगाएको बताइन्छ।

नेम्वाङसहित एन्फाका केही पदाधिकारीले असोज २०७६ मा भएको साफ यू–१८ च्याम्पियनसिपमा नेपालले खराब प्रदर्शन गरेको भन्दै प्रशिक्षक चेतनारायण श्रेष्ठलाई पद छाड्न दबाब दिएको भनेर शेर्पा निकट पदाधिकारीले नै प्रचार गरेका थिए। यस्तै, गत वर्ष शेर्पाले पूर्वमानार्थ अध्यक्ष टासी घलेलाई फिर्ता बोलाउने मुख्य अजेण्डासहित विभिन्न विषयमा छलफलका लागि आपतकालीन बैठक बोलाएका थिए। तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङ स्वास्थ्यको कारण देखाउँदै त्यो बैठकमा उपस्थित भएनन्। त्यहीकारण गणपूरक संख्या नपुग्दा बैठक स्थगित भयो।

अलमलमा अलमुताइरी!
अलमुताइरीले पछिल्लो समय केही आपत्तिजनक अभिव्यक्ति दिएका थिए। प्रशिक्षकका रूपमा आफू आउनुअघि नेपालले वास्तविक फुटबल नै नखेलेको दाबी उनको थियो। उनले मिडियामा नै एन्फामा पदाधिकारी परिवर्तन गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए। एन्फाभित्रको गुटगत प्रतिश्पर्धा बुझिसकेका उनी आफैं एउटा गुटको नजिक बन्दा विवादमा परेका छन्।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रशिक्षकको भनाइको छानबिन हुनुपर्ने माग गरिसकेका छन्। आगामी चुनावलाई लक्षित गरी प्रशिक्षकमार्फत आफूविरुद्ध गलत प्रचार गरिएको उनको दाबी छ। ‘प्रशिक्षकलाई प्रयोग गरेर मलाई आगामी चुनावमा कमजोर बनाउन खोजिएको छ। म दोषी भए या नभएको त मैले खेलप्रेमीमाझ प्रमाणित गरिसकेको छु। म दोषी देखिएँ भने फुटबल संघबाट राजीनामा दिन पनि तयार छु। तर, छानबिन हुनुपर्छ,’ उनले भने।

यो घटनामा एन्फाले भने औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन। नत अलमुताइरीले नै औपचारिक रुपमा राजीनामा दिएका छन्। नेपाल बसाइ लम्ब्याउन चाहिरहेका अलमुताइरी र उक्त प्रस्ताव अगाडि बढाएको एन्फाले अब के गर्छन् भन्ने अन्योल छ।

अलमुताइरीसँगको सम्झौता अप्रिल २०२२ सम्म थियो। नेपाल आएको तीन महिना नपुग्दै उनले नेपाल बसाइ लम्ब्याउने प्रस्ताव एन्फामा लगेका थिए, तर त्यो सम्बोधन भएको छैन। एन्फा प्रवक्ता राई भन्छन्, ‘टोलीको प्रदर्शनबाट भविष्यका लागि आशावादी भएरै अलमुताइरीको प्रशिक्षण अवधि सेप्टेम्बर २०२२ सम्म लम्ब्याउन एन्फाले कतार फुटबल संघलाई पत्राचार गरिसकेको छ। प्रस्ताव पारित भए उनी सुरुमा तोकिएभन्दा ६ महिना बढी नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक हुनेछन्। तर, सम्झौता थपका विषयमा कतारबाट जवाफ आइसकेको छैन।’

तर, अलमुताइरीले एकाएक राजीनामाको घोषणा गर्नुलाई उनको ‘एक्लोपन महसुस’को कारण मानिएको छ। ‘उहाँले केही दिन अगाडि टाइमटेबुल फेसबुकको कमेन्टमा राख्नु भएको थियो। त्यसमा उहाँले परिवार र साथीभाइसँग धेरै समय बिताउने उल्लेख गर्नुभएको थियो। सायद प्रशिक्षकले एक्लो महसुस गरिरहेको होला,’ एन्फाका एक पदाधिकारीले भने।

नेपाल घरेलु मैदानमा १३औं संस्करणको साफ गराउन पहल गरिरहेको छ। त्यसैले नेपाली फुटबल सम्हाल्न उनलाई नेपाल नै बस्न भनिएको महासचिव तुलाधर बताउँछन्। ‘साफ नजिकिएको छ। त्यस्तै एसियन कप क्वालिफायर्स पनि धेरै टाढा छैन। यस्तोमा खेलाडी अलमलमा देखिने भएको कारण उहाँलाई नेपाल बस्न भनिएको छ। उहाँले हालसम्म राजीनामा पनि बुझाउनु भएको छैन,’ उनले भने।

यता, एन्फाकै अर्का एक पदाधिकारी भने नेपाली फुटबलमा पाएको उचाइले अन्य स्थानबाट अफर आएको कारण प्रशिक्षकले राजीनामा दिन खोजेको दाबी गर्छन्। तर, अध्यक्ष शेर्पाले रोकिराखेको उनी बताउँछन्। ‘चार खेलमा राम्रो प्रतिकृया पाएका छन्। हामीले पनि राम्रो आशा गरेका छौं। यसैकारण बुझेर कतारी क्लब या कुनै स्थानबाट अफर आएको होला,’ उनले भने। अब एकदुई दिनभित्रै बस्ने बैठकपछि सबै विषय स्पष्ट हुने ती पदाधिकारीको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरक... मंगलबार, भदौ २३, २०८३
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने नेपालमा आएको आकस्मिक बाढी र पहिरोमा परी ज्यान गुमाएका व्यक्तिको सम्मानमा यस साता हुने च्याम्पियन्स लिगका सबै १८ खेलअघि मौनधारण गरिने... मंगलबार, भदौ २३, २०८३
४१ वर्षको उमेरमा नेसन्स लिग खेल्दै मोड्रिच क्रोएसियाका स्टार मिडफिल्डर लुका मोड्रिचलाई प्रशिक्षक स्लाभेन बिलिचले नेसन्स लिगका लागि राष्ट्रिय टोलीमा समावेश गरेका छन्। मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्