काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्।
सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरूले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिए।
उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्टरुपमा राखेको बताउँदै आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए।
प्रधानमन्त्री कार्कीले आफूहरूका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएको सुनाउँदै प्रसाईंले माग पुरा नभए फागुनमा चुनाव हुन नदिने बताए।
२०६२/०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको उनले बताए।
सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन समयमा नहुने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।