• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
एन्फा विवाद

तत्काल प्रशिक्षण नगराउन अलमुताइरीलाई दिइएको निर्देशन उल्लंघन, दिए नेपाल छाड्ने चेतावनी

64x64
दीप सुवेदी सोमबार, साउन १८, २०७८  ०८:१७
1140x725

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादले नयाँ मोड लिएको छ। एन्फाले टुंग्याउन नसकेपछि यो विवाद युवा तथा खेलकुद मन्त्रालयतिर सारिदिएको थियो। अर्को सूचना नदिइएसम्म प्रशिक्षणमा सहभागी नहुन प्रशिक्षक अलमुताइरीलाई निर्देशन पनि दिएको थियो।

तर, अलमुताइरी भने प्रशिक्षणमा सहभागी भएका छन्। उनले आफ्ना माग पूरा नगरे नेपाल छाड्ने धम्की पनि दिएका छन्। यसपछि विवाद झनै बढ्ने देखिएको छ।

एन्फा स्रोतका अनुसार गएको शुक्रबारको बैठकमा मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको छानबिन नसकिएसम्म अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नगराउने सहमति भएको थियो। तर, शनिबार नै प्रशिक्षणका क्रममा दुई टीमबीच भएको खेलमा अलमुताइरी सहभागी भएका हुन्।

सातदोबाटोस्थित एन्फा मैदानमा दुई युवा खेलाडी पुजन उपरकोटी र नितिन थापाले प्रशिक्षण सम्हालेको टोलीबीच मैत्रिपूर्ण खेल खेलाइएको थियो। दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा अलमुताइरी पनि मैदान प्रवेश गरेर खेलेका थिए। अलमुताइरीले नै खेलाडीलाई रणनीतिक रुपमा अब्बल बनाउने लक्ष्यसहित हप्ताको एक दिन मैत्रीपूर्ण खेलमा प्रशिक्षणको जिम्मेवारी दिँदै आएका छन्।

प्रशिक्षक अलमुताइरी। फाइल तस्वीर

वरिष्ठ उपाध्यक्ष नेम्वाङका अनुसार प्रशिक्षक अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नहुन एन्फाले पत्र नै पठाएको छ। ‘विवादित मुद्दा किनारा नलगाउँदासम्म उहाँलाई प्रशिक्षणमा सहभागी नहुन एन्फाले पत्र पठाएको छ। यसरी विवाद सतहमा रहँदै गर्दा उहाँ मैदान उत्रिन पाउनु हुन्न,’ उनले भने।

एन्फा प्रवक्ता किरण राईले पनि आफूले प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको बताए। ‘प्रशिक्षक मैदान उत्रिएको देखेपछि राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई पत्र काटेका छौं। अर्को सूचना जारी नभएसम्म प्रशिक्षण नगराउनु भनेर पत्र पठाएका हौं,’ उनले भने। सहमति विपरीत अलमुताइरी प्रशिक्षणमा सहभागी भएकोमा एन्फा प्रवक्ता राई पनि असन्तुष्ट छन्। उपाध्यायले भने आफूले पत्र पाइनसकेको बताए।

यसैबीच, एन्फाले राष्ट्रिय टोलीका खेलाडीलाई १० दिन विश्राम दिएको छ। पूर्वनिर्धारित तालिका अनुसार नै खेलाडीलाई विश्राम दिएको एन्फाले जनाएको छ। साफ च्याम्पियनसिप सरेकाले अघिल्लो साता नै एन्फाले लामो समयदेखि घरबाहिर रहेका कारण खेलाडीलाई विश्राम दिने योजना बनाएको थियो।

नेपाल छाड्ने धम्की
प्रशिक्षक अलमुताइरीले एन्फामा निवेदनसँगै घटनासँग सम्बन्धित प्रमाणहरु बुझाएको बताएका छन्। एन्फाकै आग्रहअनुसार आफूले राजीनामा पनि स्थगित गरेको उनले बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, १० अगस्ट २०२१ सम्म आफ्नो माग पूरा नभए राजीनामाको प्रक्रिया पूरा गरेर नेपाल छाड्ने उनले बताएका छन्। फिफा र एएफसीको छानबिन समितिमा आफूले दर्ता गराएको निवेदन र उपलब्ध गराएको सबुत प्रस्तुत गर्नुपर्ने उनको माग छ। यस्तै, उक्त घटनाबारे सरकारी निकायबाट छानबिन हुनुपर्ने र उक्त रिपोर्ट सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ।

प्रशिक्षक अलमुताइरी

आफूलाई असुरक्षाको महसुस भएको तथा आफ्नो समर्थनमा एन्फा अगाडि नआएको प्रशिक्षक अलमुताइरीले गुनासो गरेका छन्। उनी शुक्रबारको बैठकका लागि एन्फा परिसरमा प्रवेश गर्दा त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको थियो। उनी मिडियासामु पनि प्रस्तुत भएनन्। सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षक विकास मल्लसँगै गाडी चढेर बाहिरिएका थिए।

उनले राजीनामा घोषणा गरेदेखि शुक्रबारसम्म फेसबुक पनि चलाएका थिएनन्। ‘उहाँ तनावमा हुनुहुन्थ्यो। त्यसैले सामाजिक सञ्जालबाट टाढा बस्नुभएको थियो। त्यसमाथि एन्फा बैठकमा आफ्नो कुरा नराखेसम्म सामाजिक सञ्जालमा आउने प्रश्नको उहाँले जवाफ दिन थियो,’ उनी निकट एक एन्फा पदाधिकारीले भने।

यसअघि प्रशिक्षक अलमुताइरीले दुई पत्रकारसहित एन्फा पदाधिकारीले आफूविरुद्ध समाचार प्रकाशित गराएको भन्दै निवेदन दिएका थिए। ‘म प्रशिक्षक भएर आएदेखि नै एन्फाका पदाधिकारी र कर्मचारीलाई सम्मान गर्दै आएको छु। तर, एन्फाकै जिम्मेवार पदाधिकारीको संलग्नतामा लगातार मेरो प्रतिष्ठा र विश्वासमा आघात पुग्नेगरी समाचार लेखिएको छ। उनीहरुले मेरो व्यक्तिगत स्वतन्त्रताको हनन गर्दै निजी विषयमा दखल दिएका छन्,’ पत्रमा भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एकपक्षीय रुपमा एसियाली फुटबल र नेपाली समर्थकमाझ आफ्नो छवी धुमिल्याउने प्रयास भइरहेको उनको भनाइ छ। ‘एक व्यावसायिक फुटबल प्रशिक्षकको नाताले मेरो पेशामै प्रश्न उठेको छ। यस घटनामा वरिष्ठ उपाध्यक्ष संलग्न छन्। एन्फासँग उनको व्यावसायिक सम्बन्ध सुरक्षित छैन। उनले गरेको कार्य अपमानजनक छ। यसले फिफाको कोड अफ एथिक्स र एएफसीको कोड अफ कन्डक्ट पनि उल्लङ्घन भएको छ,’ उनले लेखेका छन्।

खेलाडीलाई प्रशिक्षण दिँदै प्रशिक्षक अलमुताइरी। फाइल तस्वीर

साफ च्याम्पियनसिपको तयारी प्रभावित हुने चिन्ता
वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवाद मन्त्रालयमा पुग्दा यसको प्रभाव खेलाडीहरुलाई पर्ने निश्चित छ। मन्त्रालय स्रोतका अनुसार एन्फाबाट पठाएको पत्र शनिबार मात्र पुगेको छ। एन्फाका प्रवक्ता राईले पनि छानबिन समिति बनाउन पत्र पठाएको पुष्टि गरे। उनले भने, ‘हामीले शुक्रबार छानबिन गर्न पत्र पठाउने निर्णय गरेका हौं। आजको आजै त मन्त्रालय पनि छानबिन गर्न समिति बनाउन सक्ने स्थितिमा छैन र हुँदा पनि हुँदैन। केही दिन समय लाग्ला।’

साफ च्याम्पियनसिप अक्टोबरको पहिलो साता आयोजना हुने तय छ। एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले प्रतियोगिता नेपालमा गर्ने निर्णय गरेको छ। बंगलादेशले कोरोना माहामारीका कारण प्रतियोगिता आयोजना नगर्ने भएपछि नेपालसहित श्रीलंका, माल्दिभ्स र भारतले दाबेदारी प्रस्तुत गरेका छन्। माल्दिभ्सले श्रीलंकासँग मिलेर संयुक्त रुपमा आयोजनाको दाबी प्रस्तुत गरेको छ। भारत र नेपालले एकल रुपमा प्रतियोगिता आयोजना गर्न चाहेका छन्।

एन्फा बैठकले अक्टोबर पहिलो साता हुने प्रतियोगिता नेपालमा आयोजना गर्न आवश्यक पर्ने १० करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय गरेको छ। यस्तै, साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न सरकारले पनि ५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

प्रशिक्षणमा रहेका खेलाडी

साफको तयारीका लागि नेपालले बंगलादेश, भारत र सिंगापुरको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्न एन्फाले पत्राचार गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय टिमलाई आवश्यकता अनुसार मैत्रीपूर्ण खेल खेलाउने एन्फाको निर्णय छ। तर, प्रशिक्षक नै विवादमा फसेपछि अब नेपालको तयारी कमजोर हुने चिन्ता गर्न थालिएको छ।

एन्फा पदाधिकारी आफ्नै अडानमा
वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि आफू अनुकूल छानबिनको निर्णय नआए प्रतिवेदन अस्वीकार गर्ने बताएका छन्। ‘एन्फा नेपाली फुटबलको सर्वोच्च संस्था हो, यसबाट हामीले जुन अपेक्षा राखेका छौं, त्यो पूरा भएन,’ उनले भने, ‘प्रशिक्षकले अनुशासन तोडेका छन् र वरिष्ठ उपाध्यक्षमाथि गम्भीर आरोप लगाएका छन्। उनीमाथि कारबाही हुनैपर्छ।’

एन्फा आफूले गर्नुपर्ने निर्णय तथा काममा चुकेको पनि उनको आरोप छ। ‘कर्मचारीले संस्थाको वरिष्ठ उपाध्यक्षलाई विनाआधार आरोप लगाउनु अनुशासनहीन काम हो। संस्थाले बोल्ड निर्णय गर्न सक्नुपर्छ। प्रशिक्षकको दबाबमा आएर संस्थाका मान्छेहरुले केही नबोल्ने अवस्था भयो,’ उनले भने।

पंकजविक्रम नेम्वाङ, एन्फा वरिष्ठ उपाध्यक्ष

यता, प्रशिक्षकले सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेको घटनाबाट प्रवक्ता राई पनि खुसी नभएको बताइएको छ। उनले शनिबार राति फेसबुकमा स्टेटस लेख्दै प्रवक्ताको जिम्मेवारी त्याग्ने संकेत गरेका थिए। ‘म मर्छु होला बरु, तर फुटबल खेलको राष्ट्रिय तथा अन्तररास्ट्रिय मान्यता र सिद्वान्तविरुद्ध पाइला चाल्न सक्दिनँ,’ उनले लेखेका छन्, ‘नेपाली गरीब भएको प्रचार गरेर सहयोग प्राप्त भयो भन्दैमा सबै मान्यता र स्वाभिमान नै झुक्ने गरि सम्झौता गर्न मिल्ला र?’

 किरण राई, प्रवक्ता

राईले आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारीसमेत दिएका थिए। तर, एक घण्टा अगाडि पुनः सूचना दिएर कार्यक्रम स्थगित भएको जनाए। ‘मेरा केही विषय र एन्फाका केही विषयहरुबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न खोजेको थिएँ। तर, केही तयारी पुगेन र स्थगित गरेको हो,’ उनले भने।

यद्यपि, शनिबार उनले आफू निकट जिल्ला नेतृत्व र सहकर्मीसँग प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिने बताएका थिए। तर, निर्धारित कार्यक्रमको केही घण्टा अघिमात्र उनी राजीनामा दिने निर्णयबाट पछाडि हटेको बताइन्छ। ‘राजीनामाको तयारी गरेपछि अध्यक्षज्यूले बिहान उहाँसँग लन्च मिटिङ गरेर सम्झाउनु भएको भन्ने सुनेको छु,’ एक एन्फा पदाधिकारीले भने।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्