काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेवले पार्टीको आर्थिक स्रोत के हो त्यसमा प्रस्ट पार्न संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई आग्रह गरेका छन्।
बुधवार भएको एकता सभामा बोल्दै गौतमले नेताहरूको आर्थिक स्रोत स्पष्ट पार्न आग्रह गरेका हुन्।
‘पार्टी एकता धेरै भयो। तर पार्टीको आर्थिक स्रोत के हो ? कार्यकर्ताको स्रोत के हो ? जनताको स्रोत के हो ? पुँजीपतिसँग गएर चन्दा उठाउने अनि पार्टी चलाउने ?’, नेतृत्वमाथि प्रश्न गर्दै उनले भने– ‘आर्थिक उत्पादनमा आधारित भएर पार्टी चलाउनुपर्छ। यहाँ हामीसँग दुई हजार प्रतिनिधि छन्। १२ लाख सदस्य छन्। यी सदस्यलाई ७५३ पालिकामा बजार विस्तार गर्न सकिन्छ। जनताको बिचमा गयौँ भने ६ महिनामा २० लाख हुनेछ। चार÷पाँच वर्षमा एक करोड पार्टी सदस्य बन्नेछन्।’
त्यस्तै उनले र्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन्।
‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मायन्तामा आधारित समृद्ध समाजवाद निर्माण गरिनेछ। आज कति वर्ष भयो? हामी कतिपटक प्रधानमन्त्री भयौं? हामीले कतिपटक प्रधानमन्त्री–मन्त्री बनायौं?’ उनले प्रश्न गरे, ‘संविधानले प्रस्तावनामै व्यवस्था गरेको त्यो चरित्रको समाजवाद निर्माण किन भएन, प्रयास गर्नु भयो कि भएन अहिले जवाफ दिनुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।