• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

एन्फा नेतृत्वको अक्षमताले ‘रमिता’ बनेको अल्मुताइरी–नेम्वाङ विवाद

64x64
दीप सुवेदी बिहीबार, भदौ १०, २०७८  २१:१९
1140x725

राजनीति र अहिलेको खेल संरचनालाई छिचोल्ने हो भने नेपाली फुटबल कुनै पहाड भन्दा कम लाग्दैन। जसलाई पछिल्लो समय छिचोल्ने प्रयास गरेका थिए, कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले। 

गत वर्षको अन्त्यतिर कतार फुटबल संघको सहयोगमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिन आएका अल्मुताइरीलाई सुरुदेखि नै नेपाली फुटबल राजनीतिसँग जोडिएका केही ‘खेलाडी’ अर्थात् स्वार्थ समूहले विवादमा तान्ने कोसिस गरेका थिए। तर, प्रतिकूल अवस्थामा पनि उनले विश्वकप छनोट खेलमा नेपालको प्रदर्शनको स्तर खस्कन दिएनन्। 

उनको आगमनसँगै नेपाली स्ट्राइकरलाई ‘गोल हान्न नसक्ने’ भनेर लाग्दै आएको 'दाग’ केही हदसम्म मेटिएको थियो। उनको नेतृत्वमा ४ खेल खेल्ने क्रममा नेपालको प्रदर्शन सुधारिएको देखेपछि नेपाली फुटबलको सर्वोच्च निकाय, अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उनको सम्झौता अवधि बढाएको थियो। 

तर, करिब ५ महिना नेपाली फुटबललाई प्रशिक्षण दिने क्रममा उनी विवादको भूमरीमा परिरहे। उनलाई पहिले फुटबल नै खेलाउन नआउने प्रशिक्षक भएको आरोप लगाउने एउटा झुण्ड थियो। तर, विश्वकप छनोटमा नेपालको सुधारिएको प्रदर्शनपछि उनीविरुद्धको यो आरोप मत्थर भयो। 

त्यसपछि उनलाई मैदानभित्रको गतिविधिमा होइन, मैदानबाहिरको गतिविधिमा तान्ने काम भयो। उनको फुटबल खेलाउने शैलीको होइन, चुरोट पिउने शैलीको विरोध भयो। 

मैदान बाहिरको यही शैलीका कारण अल्मुताइरी यतिबेला विवादमा तानिएका छन् भने एन्फाको समग्र नेतृत्व त्यसमा 'नालायक' देखिएको छ। 

मैदानबाहिरको कुरामा आफूलाई बारम्बार विवादमा तान्ने काम भएपछि अल्मुताइरीले सामाजिक सञ्जालमा  एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई मेन्सन गर्दै आफूले प्रशिक्षकबाट राजीनामा गर्न लागेको घोषणा गरे। 

त्यतिबेला कतार दूतावासको पहलमा उनलाई राजीनामा गर्नबाट रोकिएको थियो। दूतावासको पहलमा एन्फाका शीर्ष पदाधिकारी, प्रशिक्षक अल्मुताइरी र नेम्वाङसहित तीनै पक्षलाई एकै ठाउँ राखेर समस्याको समाधान निकाल्न खोजिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

नेम्वाङले बैठकभन्दा एक दिनअघि कतारी राजदूतले राखेको प्रस्तावलाई स्वीकार गर्दै बैठकमा उपस्थित हुने जानकारी दिएका थिए। तर, भोलिपल्ट सम्पर्कबिहिन बनेका नेम्वाङले कतारी राजदूतको ‘मानमर्दन’ गरे। 

नेम्वाङको यो हर्कतबाट कतारी राजदूत दुःखी बने। उनले यसलाई आफूप्रति लक्षित नभइ कतार सरकारलाई होच्च्याउने घटनाको रुपमा लिए। 

कामको व्यस्तताले कतारी राजदूत स्वदेश फर्किएको बेला नेम्वाङको आग्रहमा नेपाल घोडचडी संघका अध्यक्ष रविराज कर्णिकारले प्रशिक्षक अल्मुताइरी र नेम्वाङबीच पुनः वार्ता गराएका थिए। पहिलो वार्ता गराउन पनि कर्णिकारको भूमिका महत्वपूर्ण थियो। 

नेम्वाङले आफूलाई अनादर गरेपनि कतारी राजदूतले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद मिल्छ भने किन पछि हट्ने भन्दै कर्णिकारलाई फोनमार्फत् वार्ता सम्पन्न गराउने ‘अथोरिटी’ दिएका थिए। 

ठमेलमा भएको वार्तामा दुवै पक्षले एकअर्काको सम्मान गर्ने र विवादभन्दा पनि मिलेर नेपाली फुटबलको विकासमा अगाडि लैजाने सहमति बनेको थियो। वार्तामा दुवै पक्षले आफूहरु मिलेको सन्देशसहितको विज्ञप्ती सार्वजनिक गर्ने वचनवद्धता प्रकट गरेका थिए। 

तर, प्रशिक्षक अल्मुताइरी राष्ट्रिय टोलीको अभ्यासका लागि पोखरा उडेपछि घटनाक्रममा नयाँ ‘ट्विस्ट’ आयो। उनले एक दुई दिन भन्दै कर्णिकारलाई झुलाइरहे। यसैबीच विवाद समाधानका लागि भन्दै एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई छानबिन गर्ने अधिकार प्रत्यायोजन गर्‍यो। 

अल्मुताइरी राखेपको छानबनिको रिपोर्ट आफ्नो पक्षमा आउनेमा ढुक्क थिए। सम्भवतः एन्फा पदाधिकारीले उनलाई आश्वस्त पनि तुल्याएका थिए। तर, बुधबार राखेपले छानबिन कमिटीको रिपोर्ट सार्वजनिक गर्ने क्रममा अल्मुताइरीलाई आचरण सुधार गर्न सुझाव दियो।  

छानबिन कमिटीको रिपोर्ट सार्वजनिक भएपछि अल्मुताइरीले ‘आएम आउट, लेट्स डु वर्क पोलिटिक्स ...’ भन्दै सोसल मिडियामा एउटा सन्देश पोस्ट गरे। उनको यो सन्देशले उनी कुनै पनि बेला प्रशिक्षक पद त्यागेर फर्किने सम्भावना बढेको छ। 

कतारी राजदूतको आग्रहमा दोस्रोपल्ट भएको वार्ता सहमतिमा टुंगिएपनि अल्मुताइरीले हस्ताक्षर नगर्दा यो परिस्थिति निर्माण भयो। 

एन्फा नेतृत्वको अक्षमता
प्रशिक्षक अल्मुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङबीचको लफडामा एन्फा नेतृत्वको भूमिकालाई लिएर पनि शंका गर्ने अनेकौ ठाँउ देखिन्छन्। नेम्वाङ र अल्मुताइरीबीचको सम्बन्धको तितोमिठो कडी एन्फा नेतृत्वलाई पहिले नै थाहा नभएको होइन। आफै वरिष्ठ उपाध्यक्ष भएर प्रशिक्षकविरुद्ध आउने समाचार लाइक गर्ने, शेयर गर्ने जस्ता कार्यले प्रतिशक्षकप्रति नेम्वाङको नजरिया ठिक थिएन भन्ने एन्फाका पदाधिकारीहरुलाई जानकारी थियो। 

अझ, प्रशिक्षकको खेलाउने योग्यता भन्दा पनि व्यक्तिगत चरित्रको विषयमा प्रश्न उठाउने खेल पत्रकारहरु प्रायः नेम्वाङको कार्यकक्षमा देखिनु संयोग मात्र थिएन। यति हुँदाहुँदै पनि फुटबलभित्रको विवाद खेलकुद मन्त्रालय हुँदै राखेपमा छानबिनका लागि पठाउनु एन्फा नेतृत्वको सबैभन्दा ठूलो कमजोरी थियो 

सामाजिक सञ्जालमा लेखिएको विषयलाई ठूलो ‘इस्यु'  बनाएर, आफूले छलफल तथा सहमतिमा टुंग्याउनै नसक्ने गरी मन्त्रालय पठाउनुले एन्फा नेतृत्वको नालायकी उदांगो भयो। यसले वर्तमान एन्फा नेतृत्वको हविगत दर्शाउँछ। 

त्यसैले हुनसक्छ, राखेपको छानबिन कमिटीको रिपोर्टमा पनि एन्फा नेतृत्वलाई नसिहत दिइएको छ– आपसी विवाद कि घरमा सुल्झाउनू, नभए राखेपमा ल्याउनू भनेर। यसको स्पष्ट अर्थ हो, विवाद जति बढायो, बदनामी एन्फा नेतृत्वकै हुन्छ। 

राखेपलाई पनि यो कुराको हेक्का नभएको होइन। संयमित स्वभावका सदस्य सचिव रमेश सिलवालसमेत विवादले अर्को रुप लिनेबारे जानकार थिए। उनले आफ्नो विवाद आफैं हल गर्न पहलसमेत नगरेका होइनन्। गत बिहीबार ललितपुरस्थित एक होटलमा उक्त विवाद सुल्झाउन गरिएको छलफलमा एन्फाबाट अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित अन्य दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर थापा, एन्फा सदस्यसमेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय सहभागी थिए।

यता, राखेपको तर्फबाट सदस्यसचिव सिलवाल, संयोजक पुरेन्द्रविक्रम लाखे, समितिका अन्य तीन सदस्य सहभागी थिए।

करिब तीन घण्टा छलफल चले पनि त्यसले कुनै निष्कर्ष निकाल्न सकेन। ‘आफ्नो घरमा लागेको आगोले छिमेकीको घरलाई पनि हानी गर्ने निश्चित थियो। यहीकारण हामीले विवाद मिलाउन पहल गरेका थियौं। प्रशिक्षक राख्ने कि नराख्ने भन्दा  एन्फा अध्यक्षले राख्ने भन्नुभयो। त्यसो भए विवाद सुल्झाउनुस् भन्दा होइन, हामीलाई प्रतिवेदन चाहिन्छ भन्नुभयो,’ सदस्यसचिव सिलवालले भने। 

उनी शेर्पा र तुलाधरको फट्याइँकै कारण विवाद लम्बिएको र फरक नतिजा आएको दाबी गर्छन्। 

‘विवाद मिलाउँदै जाँदा कुरा सरीमा अड्किएको थियो। वरिष्ठ उपाध्यक्षले मेरो मान–मर्यादामा दाग लाग्यो, ‘सरी’ माग्न लगाइदिनु भनेकाले मैले आग्रह गर्दा महासचिव तुलाधरले ‘उहाँले सरी भन्नुहुन्न त्यसैले म सक्दिनँ’ भन्नुभयो। त्यसपछि एन्फा अध्यक्षलाई यसबारेमा प्रशिक्षकलाई एक पत्र काटिदिनुस् भन्दा म पनि गर्न सक्दिनँ भन्नुभयो। माफी माग्नु नमाग्नु आफ्नो ठाउँमा थियो। तर, एन्फा नै यो विवाद समाधान गर्ने मुडमा देखिएन। यो फट्याइ जस्तै हो’, सदस्य सचिव सिलवालले भने।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध टस हार्‍यो नेपाल, पहिले ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्