काठमाडौं– नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ।
टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
एनपीएलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो। सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा हुनेछ।
सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।