काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको हो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए। ४३ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
यस्तै जे–जे स्मिथले १४ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउँदा डार्शी शर्टले १३ बलमा चार चौकासहित १९ रन बनाए। रुबेन ट्रम्पलम्यानले ३ छक्का र एक चौकासहित २९ रन बनाउँदा शेर मल्ल ७ रनमा नटआउट रहे।
कर्णालीका लागि नन्दन यादवले २ विकेट लिँदा, सोमपाल कामी, गुल्शन झा, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।