काठमाडौं– लुम्बिनी लायन्सविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ।
कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ११:१५ बजे हुने पहिलो खेल हुँदैछ। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ।
लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।