• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

के देशका लागि खेल्ने नेपाली खेलाडीको तलब अति कम हो?

लिग बलियो बनाउने कि खेलाडीको तलब बढाउने?
64x64
दीप सुवेदी शुक्रबार, कात्तिक ५, २०७८  १९:५४
1140x725

काठमाडौंबाट प्रसारित एक टेलिभिजन कार्यक्रममा बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई एउटा प्रश्न सोधियो- ‘तपाईं एन्फाको नेतृत्वमा बसेर एक लाख तलब खानुहुन्छ। खेलाडीलाई १८ हजारले पुग्छ त?’
 
प्रस्तोताको प्रश्न सुनेर छेउमै रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङको आँखा रसायो। तर, केही बोल्न सकेनन्। प्रस्तोताले फेरि महासचिव तुलाधरलाई सोधे- '१८ हजारले किरणजस्तो विश्वस्तरीय खेलाडीलाई पुग्छ त?'

यो प्रश्नमा तुलाधरको उत्तर थियो, ‘१८ हजार राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको लागि सामान्य हो। कोरोनाकाल छ। अहिले समस्या छ।’

उनको उत्तरमा चित्त नबुझेपछि प्रस्तोताले फेरि प्रश्न सोधे, ‘तलब थोरै भयो कि भएन? एक खेलाडी यो पैसाले काठमाडौंमा बस्न पुग्छ?’
 
यो प्रश्नले अनुहारमा असहज भाव देखाएका तुलाधरले जवाफमा भने, ‘एन्फाको स्रोत र साधनले भ्याएसम्म पैसा दिने हो।’ 

निकै गर्माएको स्टुडियोको माहोल एकाएक शान्त भयो।

नेपाली फुटबलमा खेलाडीको तलबको कुरा उठेको यो पहिलो घटना होइन। यसअघि पनि पटक-पटक नेपाली राष्ट्रिय टोलीका खेलाडीको तलबको विषयमा कुरा उठ्दै आइरहेको छ। 

यथार्थमा खेलाडीको तलबको विषय नेपालमा मात्र पेचिलो छैन। यो विषय विश्वव्यापी रुपमा नै उठ्ने गर्छ।

टेलिभिजन कार्यक्रममा प्रस्तोताले पुनः उठाएको प्रश्नले सामाजिक सञ्जालमा एकपल्ट फेरि बहस छेडिएको छ- के २८ वर्षपछि साफको फाइनल पुगेको नेपाली फुटबल खेलाडीको पारिश्रमिक कम नै भएको हो त?

करिब एक वर्षअघि बेलायतमा महिला फुटबल खेलाडीले पुरुषसरह पारिश्रमिक पाउने खबरले हलचल पैदा गरेको थियो। अझ, अमेरिकी महिला फुटबल खेलाडी त समान तलबको कुरा उठाउँदै अदालतको ढोकासम्म पुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तर, समानताको कुरा गरेर नथाक्ने अमेरिकी अदालतले महिला फुटबलरको त्यो दाबीलाई खारेज गर्‍यो। र, भन्यो- ‘पुरुष खेलाडीको तुलनामा महिलाको खेल औसत छ। अन्य आधारलाई हेर्दा पनि महिला टोलीको पारिश्रमिक कम भएको भन्ने कुनै आधार देखिँदैन।’

विश्व फुटबलको यो परिदृश्य हेर्दा एन्फाले पुरुष र महिला फुटबल खेलाडीको तलब समान बनाएको छ। महिला टोलीको मासिक तलब ७ हजारबाट १८ हजार पुर्‍याउँदा कतिले त सुरुमा विश्वास नै गरेका थिएनन्। यस्तै, पुरुषको १५ हजारबाट बढेर १८ हजार पुगेको थियो।

तर, टेलिभिजन कार्यक्रममा प्रस्तोताले पुनः उठाएको प्रश्नले सामाजिक सञ्जालमा एकपल्ट फेरि बहस छेडिएको छ- ‘के २८ वर्षपछि साफको फाइनल पुगेको नेपाली फुटबल खेलाडीको पारिश्रमिक कम नै भएको हो त?'

हो, नाम चलेका देशका केही राष्ट्रिय खेलाडीको उदाहरण लिने हो भने, यो रकम न्यून नै मान्नुपर्छ। तर, युरोपलगायत विश्वकप जितेका थुप्रै देशमा नाम चलेका खेलाडीलाई पनि उसको देशले तलबको रूपमा होइन, सम्मान स्वरुप इच्छाएको रकम प्रदान गर्ने गर्दछ।

इङ्‍ग्लिस खेलाडी विश्वमा सबैभन्दा धेरै तलब बुझ्ने फुटबलरमध्येमा पर्छन्। तर, उनीहरूको अवस्था पनि नेपालभन्दा कम छैन। फरक यत्ति हो, पाउण्ड र नेपाली रुपैयाँको अन्तरबाहेक।

रहिम स्टर्लिङले म्यानचेस्टर सिटी क्लबबाट व्यावसायिक फुटबल खेलेबापत् साताको ३ लाख पाउण्ड कमाउँछन्। ह्यारी केन र डिफेन्डर ह्यारी मागुएरले पनि व्यावसायिक फुटबल खेलेबापत् साताको २ लाख पाउण्डको हाराहारीमा तलब बुझ्दै आएका छन्।

यी तीनै खेलाडी इङ्ग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेल्छन्। यो टोली पनि भर्खरै सम्पन्न युरोकप-२०२० मा ५५ वर्षपछि फाइनल पुग्न सफल भएको थियो। फाइनलमा इटालीसँग पराजित भएपछि इंग्ल्याण्ड उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

वेल्स अनलाइनका अनुसार इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीले प्रतिखेल लगभग दुई हजार पाउण्ड कमाउँछन्। सन् २००७ देखि यी खेलाडीले राष्ट्रिय टोलीबाट फुटबल खेलेबापत् कमाएको पैसा ‘इंग्ल्याण्ड फुटबल फाउन्डेसन’लाई दान गर्दै आएका छन्। संघले पनि उक्त रकम परोपकारी संस्थालाई उपलब्ध गराउँदै आएको छ।

यो तथ्यांक हेर्ने हो भने युरोकप-२०२० को फाइनल पुगेको इंग्लिस टोलीका खेलाडीले प्रतियोगिता अवधिभर दामासाही १४ हजार पाउण्ड बुझेका थिए। यो सबै रकम उनीहरूले दान गरिसकेका छन्। यसबाहेक खेलाडीले पाउने भनेको प्रतियोगिताबाट प्राप्त पुरस्कार राशी हो।

प्रतियोगिताको उपविजेता भएपछि युरोपेली फुटबल महासंघ (यूईएफए)ले इंग्ल्याण्डलाई पुरस्कार स्वरुप प्रदान गरेको रकमबाट ४० प्रतिशत काटेर खेलाडीलाई बाँडिएको थियो। ६० प्रतिशत संघ आफैंले राखेको थियो। यूईएफएले युरोकप-२०२० को विजेता इटालीलाई एक अर्ब ४१ करोड नेपाली रूपैयाँ प्रदान गरेको थियो भने उपविजेता इंग्ल्याण्डलाई ९८ करोड नेपाली रूपैयाँ। 

उसो भए खेलाडीको आम्दानीको स्रोत के हो?
इंग्ल्याण्डको चर्चित लिग फुटबल, प्रिमियर लिगमा खेल्ने व्यावसायिक खेलाडीको औसत तलब प्रतिसाता ६० हजार पाउण्ड हो। जसलाई जोड्दा एक वर्षमा औसत खेलाडीले करिब ३० लाख पाउण्डको हाराहारीमा कमाउँछन्। तलबबाहेक उनीहरूले प्रतिखेल लगभग चार हजार पाउण्ड बुझ्ने गर्छन्। यस हिसाबले वर्षको दुई लाख पाउण्ड हुन आउँछ।

अझ, यो भन्दा तल्लो डिभिजनका खेलाडीको हकमा धेरै कम तलब हुन्छ। बेलायतबाट प्रकाशित मिडियाको रिपोर्टअनुसार तल्लो डिभिजनमा खेल्ने खेलाडीको प्रतिसाताको कमाइ लगभग ७५० पाउण्ड हो, जुन राष्ट्रिय औसत आयको हाराहारी मानिन्छ।

नेपाली फुटबलको एक मात्र नियमनकारी संस्था एन्फा भएको हुनाले खेलाडीको भविष्यसँग जोडिएको कुरामा उसले ध्यान दिनुपर्ने हुन्छ। एन्फाले खेलाडीको अवस्था बुझेर पारिश्रमिक रकम बढाउनेदेखि लिगलाई थप व्यावसायिकीकरण गर्नु उचित हुने जानकारहरु बताउँछन्।  

नेपाली फुटबल खेलाडीको आम्दानीको स्रोत खोज्ने हो भने उनीहरूको पनि मुख्य आयस्रोत एन्फाले दिने तलब होइन। इंग्ल्याण्डका खेलाडीजस्तै नेपाली खेलाडीले पनि आफ्नो प्रमुख आयस्रोत क्लबलाई बनाउँदै आएका छन्। एन्फा महासचिव तुलाधरका अनुसार राष्ट्रिय टोलीबाट खेल्दै आएका नेपाली खेलाडीले व्यावसायिक लिग खेल्दा प्रतिमहिना औसतमा ८० हजार नेपाली रुपैयाँ बुझ्दै आएका छन्। 

टेलिभिजन बहसकै क्रममा तुलाधरले भनेका थिए, ‘अन्य देशजस्तो हाम्रोमा लिग व्यावसायिक ढाँचामा ढलिसकेको छैन। यसमा जानको लागि धेरै समय लाग्छ। क्लबले भ्याउनेसम्मको पारिश्रमिक त दिँदै आएको छ नि।’

नेपाली फुटबलका जानकारहरू कप्तान किरण चेम्जोङले नेपाली क्लबबाट खेल्दा कम्तीमा साढे ३ लाख रुपैयाँसम्म बुझ्ने गरेको बताउँछन्। ए डिभिजन लिग सकिँदासम्म उनले करिब ७ लाख रुपैयाँसम्म बुझ्छन्। त्यसमा पनि क्लबले उपाधि जिते खेलाडीलाई दिने पुरस्कार र एन्फाले दर्शक भित्र्याएबापत् टिकटको ५० प्रतिशतबाट दिने रकमबाट पनि खेलाडीले केही प्रतिशत आम्दानी गर्ने गरेका छन्।

यस हिसाबले किरणजस्ता स्टार खेलाडीले नेपालमा एक सिजन फुटबल खेल्दा ९ लाख कमाउने फुटबल विश्लेषकहरूको दाबी छ। यो उनको विशुद्ध कमाइ मात्र हो। यसमा थप विभिन्न विज्ञापनबाट आउने रकम अलग्गै छ। ‘कुनै कम्पनीको ब्राण्ड एम्बेसडर भएबापत् कमाउने रकम छुट्टै छ,’ एन्फा पदाधिकारी बताउँछन्।

अझ, भारतको व्यावसायिक ‘आई लिग’ खेल्ने खेलाडीले औसत वार्षिक २० लाखको हाराहारीमा कमाउँछन्। यसमा पुरस्कार, ‘म्याच फी’ तथा विज्ञापनबाट हुने कमाइ जोडिएको छैन। साफ च्याम्पियनसिपमा नेपाली टोलीले उपविजेता भएबापत् २५ हजार डलर प्राप्त गरेको थियो। अन्तर्राष्ट्रिय रूपमा चलेको ‘ट्रेण्ड’लाई पछ्याउने हो भने, एन्फाले पुरस्कारबापत् जितेको रकम खेलाडीलाई बाँड्नुपर्ने हुन्छ। त्यो बाँडफाँट एन्फाको कुरा हो।

एन्फाले पहिला यसरी मुख्य प्रतियोगिताबाट प्राप्त गरेको रकमको केही रकम खेलाडीलाई दिने घोषणा गरेको थियो। ‘त्यो दिन्छ वा दिँदैन भन्ने कुरा फरक पाटो हो,’ एन्फाका पूर्वप्रवक्ता तथा केन्द्रीय सदस्य किरण राईले नेपाल लाइभसँग भने।

३७ वर्षपछि घरेलु मैदानमा नेपाललाई ‘थ्री नेसन्स कप’ दिलाएका नेपाली खेलाडीलाई एन्फाले जनही १ लाख रुपैयाँले सम्मान गर्ने निर्णय गरेको थियो। तर, त्यो रकम पनि खेलाडीले आधा मात्र पाएका छन्।

एन्फाबाहेक पनि सरकारले सम्मानस्वरुप नेपाली फुटबल खेलाडीलाई रकम उपलब्ध गराउँदै आइरहेको छ। ‘थ्री नेसन्स कप’ जित्ने खेलाडीलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले जनही ४ लाख रुपैयाँ प्रदान गरेको थियो। यस्तै, साफ जित्ने खेलाडीलाई पनि वर्तमान (शेरबहादुर देउवा नेतृत्वको) सरकारले जनही ५ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ।

विश्वस्तरीय खेलाडीलाई कुनै देशले तलब भनेर पैसा दिने चलन मात्र होइन, नियम पनि छैन। यो खेलाडीप्रति गरिने सम्मान मात्र हो। तर, नेपालको लिग फुटबल अन्य देशको तुलनामा पछाडि मानिन्छ। त्यसैले पनि खेलाडीको प्रमुख आयस्रोत राष्ट्रिय टोलीबाट आउने तलब बन्न पुगेको हो। 

नेपाली फुटबलको एक मात्र नियमनकारी संस्था एन्फा भएको हुनाले खेलाडीको भविष्यसँग जोडिएको कुरामा उसले ध्यान दिनुपर्ने हुन्छ। एन्फाले खेलाडीको अवस्था बुझेर पारिश्रमिक रकम बढाउनेदेखि लिगलाई थप व्यावसायिकीकरण गर्नु उचित हुने जानकारहरु बताउँछन्।  

यी तथ्यतर्फ बेलैमा ध्यान नपुर्‍याउने हो भने, अर्जेन्टिनाका कप्तान लिओनल मेसीले यति खान्छन्, हाम्रो कप्तान किरणले किन १८ हजार मात्र? भनेर बहस चलाउनुको कुनै तुक छैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार आइतबार, भदौ २१, २०८३
अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त आइतबार, भदौ २१, २०८३
पुटिनद्वारा किएभमा ७२ घण्टा आक्रमण रोक्न आदेश, शान्ति वार्ताका लागि खुल्यो बाटो आइतबार, भदौ २१, २०८३
भोटेकोशीको बाढीले रसुवागढी आयोजनाका ९३ कामदार अझै सम्पर्कविहीन आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्