काठमाडौं – नेकपा माओवाद केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ।
प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन्।
उनका अनुसार चिन्ह पाँचकुने तारा रहनेछ। पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने पनि बताए।
उनले तत्कालीन कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दावी गरे।
उनले पार्टीले एतापछि गर्ने आन्दोलन शान्तिपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुने बताए।
उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधवार काठमाडौँमा आयोजना गरिने पनि बताए। उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठनलगायतका कामहरू गरिने सापकोटाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।