काठमाडौं– दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्।
भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन्।
बुधबार एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्दराय यादवले प्रस्ताव गरेका थिए। यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो।
भेला घोषणा पत्र र विधान पनि पारित गरिसकिएको छ।घोषणा सभा अहिले पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।