• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
फुटबलमा प्रशिक्षक नयाँ, ‘भिजन’ पुरानै
64x64
दीप सुवेदी शनिबार, जेठ २२, २०७८  ०६:४५
1140x725

काठमाडाैं- विश्वकप २०२२ को छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना गणितीय रुपमा बाँकी छ। वास्तविकता भन्ने हो भने विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपाली टिमको आश सधैंजस्तै सम्भावना मात्रै हो।

तर, यो खेल एसियन कप २०२३ को छनोट पनि हो। यद्यपि, ‘होम एन्ड अबे’को नियम भएपनि कोरोना महामारीका कारण नेपालले घरेलु मैदानका अब बाँकी दुई खेल कुवेत सिटीमा खेल्दैछ। तर, नेपालको एसियन कप छनोटको  तेस्रो चरणमा पुग्ने सम्भावना भने आफ्नै हातमा छ। त्यसका लागि भने जोर्डन र अष्ट्रेलियामध्ये एक टाेलीलाई हराउनै पर्ने हुन्छ।

समूह ‘बी’मा रहेको नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ। जितविहीन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन। अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५/५ खेलमा समान १०/१० अंक रहेको छ।

नेपाल महादेशीय प्रतियोगिताको छनोटकाे प्लेअफमा भने पुगिसकेको छ। नेपालको लक्ष्य प्लेअफ नखेली तेस्राे चरणमा पुग्ने थियाे। त्यसैको लागि ताइपेइविरुद्धको खेल महत्त्वपूर्ण थियो।

करिब पाँच दिन अगाडि मैत्रीपूर्ण खेलमा एसियाकै शक्तिशालीमध्येको एक इराकविरुद्ध ३७ मिनेटसम्म नेपालले २–१ को अविश्वसनीय अग्रता लिएको थियो। पछि इराकको दबाब थेक्न सकेन र ६–२ गोलको फराकिलो हार व्यहोरेको थियो।

मैत्रीपूर्ण खेलमा युवा खेलाडीले गरेको लोभलाग्दो प्रदर्शनसँगै नेपाली टोलीको आत्मविश्वास बलियो देखिएको थियो। यद्यपि, नेपाली टोली ताइपेइविरुद्ध मैदान उत्रिँदा एकै समस्या रहेको थियो, गर्मी। 

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यहाँको मौमसमा खेल्न कठिन हुने बताएका थिए। भयो पनि त्यस्तै। गर्मीको रापमा नेपाली खेलाडीले भने क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्। 

यद्यपि, उनले आफ्नो लक्ष्य्य चौथो स्थान सुरक्षित गर्न र एसियन कप क्वालिफायर्समा मौका बनाउने रहेको भनेका थिए। त्यसका लागि खेल जित्नैपर्ने स्थितिमा उत्रिएको नेपालले भने २–० को जित निकाल्यो।

Ncell 2
Ncell 2

प्रशिक्षक अलमुताइरीले ताइपेइको टिममा खेलाडीहरु र प्रशिक्षक पनि नयाँ भएको भन्दै यसकै फाइदा लिँदै आक्रामक खेल खेल्ने बताएका थिए। 

जुन रणनीति सफल पनि भयो। नेपालभन्दा ताइपेइ ३० स्थान माथि छ। ताइपेइमा भएको खेल पाहुना टोली नेपालले २–० ले जितेको थियो। नेपाली टिमले कुवेतमा त्यही सफलता दोहोर्‍यो।

प्रशिक्षक अलमुताइरीले यो खेलमा दुई परिवर्तन गरेका थिए। नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामालाई टोलीमा स्थान दिएका थिए। उनीहरु आक्रामक खेल्ने गर्छन्। 

पहिलो हाफमा नेपालले बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुन्ने प्रयास गरेको थियो। यद्यपि, ताइपेइले फाट्टफुट्ट काउन्टर अट्याक गर्नुबाहेक कुनै राम्रो अवसर सिर्जना गर्न सकेन। पहिलो हाफमै १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप एक गोल थपेको थियो। 

shivam cement

shivam cement

रणनीति सफल भएकोमा खुशी प्रशिक्षक
खेलको दोस्रो हाफमा प्रशिक्षक अलमुताइरीले तीन खेलाडी परिवर्तन गरेका थिए। उनले मनिष डाँगी, नवयुग श्रेष्ठ र विशाल राईलाई मैदान प्रवेश गराएका थिए। जसमा नवयुग अब्बल सावित भए। उनले एक गोल समेत गरे। अलमुताइरीले यसलाई आफ्नो रणनीति सफल भएको बताएका छन्।

‘परिवर्तन गरेर खेलअघि एउटा सिनारियो निर्माण गर्न आवश्यक थियो। उनीहरुले हाम्रो टिमको अध्ययन गरेका थिए। उनीहरुलाई आशिष लामा या सुनिल बलबारे थाहा थिएन। त्यसैले नवयुग र मनिषलाई दोस्रो हाफमा खेलाएँ,’ उनले भने। 

उनले विपक्षी टिमको कमजोरी आफूले थाहा पाएकै कारण सफल भएको पनि बताए।

‘हामीले चाइनिज ताइपेइबारे राम्ररी अध्ययन गरेका थियौं। उनीहरुको कमजोरी हामीलाई थाहा थियो। यता हाम्रो अभ्यास राम्रो भएको थियो। आज बिहान मात्र हामीले ११ वटा अभ्यास गरेर अध्ययन गरेका थियौं। त्यसैले मैदानमा खेल्न हामी तयार थियौं। सुरुमा गोल गर्नसके खेल हाम्रो नियन्त्रणमा हुन्छ भन्ने थियो। भयो पनि त्यही,’ उनले भनेका थिए। 

उनले आफूले दुई देशको प्रतिनिधित्व गर्ने बताउँदै नेपालबाट जित निकाल्नु कुवेतका लागि पनि गर्वको कुरा भएको बताए। ‘मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु। कुवेत बाहिर गएर कुनै पनि प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल जितेको यो नै पहिलो अवसर हो। यो जितले मेरो लागि निकै महत्त्व बोकेको छ। नेपाल र कुवेत दुवैलाई बधाई दिन चाहन्छु,’ उनले भने।

उनले ताइपेइले पनि राम्रो प्रदर्शन गरेको गरेको बताए। ‘अपोनेन्टलाई अध्ययन गर्न आवश्यक छ। हामीले राम्रोसँग अध्ययन गर्‍यौं। उनीहरुले पनि राम्रो खेल खेले। कोचको हिसाबले अर्को टिमको विश्लेषण गर्न पनि आवश्यक छ। यस हिसाबले उनीहरुले राम्रो खेलेका हुन् भन्न सक्छु,’ उनले भने। 

इराकमा सिकेको पाठ
नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सामना गरेको सबैभन्दा माथिल्लो वरीयताको टिम बन्यो इराक। कुवेती प्रशिक्षक अलमुताइरीको जिम्मेवारीको पहिलो खेलमै नेपालले एसियाकै एक बलियो टिम अर्थात् फिफा वरीयतामा १०३ स्थान माथिको टिमविरुद्ध उसैको भूमिमा २० वर्षपछि खेलेको थियो। 

नेपालले खेलको ३७ मिनेटसम्म अप्रत्यासित रुपमा २–१ को अग्रता लिएको थियो। तर, पछि दबाब थेग्न सकेन र ६–२ ले पराजित भएको थियो। इराकको टिमलाई युरोपेली मुलुक स्लोभेनियालाई विश्वकप र युरो कप खेलाइसकेका प्रशिक्षक सेरेस्को काटनेकले सम्हालिरहेका छन्। इराकले सन् १९८६ को विश्वकप खेलिसकेको थियो। २००७ को एसियन कप  च्याम्पियन हो इराक ।

विश्वकप २०२२ र एसियन कप २०२३ छनोटमा इराक आफ्नो समूहको शीर्षस्थानमा छ । इराकले पनि छनोटका बाँकी तीन–तीन खेल आउँदो साता खेल्दैछ। यी दुवै टिमले त्यसैको तयारीमा बासरामा प्रतिस्पर्धा गरेका थिए। यद्यपि, यो खेलमा हार बेहोरेपनि प्रशिक्षक अलमुताइरीले नेपाली टोलीमा भएको डर हटाउने प्रयास गरे। 

गत चैतमा काठमाडौं ओर्लिएदेखि नै उनले नेपाललाई ठूला टिमविरुद्ध आक्रामक शैलीमा खेलाउने योजना सुनाएका थिए। उनले यसको परीक्षण भने इराकमा गरे।मिडफिल्डमा बल होल्ड गर्ने, छोटो–छोटो पास खेल्ने र पाएको मौकामा आक्रमण गरिहाल्ने लगायत साना–साना कुरामा नेपालले सुधार गरेको छ। त्यसैको प्रतिफल हो ताइपेइविरुद्ध गरेको २ गोल। पहिलाको तुलनामा नेपाली खेलाडीहरू केही आत्मविश्वासी पनि देखिए।

प्रशिक्षक अलमुताइरीले भने, ‘ताइपेइविरुद्ध जित हासिल गर्न सहज थिएन। हामीले निकै मिहिनेत गरेका थियौं। इराकसँग खेलेको खेलले पनि केही सहयोग पुग्यो। खासमा अन्जनले राम्रो प्रदर्शन गरे। चौथो मिनेटको गोलले खेल अवधि भर अग्रता बनाउन र खेलको ‘टेम्पो’ नियन्त्रण बनाउन सहयोग गर्‍यो।’

गल्तीलाई आफ्नै टाउकामा थुपारेर खेलाडी उम्काउँदै प्रशिक्षक 
प्रशिक्षक अलमुताइरी खेलाडी छनोटदेखि नै विवादित बन्दै आएका छन्। उनले भर्खरै सम्पन्न भएको नेपाल सुपर लिगको विजेता काठमाडौं रेजर्स र थ्री नेसन्स कप विजेता टिमका खेलाडी लिएनन्। उनले टोलीमा ६ नयाँ खेलाडी राखे। उनले प्रारम्भिक छनोटमा नै केही चर्चित नामलाई विश्राम दिए। समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए।

बन्द प्रशिक्षणमा समावेश गरिएका ३२ खेलाडीमध्ये एनएसएल सकिएपछि ८ खेलाडी परिवर्तन गरिएको छ। क्याम्पका लागि बोलाइएका नयाँ खेलाडीमा आयुष घलान, सुरज ठकुरी, कमल थापा, आशिष लामा, सुमन अर्याल, अमित तामाङ, पुजन उपरकोटी र नितिन थापा छन्।

यद्यपि, नवनियुक्त प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा रहने गरी ३२ खेलाडीको नाम सार्वजनिक गर्दा काठमाडौं रेजर्सका कुनै पनि खेलाडी उक्त सूचीमा परेनन्। एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसम्म यसपटक टोलीमा परेनन्।

यसबाहेक थ्री नेसन्स खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि टोलीमा परेका छैनन्। यस्तै, टोलीका नियमित सदस्य भरत खवास, रन्जित धिमाल, रवि पासवान, अमित तामाङ, सेसेहाङ आङदेम्बे जस्ता खेलाडी अटाउन सकेनन्। यसले सामाजिक सञ्जाल पनि तात्यो। 

अनुभव नै नभएको प्रशिक्षकले हातमा खेलाडीको भविष्य सुम्पिँदा भोलि दुर्घटना भयो भने यसको जवाफ कसले दिन्छरु भन्ने प्रश्न समेत उनीमाथि उठाइयो। नेपालबाट इराक उडेको केही दिनमा उनले यो प्रश्न थेग्न सकेनन् र जवाफ दिए। उनले नेपाली टोलीको सम्पूर्ण जिम्मेवारी आफैंले लिने बताए।  

अब्दुल्लाहले भने,  ‘राम्रो नतिजा दिन नसके सबै दोष म लिन्छु । खेलाडीलाई दोष नदिनु होला, कुनै दबाब नदिनु होला।’ तर, मैदानमा उनी उत्रने होइनन्, खेलाडी नै हो। खुला आँखाले गल्ती खेलाडीकै देखिन्छ।

नेपालले खेल्ने खेल आगामी दिनको लागि राम्रो गर्न आफ्नो गल्ती पहिचान गर्ने अवसर पनि हो। यद्यपि, खेलमा गल्तीहरू नहुने भन्ने हुँदैन। प्रष्टै देखिने गरी गल्ती हुन्छ। तर, उनले खेलाडीले गल्तीलाई आफ्नो टाउकोमा थोपरेर खेलाडीलाई उनमुक्ति दिँदै आएका छन्। यसअगाडि इराकसँगको खेलमा गोलकिपर कप्तान किरण चेम्जोङदेखि उत्कृष्ट डिफेन्डर कहलिएका रोहित चन्दसम्मले गल्ती गरे। 

इराकी कप्तान अला अब्दुलले सातौं मिनेटमै करिब २८ यार्डबाट फ्रिकिक अनुमान सही लगाउन नसक्दा गोलरक्षक किरण चेम्जोङको टाउमाथिबाट गोल भएको थियो। लगत्तै एक मिनेट नबित्दै अञ्जनले गोलकिपर फाहद तलिबसँग वान भर्सेस वानमा प्रहार गरेको बल खाली पोस्टमा छिराउन सकेनन्।

३८औं मिनेटमा इराकका  मोहम्मद अब्दुलजराले बराबरी गोल फर्काए। कर्नरमा आएको बललाई बक्स नजिकबाट हेडरमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए। उनी साथै रहेका तीन नेपाली डिफेन्डर प्रतिक्रियाविहीन रहे । एक मिनेट नबित्दै रोहित चन्दको ब्याकपास खोस्दै आयमन हुसैनले गोल गरे। 

ताइपेइविरुद्ध जित निकाल्दै खुशी हुनुपर्ने कारण छैन
नेपाल र ताइपेइले यस अगाडि  दुई खेल खेलेका थिए। त्यो पनि एक मैत्रीपूर्ण र एक विश्वकप छनोट। दुवै खेल ताइवानमा भएको थियो। ६ जुन, २०१९ मा काओसिङमा भएको मैत्रीपूर्ण खेल १–१ मा टुंगिएको थियो। त्यसपछि नेपालले १० सेप्टेम्बर, २०१९ भएको विश्वकप छनोटमा भने ताइपेइमाथि २–० को जित निकालेको थियो। 

यसरी हेर्ने हो भने नेपालको लागि ताइपेइ एक नयाँ टिम हो। ताइपेइले नोभेम्बर २०१९ मा अम्मानमा जोर्डनविरुद्ध विश्वकप छनोटको पाँचौं खेल खेलेको थियो। त्यसयता करिब १९ महिना ताइवान पहिलोपल्ट मैदानमा उत्रिएको हो। यत्ति लामो अवधि अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुँदा टिमलाई नकरात्मक असर परेको स्पष्ट देखियो। त्यसमाथि ताइपेइले कोरोना महामारीको कारण छनोटको तयारी पनि स्वदेशमै गर्‍यो।

अर्को भनेको ताइपेइ टोलीमा अनुभवि खेलाडीको अभाव खड्कियो। कोरोनाका कारण ताइवानी टिम मुख्य खेलाडीबिना कुवेत सिटी पुगेको छ। ताइपेइको टिममा अधिकांश खेलाडी स्थानिय लिग च्याम्पियन ताइनान टीएसजी र लिग उपविजेता ताइपावरका रहेका छन्। 

यो टिममा आमा र स्पेनी बुबाका छोरा इमिलियो एस्तेभेज विदेशको लिग खेल्ने एक्लो खेलाडी थिए। क्यानडा लिगका अनुभवी  एस्तेभेज स्पेनी चौथो डिभिजन क्लबमा आबद्ध छन्। यता, २२ वर्षिय प्लेमेकर साइ स्पेनको तेस्रो श्रेणीको लिग खेल्छन्।  उनीबाहेक जापानी मूलका योसिटाका कोमोरी पनि भोमको टिममा छन्। स्वीडिस लिग खेल्ने मिगेल सान्डबेर्गलाई पनि टिममा बोलाइएको भएपनि उनी बिरामी भएका कारण प्रतियोगितामा भाग लिन सकेनन्।

चाइनिज सुपर लिग खेलिरहेका चेन पो–लियाङ, चीनकै लिग वान (दोस्रो डिभिजन) क्लबमा अबद्ध वेन चि–हाओ र माल्टाको प्रिमियर लिगका विल डन्किन जस्ता अनुभवि मिडफिल्डर ताइपेइको टिममा नभएको होइन।

तर, कोरोनाका कारण उनीहरुले कतार जान अस्वीकार गरिदिए। यता, कोरोनाको प्रोटोकलको कारण ताइवान प्रिमियर लिगकै केही खेलाडीले कुवेत यात्रालाई अस्वीकार गरिदिए। त्यसैले प्रशिक्षक ताइपेइका प्रशिक्षक भोम का नहुमले टिममा नयाँ र युवा खेलाडी खेलाडी खेलाए।

अर्को कुरा भनेको भोम सन् २०२० को मार्चमा मात्रै  ताइपेइको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। इंग्ल्यान्डका लुइस लानकास्टर बर्खास्तमा परेपछि सन् २०१८ मा  ताइपेइको अन्तरिम प्रशिक्षक बनेका भोमलाई मौका दिइएको हो। तर, केही खेलको जिम्मेवारी पछि उनी ताइपेको युवा टोलीकै भूमिकामा फर्किएका थिए। 

छनोटको समूह ‘बी’ मा  रहेका नेपालले अघिल्ला पाँच खेलमा ४ हार बेहोरेको थियो भने ताइवानले शतप्रतिशत हार। छनोटमा ताइपेई जोर्डनसँग २–१, नेपालसँग २–०, अस्ट्रेलियासँग ७–१, कुवेतसँग ९–० र जोर्डनसँग दोस्रो खेलमा ५–० ले पराजित भएको थियो।

पछिल्ला पाँच खेलमा उसले २५ गोल खाँदा २ गोल गर्न सकेको छ। त्यसअघि ११ जुन २०१९ मा हङकङसँग खेलेको मैत्रीपूर्ण खेलमा भने उसले २९० को जित हात पारेको थियो। नेपालले भने कोरोना भाइरसपछि ताइपेइबाहेक ६ खेल खेलिसकेको छ। जसमध्ये तीन खेलमा बराबरी, दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ। नेपालले खेलेका ६ खेलमा ९ गोल खाँदा ४ गोल गरेको छ। ६ मध्ये नेपालले चार खेलमा गोल गर्न सकेको छैन।

यो अविधमा नेपालले बंगलादेशसँग ४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा दुई खेल बराबरीमा सकिएका छन्। एक खेलमा हार व्यहोर्दा नेपालले एक खेलमा जित हात पारेको छ।

यस्तै, थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा भएको खेलमा नेपालले कीर्गिस्तानको यु २३ टिमसँग पनि प्रतिस्पर्धा गर्‍यो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। गत साता नेपालले पूर्वएसियन च्याम्पियन इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो। जसमा नेपाल ६९२ गोलले पराजित भयो।

कोरोनाअघि नेपाली टिम विश्वकप छनोटमा खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको थियो। जसमा ६ खेलमा नेपालले १९ गोल खायो भने २ गोल गर्न सक्यो। कुवेतसँग १–० र ७–० को हार  व्यहोर्दा अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० गोलले पराजित भयो। ताइपेइलाई २–० ले पराजित गरेको नेपालले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ३–० को हार बेहोर्‍यो। 

तथ्य हेर्ने हो भने नेपाल र ताइपेइबीच केही अन्तर छैन। अन्तर छ त फिफा वरियताको। त्यसैले समान स्तरमा रहेको टोलीलाई पराजित गर्दैमा प्रशिक्षकलाई टोलीलाई नै जीवन दान गर्ने प्रमात्माको पगडी दिन जरुरी देखिन्न।

प्रशिक्षकमा छैन नयाँ ‘भिजन’
नेपालको लक्ष्य एसियन कप खेल्नु हो।  एसियन छनोटको प्लेअफ खेल्न तेस्रो चरणमा सिधै प्रतिस्पर्धा गर्न नेपाल चौथो स्थानमा रहिरहनु पर्नेछ। त्यसका लागि ताइपेइविरुद्धको दोस्रो जित आवश्यक थियो।  त्यसका लागि चौथो स्थानमाथि कब्जा जमाउनु आवश्यक थियो। त्यही सम्भावना जिवित राख्न अनिवार्य रुपमा ताइपेइलाई हराउनुपर्ने थियो। 

‘हामी चौथो स्थान सुरक्षित गर्न चाहन्छौं। ताकी एएफसी एसियन कप क्वालिफायर्समा मौका बनिरहोस्। र, त्यसका लागि खेल जित्नैपर्ने थियो। जित्यो पनि हामी धेरै खुशी छौं। यो अन्त्य होइन। अझै एसियन क्वालिफायर्स र साफ च्याम्पियनसिप बाँकी छ,’ ताइपेइसँगको खेलपछि उनले भने। 

एसियन कपमा कुल २४ टिमले भाग लिनेछन्। जारी एसियातर्फको विश्वकप छनोटको समूह विजेता भएका आठ टिम र उत्कृष्ट उपविजेता चुनिएका चार टिम स्वतः योग्य हुनेछन्। 

एसियन कप छनोटको तेस्रो चरणमा सहभागी हुने कुल २४ टिमलाई आठ समूहमा विभाजित गरिनेछ। र, समूह विजेता र उपविजेता गरी कुल १२ चीनमा हुने एसियन कपका लागि छानिने छन्। जसले एसियातर्फको विश्वकप छनोटको समूह विजेता भएका आठ टिम र उत्कृट उपविजेता चुनिएका चार टिमसँग प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोट चरणमा उपविजेता भएका अन्य चार टिम र समूह चरणमा तेस्रो भएका आठ टिमले भने छनोटको तेस्रो चरण खेल्नेछन्। त्यस्तै, विश्वकप छनोट चरणमा आआफ्ना समूहमा चौथो भएका उत्कृष्ट चार टिमले पनि छनोटको तेस्रो चरण खेल्ने मौका पाउनेछन्। छनोटको तेस्रो चरण खेल्न पाउने टिमको संख्या १६ हुनेछ। 

यी १६ टिमसँग अन्य आठ टिमले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। ती आठ टिम प्लेअफबाट आउनेछन्। विश्वकप छनोट चरणमा आआफ्ना समूहमा चौथो हुने चार टिम र पाँचौँ हुने आठ टिमले प्लेअफमा भाग लिनेछन्। 

नेपालको हकमा भने प्लेअफ नखेली सिधै एसियन छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर छ। तर, त्यो त्यति सहज भने छैन। नेपालले अब बाँकी रहेको दुई खेलमध्ये कम्तिमा एक खेल जित्नैपर्ने छ। उक्त खेल जितेपछि अन्य समूहको नतिजाले पनि नेपालको भविष्य निर्धारण गर्छ।

समूह ‘एच’मा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि उक्त स्थान निर्धारण गर्दा समूहको अन्तिममा रहेको टोलीसँगको नतिजा गणना नहुने एएफसीले जनाएको छ। 

हाल चौथो स्थानमा रहने टोलीहरुको तालिकामा नेपाल पुछारमा छ र कम्तिमा जोर्डन र अष्ट्रेलियामध्य एक टोलीलाई पराजित गर्नै पर्छ।

यता नेपालको अर्को लक्ष्य भनेको आउने सेटेम्बरमा हुने साफ च्याम्पियनसिप हो। प्रशिक्षक अलमुताइरीले लक्षित टिमलाई मैत्रीपूर्ण खेलमा प्रशिक्षकले ४–३–३ को आक्रमक स्वरुपमा उतारेका थिए र विश्वकप छनोटमा यसैलाई निरन्तरता दिने बताएका छन्। 

‘हामी जुनको ठूलो खेललाई लिएर तयार छौं। हामी जुनको ठूलो खेललाई लिएर तयार छौं। मैले यसको ४–४–२ वा ४–२–३–१ को फर्मेसनलाई चेन्ज गर्दै ४–३–३ को सिस्टममा ल्याएको छु,’ उनले भनेका छन्। 

यसरी उनकै कुरा सुन्ने हो भने नेपाली फुटबल उनको दुई वर्षे कार्यकाल एसियामै सीमित हुँदै सकिने छ। त्यसैले उनको लक्ष्य भनेको नेपाली फुटबललाई एसियामै सीमित गराएर टोलीको प्रदर्शनमा सुधार गर्नेको हो। 

यसबाहेक उनको लक्ष्य भनेको खेलाडीमा नभएको तालमेल र गोलको खडेरीलाई तोड्नु रहेको छ। ‘हामी डिफेन्सिभ मानसिकताका साथ खेलिरहेका थियौं। तर, अहिले डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएका छौं। हामीले खेल्ने तरिका परिवर्तन गरिरहेका छौं। कहिलेकाहीं डिफेन्सलाई रेस्ट दिन अट्याक गर्नुपर्छ। यदि हामी हाम्रो बक्समा बस्छौं भने त्यो समाधान हुँदैन र हामी हार्छौं,’ उनले भनेका छन्।

हालसम्म खेलेका खेलमा भने उनको केही रणनीति सफलको भएको मान्न सकिन्छ। तर, फुटबल समयसँगै परिवर्न हुने खेल हो। यो प्रायाप्त अभ्यास र अनुभवले सुध्रिने गर्छ। तर, उनी यो कुरा मान्न तयार छैनन्। उनी फुटबलमा परिवर्तन एकैपटक ल्याउन नस्किने बताउँछन्। 

उनी पर्ख र हेरको स्थितमा चल्ने ‘मूड’मा रहेका छन्। तर, फुटबलको इतिहास बदलिने भनेको ‘मूड’ले होइन ‘भिजन’ले हो। यो ‘मूड’ कहिले परिवर्तन हुन्छ र नेपाली टोली सधैं कमजोर रहन्छ भन्ने दाग उनले कहिले मेटाउने हो हेर्न बाँकी नै छ।

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि ‘स्पार्क एडभेञ्चर’ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारमा कतार गएका समसुद्दीन पत्नी बलात्कारको आरोपमा इन्टरपोलमार्फत पक्राउ शुक्रबार, वैशाख २६, २०८२
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
अमेरिकाका लियो चौधौँ २६७औँ पोप निर्वाचित शुक्रबार, वैशाख २६, २०८२
भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटेर भने: आतंकवादीविरुद्धको समर्थनका लागी धन्यवाद शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्