• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

एन्फा ‘राजनीति’को रोटी सेक्न अल्मुताइरीलाई कहिलेसम्म ‘मोहरा’ बनाइरहने?

64x64
दीप सुवेदी मंगलबार, कात्तिक २, २०७८  २०:२५
1140x725

साफ च्याम्पियनसिपअन्तर्गत् बंगलादेशविरुद्ध नेपालले खेलिरहेको समूह चरणको अन्तिम खेलमा रेफ्रीले फुकेको सिठीसँगै खेल अवधिभर गर्माएको माहोल एकाएक स्थिर बन्यो। एकतिर खुसीको आँशु बग्न थाल्यो भने अर्कोतर्फ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी घुँडा टेकेर भक्कानिन थाले।  

नेपालले यो खेल लगभग गुमाइसकेको थियो। यो खेल मात्र गुम्दै थिएन, इतिहास रच्दै पहिलोपटक प्रतियोगिताको फाइनल पुग्ने नेपालको सपना तुहिने थियो। तर, ८७औं मिनेटमा पाएको पेनाल्टीमा अञ्‍जन विष्टले गोल गरेपछि झण्डै सात महिनाको अथक प्रयासले सार्थकता पाउँदा अल्मुताइरीको आँखाबाट आँशु खस्‍नु स्वाभाविक थियो।

मैदानमा मुख छोपेर रोइरहेका अल्मुताइरीलाई नेपाली फुटबल टिमका ‘किट म्यानेजर’ विकास गुरुङले सम्हाल्न खोजे। तर, अल्मुताइरीको मन थामिएन। झन् भक्कानिए।

लिग चरणको तेस्रो खेलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरी र नेपाली खेलाडीको क्षमतामाथि प्रश्न उठे। नेपालमा केही सञ्चारमाध्यमले प्रशिक्षक र खेलाडीमाथि प्रहार गरे। भारतसँग धेरै रक्षात्मक खेल खेलेको नेपाली टोलीलाई केही मिडियाले ‘म्याच फिक्सिङ’ गरेकोसमेत भन्न भ्याए। 

अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र मौलाउँदै गएको किचलो कसलाई थाहा छैन र? यसमा पनि केही मिडियाले आफूलाई ‘टार्गेट’ गरेर खेद्‍न थालेपछि उनको मन गह्रुँगो भएको थियो। खेलाडी र समर्थकबीच यति गाढा नाता हुँदाहुँदै आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै बंगलादेशको खेलपछि उनले अमिलो मन पारेर भने, ‘भारतसँगको फाइनल खेल मेरा लागि अन्तिम हुनेछ। अब म नेपाल फर्केर आउने छैन। राष्ट्रिय टिम तिमीहरु नै सम्हाल।’

त्यतिबेला मन प्रशिक्षकको मात्र दुःखेको थिएन। खेलाडीको पनि दुःखेको थियो। बंगलादेशविरुद्धको खेल सकिएपछि नेपाली खेलाडीहरु पनि मैदानमै भक्कानिए, आँशु बगाए। जसमध्ये एक थिए, त्यो खेलका निर्णायक गोलकर्ता अञ्‍जन विष्ट।

नेपाली फुटबल सधैँ राजनीतिको शिकार बनेको छ। यही राजनीतिको आयतन बढ्दै जाँदा अल्मुताइरीलाई पनि विवादमा तान्ने काम भयो। 

अञ्‍जन तिनै खेलाडी थिए जसलाई भारतसँग खेलको अन्तिम समयमा आयुष घलानलाई बल पास नदिइ ‘सेल्फिस’ सट प्रहार गरेर ‘म्याच फिक्सिङ’ गरेको आरोप लगाइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूमाथिको आरोप त छँदै थियो, खेलाडीमाथि पनि मिडियाले निरन्तर प्रहार गर्न थालेपछि अल्मुताइरीको मन अमिलो हुनु स्वाभाविक थियो। हुन त उनलाई मन नपराउने पंक्ति अन्यत्रमात्र होइन, एन्फाभित्रै थियो। एन्फाकै पदाधिकारी अल्मुताइरी असफल भएको हेर्न चाहन्थे। 

खेलकुदमा भन्ने गरिन्छ- खेल र राजनीति मिसाउनु हुँदैन। तर, नेपाली फुटबल सधैँ राजनीतिको शिकार बनेको छ। यही राजनीतिको आयतन बढ्दै जाँदा अल्मुताइरीलाई पनि विवादमा तान्ने काम भयो। 

विश्व फुटबल महासंघ (फिफा)ले आफ्ना सदस्य राष्ट्रको मुख्य प्रशिक्षकले ‘प्रो-लाइसेन्स’ लिएको हुनुपर्ने मापदण्ड अघि सारेपछि एन्फाका लागि त्यो ठूलो टाउको दुःखाइको विषय बनेको थियो। 

साफ च्याम्पियनसिप र एएफसी एसियन कपजस्ता ठूला प्रतियोगितामा प्रो-लाइसेन्स प्रशिक्षक चाहिने भएपछि चाहेर पनि बालगोपाल महर्जनले नेपाली टोलीको जिम्मेवारी सम्हाल्न पाउने कुरै थिएन। 

Xtrem

Xtrem

फिफाको नियमलाई आधार मान्दै एन्फाले सुरुमा आफ्नै बलबुताले प्रो-लाइसेन्स प्रशिक्षक खोज्ने प्रयत्न नगरेको होइन। तर, नेपाली फुटबलमा देखिएको खुल्लमखुल्ला राजनीतिले एन्फाको कुनै पनि प्रस्ताव विदेशी प्रशिक्षकले स्वीकार गरेनन्। 

संयोग नै मान्नुपर्छ, एन्फा संकटमा रहेको बेला सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलमा नेपाली श्रमिकले रंगशाला निर्माणमा गरेको योगदानबाट प्रफुल्लित भएर कतार सरकारले कुवेती नागरिक अल्मुताइरीलाई नेपालको प्रशिक्षक बनाएर पठाउने प्रस्ताव अघि सार्‍यो। 

उनको तलब र सेवा सुविधा कतार सरकारले नै बेहोर्ने प्रतिबद्धतासहितको प्रस्ताव आएपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई निकै ठूलो राहत मिल्यो। तर, यो कुरा एन्फाभित्र अध्यक्ष शेर्पाका विरोधीहरुलाई भने चित्त बुझ्ने कुरै थिएन। 

अल्मुताइरी नेपाल आए फिफा र एएफसीमा शेर्पाको उपस्थिति बलियो बन्दै जाने आकलनका बीच एन्फाका केही पदाधिकारी आउँदानआउँदै अल्मुताइरीको विरोधमा उभिए। 

अल्मुताइरीलाई नेपाली टिमको प्रशिक्षक बनाएकोमा सबैभन्दा बढी विरोध एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको समूहका एन्फा टेक्निकल कमिटी संयोजक कृष्ण थापाले गरेका थिए। तर, थापाको विरोधका बाबजुद् शेर्पाले अल्मुताइरीलाई ‘कोचिङ इन्स्ट्रक्टर’ भन्दै पहिले नेपाल झिकाए। त्यसपछि राष्ट्रिय टोलीको नेतृत्व सुम्पिए। एकल रुपमा संघ चलाइरहेको आरोप खेपिरहेका शेर्पाको यो निर्णय विरोधी गुटलाई मनपर्ने कुरै भएन। त्यसपछि विरोध थप उग्र बन्यो।  

अल्मुताइरीलाई लखेट्ने भरमग्दुर प्रयत्न यसबीचमा भए। एन्फा उपाध्यक्षसमेत रहेका थापाले प्रशिक्षक अल्मुताइरीलाई आफ्नै देश फर्काउन निरन्तर दबाब दिइरहे। तर, अध्यक्ष शेर्पाले उनको कुरालाई बेवास्ता गर्दै अल्मुताइरीको करार थप्ने निर्णय गरे। आफूलाई कुनै जानकारी नदिइ र सरसल्लाह नै नगरी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकको करार थप्ने निर्णय गरेको भन्दै गत साउन ८ गते टेक्निकल कमिटीको संयोजक पदबाट थापाले राजीनामा दिए।  

सामाजिक सञ्जालमासमेत सक्रिय एन्फाको नेम्वाङ समूहले अल्मुताइरीलाई सञ्जालबाटै ‘तह लगाइछाड्ने’ प्रयत्न पनि नगरेका होइनन्। केही खेलमा देखिएको कमजोरीलाई लिएर उनको ‘कमेन्ट बक्स’ मा ‘डिमोटिभेट’ गर्ने प्रयास एन्फा पदाधिकारीहरुबाटै भयो। सोसल मिडियाको भाषामा भन्दा यो अल्मुताइरीमाथि गरिएको ‘साइबर हमला’ थियो। तर, ‘खरो र दह्रो’ बोलिरहने अल्मुताइरीले पनि उनीहरुलाई सामाजिक सञ्जालमै जवाफ दिँदै गए। 

‘लिसोझैं कुर्सीमा टाँसिएर’ बस्न रुचाउने शेर्पाले यसरी प्रहार हुनथालेका आफ्ना मुख्य प्रशिक्षकको पक्षमा खुलेर बोल्ने आँट गरेनन्। त्यसले गर्दा पनि अल्मुताइरीमाथि ‘साइबर हमला’ बढेर गयो। प्रशिक्षकका रुपमा सम्झनलायक केही गर्छु भन्ने उत्साह बोकेर आएका, त्यसअनुसार मिहिनेत पनि गरिरहेका अल्मुताइरीमाथि भएको लगातारको आक्रमणले उनको मन कुँडिनु अस्वाभाविक थिएन।

एक मिडियालाई दिएको अन्तर्वार्तामा उनले अप्रत्यक्षरुपमा एन्फाभित्र सल्बलाएको राजीनितिको कुरा उप्काएका छन्। उनले भनेका थिए, ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको पनि मानसिकता परिवर्तन हुनुपर्छ।' 

अल्मुताइरीको यो भनाइले एन्फाभित्र राजनीति सल्बलाएको र त्यसले अल्मुताइरीलाई उकुसमुकुस पारेको खेलप्रेमीले बुझिसकेका थिए। तर, एन्फा अध्यक्ष शेर्पा भने यसलाई सुल्झाउनुको साटो एन्फाभित्रको त्यही समूहलाई ‘भिलेन’ बनाएर आफूले लाभ लिने चक्करमा लागिरहे। त्यसको मार अल्मुताइरीमाथि पर्‍यो। 

अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङसँग विवाद बढ्दै जाँदा सामाजिक सञ्जालमै राजीनामाको घोषणासमेत गरे। साफ च्याम्पियनसिपको मुखैमा गरिएको राजीनामाको घोषणा कति कठिन थियो भन्ने श्रीलंकाविरुद्धको खेलको ३०औं मिनेटमा सुमन लामाको गोलमा उनको ‘सेलिब्रेसन’ले प्रस्ट्याएको थियो। 

नेम्वाङसँगको विवादपछि उनले नेपाल छाड्ने मनसाय बनाइसकेका थिए। एन्फाले आफैंले सुल्झाउनुपर्ने विवादमा सरकारलाई तानेर राजनीतिकरण गर्ने कोसिस गरेपछि अल्मुताइरीले आफूलाई निकै असुरक्षित महसुस गरेका थिए। 

एन्फा र उसका पदाधिकारीले दिएको तनावले अल्मुताइरी र उनको परिवारलाई निकै प्रभावित बनायो। एन्फाका पदाधिकारीको व्यवहारबाट दुःखी अल्मुताइरी झण्डै ‘डिप्रेसन’को सिकार भएनन्। उनीनिकट स्रोतहरु भन्छन्, ‘घर परिवारबाट नेपाल नबस्नू, फर्केर आइहाल्नू भन्ने खबर आइरहेको थियो। यसबीचमा उनी कति दिन त खानासमेत नै नखाइ रोएर बसे।’

एन्फाले करिब ६ महिना अगाडि नै उनलाई थप एक वर्ष नेपाल राख्न कतार सरकारसँग प्रस्ताव राखेको थियो। तर, अल्मुताइरीमाथि भएको दुर्व्यवहारले गर्दा कतार सरकारले यसमा कुनै चासो देखाएको छैन।

सबैको आलोचनाबाट बच्न अल्मुताइरीले साफको तयारीका लागि आफैंले कतारमा नेपाली टोलीलाई प्रशिक्षणको चाँजोपाँजो मिलाएका थिए। कतारमा उनको प्रशिक्षणमा नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्यो। एउटा खेल ओमानसँग ७-२ गोलले पराजित भयो। अर्को खेल भने नेपालले कतारकै ‘बी’ डिभिजन क्लबसँग खेलेको थियो। नतिजा सार्वजनिक नगर्ने सर्तमा खेलिएको खेलको नतिजा नेपाली मिडियामा सार्वजनिक हुँदा अल्मुताइरी निकै दुःखी बने। त्यो काम एन्फाकै पदाधिकारीले गरेका थिए। 

नेपालमा हुँदा एन्फा पदाधिकारीबाट विरोध र अवरोधमात्र खेपेका अल्मुताइरीलाई कतारमै हुँदा गरिएको विश्वासघात सह्य भएन। तर, उनले यसलाई भुलेर माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई झण्डै तीन दशक लामो इतिहासमा पहिलोपटक फाइनलसम्म पुर्‍याए।  

सुरुआती खेलहरूमा अपेक्षाकृत नतिजा आउन नसकेपछि प्रशिक्षक अल्मुताइरीप्रति नेपाली खेलप्रेमीको विश्वास घटेको थियो। विगतमा उनैले छानेका युवा खेलाडीले फराकिलो हार बेहोर्दै जाँदा कतै प्रशिक्षक अल्मुताइरीको टोलीले सन्तुलन गुमाउँदै गएको हो कि भन्ने टिप्पणी सुरु भइसकेको थियो। 

यस्तो अवस्थामा पनि अल्मुताइरी निराश भएनन्। बरू खेलाडीहरूलाई सम्झाए। र, गल्तीबाटै सिक्ने सन्देश दिए, ‘उमेर मात्र अंक हो। कुवेत र सिरियामा पनि युवा खेलाडीले खेलेका छन्। तर, आफूभन्दा बलियो टोलीसँग खेल्दा निकै अनुभव बटुल्न सकिन्छ।’

हो, फुटबलमा सिक्ने समय हुन्छ। तर, यस्तो सुुविधा निश्चित आयुसम्म हुन्छ। कुवेतमा ओमानविरुद्ध ७-२ ले हारेपछि अल्मुताइरीको भनाइ यही थियो। ‘साफ जित्ने हाम्रो लक्ष्य हो। अबको खेलमा गल्ती गर्ने छुट छैन। कुनै पनि खेलमा गल्ती गर्नु हुँदैन। तिमीहरूले जितका लागि खेल्नुपर्छ। यसबाहेक अर्को उपाय छैन,’ खेलाडीहरूलाई उनको सन्देश थियो। 

सुन्दर फुटबल खेलाउने चाहना नराख्ने प्रशिक्षक सायदै हुन्छन्। यस मामलामा अल्मुताइरी पनि फरक थिएनन्। उनको प्राथमिकता भने ठूला टिमविरुद्ध खेल्दाको अनुभव नै जितसरह थियो। उनको यही शैलीका कारण नेपालले साफमा माल्दिभ्सलाई १-०, श्रीलंकालाई ३-२ र बंगलादेशलाई १-१ मा रोक्दै फाइनलमा स्थान बनाएको थियो।

यो नेपाली फुटबलमा नयाँ कीर्तिमान हो। यसअघि साफ च्याम्पियनसिप खेलाएका नेपाली टोलीका ११ प्रशिक्षकले फाइनलसम्मको यात्रा गराउन सकेका थिएनन्। यो इतिहास रचेपछि नेपाली फुटबलमा फेरि एउटा बहस सुरु भएको छ- के अब अल्मुताइरी नेपाल फर्केलान त?

एन्फाले करिब ६ महिना अगाडि नै उनलाई थप एक वर्ष नेपाल राख्न कतार सरकारसँग प्रस्ताव राखेको थियो। तर, अल्मुताइरीमाथि भएको दुर्व्यवहारले गर्दा कतार सरकारले यसमा कुनै चासो देखाएको छैन।

यद्यपि, उनी राजनीति नभएको खण्डमा नेपाल बस्न इच्छुक देखिएका छन्। उनले भनेका छन्, ‘मलाई धेरै ठाउँबाट प्रस्ताव आएको छ। एन्फासँग मेरो २३ अक्टोबरसम्म सम्झौता छ। म नेपाल बस्न इच्छुक छु। तर, एन्फाबाट प्रस्ताव आएको छैन।’ 

२८ वर्षे इतिहासमा यत्रो उपलब्धि दिलाउनु चानचुने कुरा होइन। यसलाई प्रशिक्षक अल्मुताइरीले मात्रै होइन, खेलाडी, खेलप्रेमी र एन्फाका केही पदाधिकारीले पनि बुझेका छन्। यस्तोमा उनको खेलाउने शैली र खेलाडी चुन्ने तरिकाको पनि निकै प्रशंसा भएको छ। तर, एक वर्ष सम्झौता गरेर ११ महिना प्रशिक्षकलाई दबाब दिने हो र एन्फाभित्रको राजनीतिको रोटी सेक्न प्रशिक्षकलाई ‘मोहरा’ बनाइरहने हो भने नेपाललाई ऐतिहासिक उपलब्धि दिलाएका अल्मुताइरीलाई फेरि ल्याउनु वा नल्याउनुको अर्थ छैन।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्