काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरेका छन्।
बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै प्रचण्डले सम्भवत: १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने दाबी गरेका हुन्।
‘यहाँ सबै घटकमा एउटै विचार देखेँ। एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ। नयाँ शक्ति निर्माण भयो’, उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ। एक दुई घटकबिच एकता भएको छ। तर १० वटा घटकबिच एकता भएको थिएन। यो एकताका लागि मात्र होइन देशका सङ्कट समाधानका लागि बनेको एकता हो। यो इतिहास अब कसैले मेटाएर मेटिँदैन।’
‘तपाईं हामी सबैका निम्ति यो गर्वको कुरा हो। यो दिन कसैले बिर्साएर अब इतिहासमा बिर्सने छैन। यो खाली कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्रै ऐतिहासिक होइन,’ प्रचण्डले अघि भनेका छन्, ‘यो नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन पनि हो।’
डिजिटल प्लेटफर्ममार्फत जेनजीले गरेको विद्रोहलाई प्रचण्डले समर्थन गर्दै उनीहरूको भावनालाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।